२३ आश्विन २०८१ बुधबार
image/svg+xml

निजी क्याम्पसका विद्यार्थीको रजिस्ट्रेसन गरियो

निजी क्याम्पसलाई सम्बन्धन दिएको भन्दै विश्वविद्यालय नै ठप्प पारेर विद्यार्थी र प्राध्यापकले आन्दोलन गरेका थिए। गत वर्षको साउन १४ गते बसेको मन्त्रिपरिषद् बैठकले सम्बन्धन दिने निर्णय खारेज गरेको थियो।

विद्यार्थी संगठन र यातायात व्यवसायीबीच पाँच बुँदे सहमति

यातायात व्यवसायी कम्पनीले कानुन विपरित सञ्चालन गरेका थोत्रा, पुराना र मापदण्ड विपरितका सार्वजनिक यातायातका सवारी साधन तत्काल हटाइने भएको छ। यस्ता सवारी साधनले दुर्घटनाको जोखिम बढेको भन्दै जिल्लामा क्रियाशील विद्यार्थी संगठनले आन्दोलनको कार्यक्रम अघि बढाएपछि दुई पक्षबीच शुक्रबार भएको छलफलले निर्णय गरेको हो।

विद्यार्थीको रोजाइमा चितवन

कविता तिवारी, रोशनबाबु पाण्डे, पुजा सुवेदी, सुदीप ढकाल, दीप श्रेष्ठ अहिले कक्षा १२ मा अध्ययनरत विद्यार्थी हुन्। उनीहरू अहिले विज्ञान विषय अध्ययन गरिरहेका छन्। नारायणी नमुना माध्यमिक विद्यालयमा अध्ययनरत उनीहरूलाई आफू अध्ययनरत विद्यालयको पढाइ उच्चस्तरको भएको बताउँछन्। विद्यालयको पढाइ र अभ्यासबाट सन्तुष्ट रहेको कविताले बताइन्। उनले नारायणी विद्यालयमा कक्षा ९ देखि अध्ययन गरेकी हुन्। पहिलेदेखि पढेको स्कुल भएकाले शिक्षकहरूसँग छलफल गर्दै पढ्नलाई सहज भएको उनको अनुभव छ।

‘कानुन’मा विद्यार्थी आकर्षण बढ्दो

एसइई पार गरेपछि कुन विषय पढ्ने भन्दै धेरैजना अलमलमा परिरहेका बेला केही विद्यार्थी भने निर्धक्क भएर कानुन विषय पढ्ने भनेर लागिपरेका भेटिन्छन्। अर्थात् अचेल कक्षा ११ मा कानुन विषय लिएर पढ्न चाहने विद्यार्थीको संख्या बढ्दै गएको देखिन्छ।

उत्कृष्ट विद्यार्थीलाई एनसेल छात्रवृत्ति र सम्मान

एनसेल प्राइभेट लिमिटेडले व्यावसायिक सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत इन्जिनियरिङ अध्ययन संस्थान (पुल्चोक क्याम्पस)मा विभिन्न पाँच संकायमा अध्ययनरत उत्कृष्ट विद्यार्थीलाई एनसेल छात्रवृत्ति तथा उत्कृष्टता सम्मान दिएको छ।

रमाए स्कुले विद्यार्थी

पानी अभाबमा किसानहरुले धान रोप्न नपाइरहेको बेला भक्तपुरका विद्यार्थीले आइतबार रोपाई गरेका छन्। सक्रिय मनसुनको अभाबमा खेतमा पानी नभई धान रोप्न नसकिरहेको बेला भक्तपुरको एउटा स्कुलका विद्यार्थी भने रोपाईमा रमाएका हुन्।

फोहर उठाउन माग गर्दै प्रदर्शन

आइतबार विद्यार्थी तथा कलेज प्रशासनले सहर सफा राख्न, कलेजको अगाडिको फोहर हटाउन माग गर्दै कलेज अगाडि विरोध गरे।

'ग्रेड ए' ल्याउँदैमा विज्ञान पढ्नुपर्छ भन्ने के छ ? (अन्तर्वार्ता)

प्राध्यापक विद्यानाथ कोइराला विद्यार्थीलाई एसइईपछि विषय छान्नको लागि दवाव दिन नहुने बताउँछन्। विद्यार्थीले रुची गरेको विषय छान्न दिनुपर्ने उनको भनाई छ। एसइईपछि विद्यार्थीले कसरी विषय रोज्न सक्छन् भनेर नागरिक न्यूजकर्मी सुभद्र धितालले कुराकानी गरेकी छन् ।

विद्यार्थी कुट्ने शिक्षिकाविरुद्ध मुद्दा

२०७६ असार ४ गते अदालतमा दर्ता गरिएको ‘बालबालिकाविरुद्धको कसुर’सम्बन्धी सो मुद्दा नेपालको इतिहासमै पहिलो भएको सरकारी वकिल केदारनाथ उपाध्यायको दाबी छ ।

विद्यार्थीलाई क्यान्सर बारे चेतना

धैर्य क्यान्सर फाउन्डेसनले काभ्रेको श्रीदेवी माध्यमिक विद्यालयका छात्रछात्राहरुलाई क्यान्सरसम्बन्धी जनचेतना दिएको छ।

एसइईपछिको अध्ययन

अल्लारे उमेरका विद्यार्थीले लहैलहैमा लागेर पढ्ने विषय र शिक्षण संस्था हचुवामा छान्दा पढाइ ‘वल्लो घाट न पल्लो तीर’ भएर हन्डर खाएका धेरै उदाहरण छन्। त्यसकारण एसइई पार भएका विद्यार्थीलाई श्रमबजारमा प्रतिस्पर्धा गर्न सक्षम बनाउने शिक्षा प्रदान गर्नेतर्फ सरकार र सरोकारवाला दुवै पक्षले समयमै उचित सल्लाह र सहयोग गर्नुपर्छ।

त्रिविमा प्रवेशपत्र लिनै हम्मे हम्मे (फाेटाे फिचर)

त्रिभुवन विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालय (पनिका) बल्खुमा आज विहानदेखि नै विद्यार्थीहरु लामबद्ध थिए। प्राइभेटतर्फ स्नातकोत्तर तहको परीक्षा प्रवेशपत्र लिने विद्यार्थीहरु भ्याइ नभ्याइ विहानैबाट लाइनमा देखिन्थे। यहीँ असारको १० गतेदेखि शुरु हुने राजनीतिक शास्त्र र जनप्रशासनको परीक्षाका लागि प्रवेशपत्र लिन आएका परीक्षार्थीको मुहारमा उत्साहसँगै आक्रोश पनि देखियो। थेग्नै नसक्ने चापका कारण विद्यार्थीहरु एकआपसमा भनाभनसमेत गरिरहेका देखिन्थे।

‘म्याथ आर्ट’ले बनायो सजिलो गणित

प्रायः विद्यार्थीले गणितलाई कठिन विषयका रूपमा लिन्छन् । उनीहरू सूत्रहरू घोक्नु पर्ने, यसका अभ्यास गर्न गाह्रो लाग्ने, जीवनमा गणितीय समस्या उपयोग नभएको जस्ता गुनासो गर्छन् । कतिपय विद्यार्थीले गणितका हिसाबलाई नै घोकेर परीक्षाको तयारी गर्दछन् । तर बुझेर अध्ययन गरेमा गणितलाई सजिलो बनाउन सकिन्छ । यसको प्रमाण ‘म्याथ आर्ट’ले गराएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्