२० आश्विन २०८१ आइतबार
image/svg+xml

साकार बन्दै मेलम्ची सपना

२०४८ सालको आम निर्वाचनमा नेता कृष्णप्रसाद भट्टराई काठमाडौं–१ बाट उम्मेदवार थिए। चुनावी प्रचारप्रसारका क्रममा खानेपानी समस्या बेहोरिरहेका मतदातालाई आफूतिर तान्न उनले ‘मेलम्ची ल्याएर राजधानी पखाल्छु’ भन्ने नारा अघि सारे। ठट्यौला भट्टराईको यो नारालाई धेरैले ठट्टाकै रूपमा लिए।

बसन्त थापा र बिन्दु सुनारको 'रात जूनैको' गीत सार्वजनिक

लोक तथा दोहोरी गीत सर्जक गायक बसन्त थापा र गायिका विन्दु सुनारको आवाजमा रहेको ‘रात जुनैको’ गीतको भिडियो सार्वजनिक भएको छ। यस गीतको म्युजिक भिडियो मालारानी क्रियशन मार्फत सार्वजनिक गरिएको हो।

एक हजारले घट्यो सुन

स्थानीय बजारमा आज सुनको मूल्य तोलामा नै एक हजारले घटेको छ। तोलामा ८७ हजार ५ सय रुपैयाँमा बुधबार कारोवार भएको छापावाला सुन आजका लागि भने ८६ हजार ५ सय रुपैयाँ मूल्य निर्धारण भएको छ।

पाँच सयले बढ्यो सुन

नेपाल सुचाँदी व्यवसायी महासङ्घका अनुसार मङ्गलबार तोलामा ८७ हजार रुपैयाँमा कारोवार भएको छापावाला सुन आजका लागि भने ८७ हजार ५ सय रुपैयाँमा मूल्य निर्धारण भएको छ।

बी डिभिजन लिग: निसानको गोलमा बाँसबारीलाई सफलता

निसान सुनारले गोल गर्दा बाँसबारी क्लबले राजधानीमा जारी सहिद स्मारक ‘बी’ डिभिजन लिगमा मंगलबार जित निकालेको छ। अर्को खेलमा मध्यपुर युथ एसोसिएसन श्री कुमारी क्लबविरुद्ध पुनरागमन जित हात पार्न सफल भएको छ।

एक हजार ७ सयले घट्यो सुन

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापवाल सुन तोलामा ८७ हजारमा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ। सोमबार छापवाल सुन तोलामा ८८ हजार ७ सय रुपैयाँमा कारोवार भएको थियो।

फोक्सिङटार ‘आर्क ब्रिज’ निर्माणमा ढिलासुस्ती

निर्माण व्यवसायीले हाल खोटाङतर्फको आर्क राख्ने रडको प्वाल ड्रिल लगाएर छोडिरहेको छ। बिमको फेदमा गरिएको ढलानमा रहेको आर्क राख्ने रड वर्षाको बाढीले बगाएको थियो। खोटाङलाई पूर्वी सहरसँग जोड्ने ‘आर्क–ब्रिज’ निर्माणको काममा चरम ढिलासुस्ती भएको व्यापक जनगुनासो आएपछि गाउँपालिका अध्यक्ष राईले पुलसँग सम्बन्धित डिई शाह र निर्माण व्यवसायी थापालाई काठमाडौंमा एक ठाउँमा भेला गरेका थिए।

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला: एक लाख तिरे कुर्सीमा नाम

फाउन्डेसनले रंगशाला निर्माणमा देखिएको आर्थिक संकट तथा अभाव पूरा गर्नका लागि कुर्सी बेच्ने अभियान सार्वजनिक गरेको हो। अभियानअन्तर्गत रंगशालामा आफ्नो नामको कुर्सी राख्नका लागि निर्माणमा १ लाख रूपैयाँ सहयोग गर्नुपर्नेछ।

अग्राधिकार पाएको मुद्दामा सुनुवाइ भएन

सर्वोच्च अदालतमा अग्राधिकार पाएको सार्वजनिक सरोकारको मुद्दामा ४ वर्षसम्म पेसी मात्रै सरिरहेको छ। नेपाली भाषाको वर्णविन्यास बिगारेको भन्दै २०७३ भदौ २४ मा दर्ता भएको मुद्दाले अग्राधिकार पाए पनि सुनुवाइ हुन सकेको छैन। हालसम्म १५ पटक पेसी सरेको छ। पटकपटक पेसी चढे पनि हेर्न नभ्याइने र स्थगितमा परेपछि मुद्दाको सुनुवाइ हुन नसकेको हो।

चार सयले बढ्यो सुन

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आजका लागि तय गरेको मूल्यसूचीअनुसार सुन तोलामा ४ सय रुपैयाँले बढेको छ। प्रतितोला ८८ हजार ३ सय रुपैयाँमा आइतबार कारोवार भएको छापावाला सुन आज भने ८८ हजार ७ सय रुपैयाँ मूल्य कायम भएको छ।

प्रि–मनसुन सुरु, आजदेखि जाडोयाम समाप्त

आजदेखि यस वर्षको जाडोयाम समाप्त भई प्रि–मनसुन सुरु भएको छ। जल तथा मौसम विज्ञान विभागले आज एक बुलेटिन निकालेर मार्च १ अर्थात् आजदेखि यस वर्षको जाडोयाम अन्त्य भई प्रि–मनसुन ‘सिजन’ शुरु भएको जनाएको छ। अङ्ग्रेजी महिना मार्चदेखि सुरु हुने प्रि–मनसुन मे महिनासम्म चल्ने गर्छ।

पाँच सयले घट्यो सुन

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुन प्रतितोला ८८ हजार ३ सय रुपैयाँमा कारोबार हुने गरी मूल्य निर्धारण भएको छ। शुक्रबार छापावाला सुन तोलामा ८८ हजार ८ सय रुपैयाँमा कारोवार भएको थियो।

इन्डोनेसियाको सुन खानीमा पहिरो: पाँचको मृत्यु, ७० जना बेपत्ता

प्रान्तीय प्रकोप व्यवस्थापन निकायका प्रमुख दातु पामुसु टोम्बोलोटुटुले घटनास्थलबाट सिन्हवा समाचार समितिलाई टेलिफोन गरेर भारी वर्षाका कारण परिगी माउन्टोङजिल्लाको बुरंगा गाउँमा रहेको परम्परागत सुन खानीमा पहिरो सुरु भएको बताएका थिए।

किसुनजीको स्मृतिमा दौड

नेपाल लोकतान्त्रिक खेलकुद संघ बागमती प्रदेशको आयोजनामा चैत २२ गते प्रथम किसुनजी स्मृति राष्ट्रिय महिला तथा पुरुष खुला हाफ म्याराथन प्रतियोगिता हुने भएको छ। नेपाल एथलेटिक्स संघको प्राविधिक सहयोग रहने प्रतियोगिताका विजेता खेलाडीले नगद २५ हजार, दोस्रो हुने खेलाडीले १५ र तेस्रो स्थानको खेलाडीले जनही नगद १० हजार प्राप्त गर्नेछन्।

मेलम्ची पानी वितरण गर्न २० अर्बको संरचना

मेलम्ची खानेपानी आयोजनाको पानी उपत्यकाका उपभोक्ताकहाँ पुर्‍याउन आवश्यक पर्ने सबै संरचना तयार भएको छ।काठमाडौं उपत्यका खानेपानी लिमिटेडको आयोजना कार्यान्वयन निर्देशनालय (पिआइडी) ले मेलम्चीको पानी सुन्दरीजलमा खसालेसँगै उपत्यकाबासीको घरमा पुर्‍याउने तयारी अन्तिम चरणमा पुगेको जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्