१ मंसिर २०८१ शनिबार
image/svg+xml

सुनकाण्डमा पक्राउ एसएसपी खत्री धरौटीमा रिहा, भन्सार कर्मचारी थुनामा

साढे ३३ केजी सुन काण्डमा पक्राउ परेका एसएसपी श्याम खत्रीलाई काठमाडौं जिल्ला अदालतले २ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ। साेही प्रकरणमा पक्राउ परेका मनोज श्रेष्ठ, सपन श्रेष्ठ, सुनिल श्रेष्ठ र राजेश शाक्यलाई जनही एक लाख रुपैयाँमा छोड्न अदालतले आदेश दिएको छ।

भारतले आफ्ना नागरिकलाई भन्यो: नेपाल आउँदा ५० ग्राम बढी सुन नबोक्नु

भारतले आफ्ना नागरिकहरुलाई नेपाल भ्रमणमा आउँदा ५० ग्राम भन्दा बढी सुनका गहना नलगाउन अनुरोध गरेको छ।

रसुवा नाकाबाट सात किलो सुन बरामद

चीनको केरुङ नाका हुँदै नेपाल भित्रिएको ७ किलो सुन बिहीबार रसुवागढी सिमानाका प्रहरीले बरामद भएको छ । स्याङ्जा वालिङ–९ का प्रकाश गैरेको गाडीको फिल्टरमा फल्स बटम बनाएर लुकाई ल्याएको अवस्थामा रसुवाको टिमुरेबाट बरामद गरेको हो ।

आइतबार पूर्ण इजलासमा सुनुवाइ

सर्वोच्च अदालतले मागेको फाइल गृहमन्त्रालयले नपठाउँदा प्रहरी महानिरीक्षक नियुक्ति मुद्दाको सुनवाइ फेरि सरेको छ। सरकारले प्रहरी महानिरीक्षकमा नियुक्ति गरेका जयबहादुर चन्दविरुद्ध रिट निवेदन परेपछि सर्वोच्चले मागेको कार्यसम्पादन मूल्यांकन फाइल गृहले नपठाउँदा बिहीबार तेस्रोपटक सुनुवाइ सरेको हो।

आईजिपी प्रकरण पूर्ण इजालसमा सुनुवाई हुने

सरकारले डिआईजी जयबहादुर चन्दलाई नेपाल प्रहरीको महानिरीक्षकमा गरको नियुक्तिमा परेको रिट सर्वोच्च अदालतलको पूर्ण इजालसमा सुनुवाई हुने भएको छ। बिहीबारका लागि रिटमा सुनुवाई तोकिएको थियो। न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा र तेजबहादुर केसीको इजालसले बिहीबार रिटलाई पूर्ण इजासलमा सुनुवाई गर्ने निर्णय गरेको हो।

सुन फेरि सस्तियो

पछिल्ला हप्तामा सुनको मूल्य निरन्तर ओरालो लागेको छ। बुधबार एकै दिन ६ सय रुपैयाँ घटेर छापावाल सुन प्रतितोला ५३ हजार दुई सय रुपैयाँमा किनबेच भएको छ। मंगलबार प्रतितोला ५३ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो।

धुर्मुस सुन्तलीको प्रेरणाले मुसहरका बालबालिका विद्यालय जान थाले

हाँस्य कालाकारद्वय सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) को उच्च जनचेतना र प्रेरणाले महोत्तरीको बर्दिवासका ६० मुसहर परिवारका बालबालिका विद्यालय जान थालेका छन् ।

चार किलो सुन कहाँ पुग्यो? पक्राउ परेनन् सुनचोर

नारायणगढ बजारको केन्द्रमा रहेको सुनचाँदी पसलबाट करिब चार किलो सुन, १० किलो चाँदी र सात लाख रुपैयाँ नगद हराएको एक महिना पुग्दा पनि प्रहरीले चोर समात्न सकेको छैन । चोर समात्न दबाब दिन चितवनका सुन चाँदी व्यवसायीले जिल्लाका प्रहरी प्रशासनसमक्ष मागपत्र बुझाउनुका साथै प्रहरी प्रधान कार्यालय र गृह मन्त्रालयमा समेत गुहार लगाएका छन्।

सुन तस्करको नेपाली जालो छिन्नभिन्न

प्रहरीले संयुक्त अरब इमिरेटस (युएई) बाट नेपालमा सुन भिœयाउन सक्रिय तस्कर छिन्नभिन्न भएको दाबी गरेको छ । प्रहरीले फागुन ११ मा युएई प्रहरी र त्यहाँको गुप्तचर निकायलाई पत्र लेखी सुन तस्करीमा संलग्न ४१ जना व्यक्तिको विवरण पठाएको छ।

साढे ३३ किलो सुन प्रकरणमा ३३ जनाविरुद्ध मुद्दा

त्रिभुवन विमानस्थलबाट अवैधरुपमा साडे ३३ किलो सुन ल्याएको घटनामा संलग्न भएको भन्दै प्रहरीले ३३ जना विरुद्ध मुद्दा दायर गरेको छ। नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान व्युरो (सिआइवी) ले पक्राउ परेका १२ जना र फरार सूचीमा रहेका २१ जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको हो। प्रहरीले सुन तस्करीको फरार सूचीमा आरके ज्वेलर्स, सालिमार ज्वेलर्स र वैवभ लक्ष्मी ज्वेलर्स सम्वद्ध व्यक्तिलाई राखेको छ।

सुन व्यवसायीको सुरक्षा 'चुनौतीपूर्ण'

नेपाल सुनचाँदी व्यवसायी महासंघले शान्ति सुरक्षा स्थिति सुधार ल्याउन सरकारसमक्ष आह्वान गरेको छ। महासंघको चौथो स्थापना दिवस अवसरमा शुक्रबार अध्यक्ष मोहककुमार सुनारले सुनचाँदी व्यवसायका समस्या समाधान र शान्ति सुरक्षा स्थिति सुधारका लागि महासंघ लागिपर्ने प्रतिबद्धतासमेत जनाए।

सुनचाँदी व्यवसायी महासंघले मनायो चौथो स्थापना दिवस

नेपाल सुनचाँदी व्यवसायी महासंघले आफ्नो चौथो स्थापना विभिन्न कार्यक्रम गरी मनाएको छ। महासंघको केन्द्रीय कार्यालय नक्सालमा सम्पन्न भएको स्थापना दिवस समारोहमा महासंघको स्थापनादेखि हालसम्म भएका विभिन्न गतिविधि बारे जानकारी दिइएको थियो।

सुनकुमारीका श्रीमानले सफाइ पाए, बहिनीलाई १० वर्ष कैद

श्रीमान् र बहिनीको कुटपिटबाट हत्या गरिएको भनिएकी थबाङ, रोल्पाकी सुनकुमारी नेपालीका श्रीमान्ले अदालतबाट सफाइ पाएका छन् भने सुनकुमारीकी (सानीआमाकी छोरी) बहिनीलाई जिल्ला अदालत रोल्पाले १० वर्षका लागि कैद हुने गरी फैसला गरेको छ।

धुर्मुस सुन्तलीलाई विवेकशीलको पाँच लाख सहयोग

भूकम्पपछिको पुनःनिर्माणका काममा सक्रिय धुर्मुस सुन्तली फाउन्डेसनलाई विवेकशील नेपाली दलले  पाँच लाख रुपैयाँ सहयोग गरेको छ। आइतबार राजधानीमा आयोजित कार्यक्रममा विवेकशील नेपालीकी सरस्वती आचार्यले धुर्मुस सुन्तली फाउन्डेसनका अभियानकर्ता सीताराम कट्टेललाई पाँच लाख हस्तान्तरण गरेकी थिइन्।

आइजिपी मुद्दामा अर्को सुनुवाइ मंगलबार

प्रहरी महानिरीक्षक (आइजिपी) नियुक्ति विवादसम्बन्धी मुद्दामा अर्को सुनुवाई मंगलबार हुने भएको छ। प्रहरी महानिरीक्षकमा तीन प्रतिस्पर्धीमध्ये जयबहादुर चन्दलाई सरकारले नियुक्त गरेपछि सर्वोच्च अदालतमा दर्ता भएको  रिटमा बुधबारबाट सुनुवाइ भएको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्