२९ वैशाख २०८१ शनिबार
image/svg+xml

चैते धानको समर्थन मूल्य निर्धारण

सरकारले चैते धानको समर्थन मूल्य तोकेको छ। मन्त्रीपरिषद् बैठकले धानको समर्थन मूल्य प्रतिक्विन्टल दुई हजार सात सय सात रूपैयाँ तोक्ने निर्णय गरेको हो।

सबै अन्तर्राष्ट्रिय विमानस्थल पिपिपी मोडेलमा सञ्चालन गर्न अध्ययन समिति

सरकारले काठमाडौं, पोखरा र भैरहवालगायत प्रस्तावित अन्तर्राष्ट्रिय विमानस्थलसमेतलाई पूर्ण क्षमतामा निर्माण गर्ने सर्तसहित पिपिपी मोडेलमा सञ्चालन गर्नेबारे अध्ययन समिति गठन गरेको छ।

अर्थका सहसचिवको संयोजकत्वमा विश्व बैङ्कको सहायतासम्बन्धी वार्ता टोली

सरकारले विश्व बैङ्कको सहायतासम्बन्धी वार्ताका लागि अर्थ मन्त्रालयका सहसचिवको संयोजकत्वमा वार्ता टोली गठन गरी वार्ता गर्ने अख्तियार दिएको छ।

राष्ट्रपतिको फ्रान्स, जर्मनी र इटाली भ्रमण स्वीकृत

सरकारले राष्ट्रपति रामचन्द्र पौडेलको फ्रान्स, जर्मनी र इटाली भ्रमण स्वीकृत गरेको छ।

संघीय शिक्षा ऐनसम्बन्धि विधेयक स्वीकृत

मंगलवार अपरान्ह सिंहदरवारमा बसेको मन्त्रीपरिषद् बैठकले अब बस्ने संसद बैठकमा पेस गर्नेगरी सो विधेयक स्वीकृत गरेको हो।

यी हुन मन्त्रिपरिषद् बैठकका निर्णय

सरकारले सफा हिमाल अभियान २०२३ मा खटिने नेपाली सेनाका सदस्यहरुलाई हिमाल आरोहण गर्दा लाग्ने सलामे दस्तुरलाई छुट गर्ने निर्णय गरेको छ।

यस्ता छन् भदौ ३१ गते बसेको मन्त्रीपरिषदका निर्णयहरु

सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले भदौ ३१ गते बसेको मन्त्रीपरिषद् बैठकले गरेका विभिन्न निर्णयहरु आइतबार सार्वजनिक गरेका छन्।

सरकारद्वारा युरोपियन युनियनको १ अर्ब ३७ करोड अनुदान स्वीकार गर्ने निर्णय

उनले चलचित्र विकास बोर्डको अध्यक्ष पदमा भुवन केसीलाई मनोनित गर्ने, गोरखा जिल्ला साविक वारपाक गा.वि.स. वडा. न. ५ स्थित १५ जना जग्गाधनीको नाममा रहेको ६–१०–३–० रोपनी जग्गा नेपाल सरकारले भूकम्प स्मृति पार्क निर्माण गर्नका लागि भूकम्प स्मृति पार्क गोरखाको नाममा प्राप्त गरी उक्त जग्गाको सट्टामा भूकम्प स्मृति पार्क गोरखाको नाममा प्राप्त हुने जग्गामा नबढ्ने गरी सट्टाभर्ना दिनको लागि सहमति प्रदान गर्ने निर्णयसमेत गरेको बताए।

प्रदेश तीन मन्त्रीपरिषद् बैठकले गर्याे ६ निर्णय

तीन नम्बर प्रदेशको मन्त्रीपरिषद् बैठकले ६ निर्णय गरेको छ। प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा सोमबार बसेको बैठकले प्रदेश निजामति सेवा पुरस्कार सम्बन्धी कार्यविधि स्वीकृत गर्ने, सामाजिक विकास मन्त्रालयको मातहतमा रहने कार्यालयको स्थापना गर्न स्वीकृत गर्ने निर्णय गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्