२० आश्विन २०८१ आइतबार
image/svg+xml

गैरसरकारी संस्थाले ‘संस्था दर्ता नवीकरण’ गरेनन्

संस्था दर्ता ऐन २०३४ अनुसार रसुवामा चार सय १८ वटा गैरसरकारी संस्था दर्ता भएका छन्। दर्ता भएर सञ्चालनमा आएका गैरसरकारी संस्थाहरुले नविकरण भने गर्ने गरेका छैनन्। आर्थिक वर्ष २०७४/०७५ मा ३० वटा गैरसरकारी संस्थाले मात्रै नविकरण गरेका छन्। यो जिल्ला प्रशासन कार्यालय रसुवाको असार १३ गतेसम्मको तथ्याङ्क हो।

२०६ उद्योग नवीकरणबिनै सञ्चालन

उपत्यकामा जार र बोटलको पानी उत्पादन गर्दै आएका उद्योगमध्ये २ सय ६ वटा नवीकरणबिनै सञ्चालन भएको पाइएको छ । सरकारले खानेपानी उत्पादन (जार र मिनरलवाटर) गर्न २ सय ६२ उद्योगलाई अनुज्ञापत्र दिएको छ।

नवीकरण नभएका स्वास्थ्य संस्था बन्द गरिने

स्थानीय प्रशासन र स्वास्थ्य कार्यालयले नवीकरणको म्याद गुजारीसकेका निजी स्वास्थ्य संस्था बन्द गर्ने तयारी गरेको छ। त्यस्ता स्वास्थ्य संस्था बन्द गर्न लगत तयारी लगायतका काम भइरहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ।

नवीकरणबिनै स्वास्थ्य सेवा, प्रशासन रमिते

लहान नगरपालिकामा सञ्चालित कामना नर्सिङ होम प्रालि कानुनअनुसार नवीकरण भएको छैन । दोब्बर दस्तुर बुझाएर नवीकरण गर्ने अवधिसमेत उसले गुजारेको छ । नवीकरणबिना नर्सिङ होम सञ्चालन गैरकानुनी ठहरिन्छ । तर, यसले कानुनको खिल्ली उडाउँदै सेवा दिइरहेको छ।

नवीकरण म्याद गुज्रियो

सरकारी कर्मचारीको ढिलासुस्तीले नेपाली श्रमिकका लागि सबैभन्दा आकर्षक रोजगार गन्तव्य दक्षिण कोरियासँगको श्रम समझदारी (एमओयु) नवीकरणको म्याद गुज्रिएको छ । दुई मुलुकबीचको श्रम समझदारी करिब चार महिना पहिले नै नवीकरण हुनुपथ्र्यो।

विदेशबाटै श्रम स्वीकृृति नवीकरण गराउने तयारीमा सरकार

वैदेशिक रोजगारीमा जाने कामदार ठगीमा पार्ने प्रमुख कारण मानिएको केन्द्रिकृत श्रम स्वीकृति नवीकरणलाई विकेन्द्रिकृत गर्न सरकारले तयारी थालेको छ।

नवीकरणबाट एक करोड राजश्व

घरेलु तथा साना उद्योग कार्यालय भद्रपुर झापाले चालू आर्थिक वर्षको चार महिनामा उद्योग दर्ता एवं नवीकरणबाट कूल रु एक करोड २० लाख राजश्व संकलन गरेको छ।

भारतसँगको विद्युत् खरिद सम्झौता नवीकरण

नेपाल विद्युत् प्राधिकरणले भारतसँगको विद्युत् खरिद सम्झौता नवीकरण गरेको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलगायतको उच्चस्तरीय टोलीले आगामी तीन महिनाका लागि भारतसँगको विद्युत् खरिद सम्झौता नवीकरण गरेको हो ।

सम्झौता नवीकरण गर्न घिसिङ दिल्ली प्रस्थान

विद्युत् खरिद सम्झौता नविकरण गर्न नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलगायतको उच्चस्तरीय टोली आज भारतको राजधानी नयाँ दिल्ली प्रस्थान गरेको छ।

नवीकरणीय ऊर्जा परिसंघमा ढकाल

नेपाल नवीकरणीय ऊर्जा परिसंघको प्रथम साधारणसभाले गुणराज ढकालको अध्यक्षतामा नयाँ कार्यकारी समितिको निर्वाचन गरेको छ।  दुई वर्षको कार्यकालका लागि भएको उक्त निर्वाचनबाट उपाध्यक्षमा उत्तम सिटौला, महासचिवमा पदम दुलाल, कोषाध्यक्षमा हस्त पण्डित तथा कार्यकारी सदस्यमा केशवराज खनाल, कृष्णप्रसाद देवकोटा, विश्वराज कार्की, गोकुल गौतम, तेजनारायण ठाकुर, ऋषबराज आचार्य र कृष्णप्रसाद पराजुली छन्।

मेसीको सम्झौता नवीकरण

बार्सिलोनाका स्ट्राइकर लियोनेल मेसीले आफ्नो भविष्य बारे महिनौ देखि जारी अन्योल चिर्र्दै शनिबार क्लबसँगको सम्झौता थप चार वर्ष लम्बाएका छन् ।

मञ्च र डिसबीच सम्झौता नवीकरण

यसै महिनाको अन्त्यमा हुने पल्सर स्पोर्ट्स अवार्डका लागि आयोजक नेपाल खेलकुद पत्रकार मञ्च र डिस मिडिया नेटवर्कबीच सह प्रायोजन सम्झौता नवीकरण भएको छ। मञ्चका अध्यक्ष महेश आचार्य र डिस मिडियाका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुदीप आचार्यले बुधबार सम्झौता नवीकरणपत्रमा हस्ताक्षर गरे।

यातायात समिति दर्ता र नवीकरण बन्द गर्न निर्देशन

यातायात क्षेत्रको सिन्डिकेट हटाउन भन्दै संसदको विकास समितिले सम्बन्धित क्षेत्रका नयाँ संघ–संस्था (समिति) दर्ता र पुरानोलाई नवीकरण नगर्न सरकारलाई निर्देशन दिएको छ। मुलुकमा यातायात्र सञ्चालनमा संस्थागत रुपमै सिन्डिकेट रहेको निष्कर्ष निकाल्दै यसको सट्टामा सबै व्यवसायीले कम्पनी कार्यालयमा दर्ता भएर चल्नुपर्ने समितिको ठहर छ।

आबद्धता नवीकरण गर्न एनजीओ उदासीन

सरकारले मुलुकभित्र सञ्चालनमा रहेका गैरसरकारी संस्था (एनजिओ) को अभिलेख अद्यावधिक गर्न थालेको प्रक्रियामा एकदमै न्यून संस्थामात्र सहभागी भएका छन्। समाज कल्याण परिषद्ले प्रक्रिया सुरु गरेको डेढ महिनामा करिब पाँच सय संस्थाले मात्रै नवीकरणका लागि निवेदन दिएका हुन्। परिषद्का अनुसार देशभर ४५ हजार गैरसरकारी संस्था सञ्चालनमा छन्।

इन्धन सम्झौता नवीकरणमा छलफल

नेपालसँगको इन्धन खरिद र आयातसम्बन्धी सम्झौता पुनरावलोकनको विषयमा छलफल गर्न इन्डियन आयल कर्पोरेसन(आइओसी)को टोली नेपाल आएको छ। टोलीले बुधबार नेपाल आयल निगमका अधिकारीसँग इन्धन आपूर्ति, पाइपलाइन निर्माण लगायतविषयमा छलफल भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्