१० मंसिर २०८१ सोमबार
image/svg+xml

अनि म सत्यमोहन भएँ...

सत्यमोहनका निम्ति भने कहिल्यै फुर्सदी भएर बस्नु पर्ने समय आएन। जीवन आफैंमा एउटा संस्था बन्न पुगेको छ। कृष्ण मन्दिरकै पछाडि एउटा साँगुरो गल्लीमा रहेको उनको घरमा जानकारीका निम्ति धाउने व्यक्तिहरूको कमी हुँदैन। यतिका धेरै मानिसलाई समय दिएर, कार्यक्रमहरूमा पुगेर र अरूलाई प्रेरणा दिएर उत्साहका साथ उनको जीवन अघि बढेको छ।

सगरमाथा इन्स्योरेन्स डिजिटल्ली सेवा

सगरमाथा इन्स्योरेन्स कम्पनीको इन्स्योरेन्स डिजिटल्ली सेवामार्फत हातमा बिमा सुरु गरेको छ । कम्पनीले आफूले बिक्री गर्दै आएका बिमालेखलाई सूचना प्रविधिसँग एकाकार गर्ने उद्देश्यका साथ उक्त सेवा ल्याएको जनाएको हो ।

पर्यटकीय क्षेत्र खुम्बुमा सरसफाइ

सगरमाथा राष्ट्रिय निकुञ्जले पर्यटकीय क्षेत्र खुम्बुको स्वच्छताका लागि सप्ताहव्यापी सरसफाइ अभियान सम्पन्न गरेको छ। अभियानभरि दुई हजार केजी फोहोर संकलन गरिएको निकुञ्जले बताएको छ।

‘सगरमाथा बेस क्याम्पको यात्रा अविष्मरणीय रह्यो’

‘संसारको सर्वोच्च शिखर सगरमाथाको बेस क्याम्पसम्म पुग्दा मनमा भएको डर हराएको थियो । यसले जीवनको महत्व बुझिई रहेछु’, नेपाल पर्यटन बोर्डले बिहीबार राजधानीमा आयोजना गरेको ‘एभेष्ट बेस क्याम्प एक्सपिरियन्स्’ नामक कार्यक्रममा अभिनेत्री मनीषा कोइरालाले यसो भनी रहँदा उनको मुहारमा अनौठो चमक प्रष्ट देखिन्थ्यो ।

सगरमाथाकाे उचाइ नाप्ने टोली दिङ्बोचेमा

सगरमाथाको उचाइ नाप्ने समूह सोलुखुम्बुको दिङ्बोचेमा पुगेको छ। चैत २७ गते बुधबार काठमाडौँबाट हिँडेको टोली मङ्गलबार खुम्बु पासाङल्हामु गाउँपालिका–४ को दिङ्बोचेमा पुगेको हो।

इजरायलमा सगरमाथाबारे गलत सूचना सच्याइयो

‘सगरमाथा चीनमा रहेको’ भनी इजरालयको मृतसागरमा रहेको होर्डिङबोर्डमा राखिएको गलत सूचनालाई इजरायलस्थित नेपाली राजदूतावासले सच्याउन लगाएको छ। विश्वको सबैभन्दा अग्लो भूभाग सगरमाथा रहेको देश नेपाल र विश्वको सबैभन्दा होचो भूभाग अर्थात् समुद्री सतहभन्दा चार सय २० मिटर तल रहेको डेड–सी (मृतसागर) भए पनि त्यहाँको होर्डिङ बोर्डमा सगरमाथा चीनमा रहेको उल्लेख गरेको देखेपछि राजदूतावासले सच्याउन लगाएको हो।

तीन देशका साहसिक महिला सगरमाथा आरोहण गर्दै

नेपाल, भारत, र चीनका तीन महिलाले संयुक्त सगरमाथा आरोहण गर्दै छन्। सोमबार संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटाले नेपालकी कान्छीमाया तामाङ, भारतकी कल्पना दास र चीनकी लियामु मालाई नेपालको झण्डा र नेपाल भ्रमण वर्ष २०२० को लोगो हस्तान्तरण गरी सफल आरोहणको शुभकामनासमेत दिएका थिए।

मानव अधिकार उपभोगमा अझै चुनौती

माथिल्लो सगरमाथाका तीन जिल्लामा मानव अधिकार उपभोगमा अझै पनि चुनौती रहेको पाइएको छ। राष्ट्रिय मानव अधिकार आयोगका सचिव वेद भट्टराईलगायतको टोलीले गरेको अनुगमनका क्रममा खोटाङ, ओखलढुंगा र सोलुखुम्बुमा अझै पनि मानव अधिकार उपभोगमा चुनौती कायम रहेको पाइएको हो।

दुई करोड ३२ लाख रुपैयाँ खर्चेर सगरमाथा सफाइ गरिने

दुई करोड ३२ लाख रुपैयाँ खर्चेर सगरमाथा हिमाल सफाई अभियान गरिने भएको छ। सरकारले निजी संघ संस्थासँग मिलेर १० हजार टन फोहोरमैला संकलन गर्ने तयारी गरेको हो।

सगरमाथाको उचाइ मापनको ६० प्रतिशत काम सम्पन्न

सर्वोच्च शिखर सगरमाथाको आधिकारिक उचाइ आठ हजार आठ सय ४८ मिटर मानिन्छ। यो उचाइ नेपालले नापेर पत्ता लगाएको थिएन। भारत, चीन, अमेरिका लगायत देशले सगरमाथाको उचाइ नाप्ने काम गरेका थिए। अब चाहिँ नेपाल आफैंले सगरमाथाको उचाइ पत्ता लगाउने काम गरिरहेको छ।

मानव अधिकार उपभोगमा अझै चुनौती

माथिल्लो सगरमाथाका तीन जिल्लामा मानव अधिकार उपभोगमा अझै पनि चुनौती रहेको पाइएको छ। राष्ट्रिय मानव अधिकार आयोगका सचिव वेद भट्टराईलगायतको टोलीले गरेको अनुगमनका क्रममा खोटाङ, ओखलढुंगा र सोलुखुम्बुमा अझै पनि मानव अधिकार उपभोगमा चुनौती कायम रहेको पाइएको हो।

सरकारले सगरमाथाको उचाइ मापन गर्ने

नेपाल सरकारले सगरमाथाको उचाइ मापन गर्ने भएको छ। यसअघि विदेशीले मापन गरेका आधारमा सगरमाथाको उचाइ आठ हजार आठ सय ४८ मिटर मान्दै आएकामा सरकारले पहिलो पटक आफ्नै स्रोतमा उचाइ नाप्न लागेको हो। यसअघि इटालेली, चीन, भारतीयलगायत देशका टोलीले समगरमाथाको उचाइ मापन गरेका थिए। भूमि व्यवस्था, सकारी तथा गरिबी निवारण मन्त्रालयअन्तर्गत नापी विभागको टोली बुधबार सगरमाथा आधार शिविरतर्फ प्रस्थान गरेको छ। टोलीले करिब दुई महिना त्यहाँ बसेर मापन कार्य गर्नेछन्।

सगरमाथाको उचाई मापन गरिँदै, नापी विभागको टोली आधार शिविर प्रस्थान

नेपालले पहिलो पटक आफ्नै साधान स्रोतमा सगरमाथाको उचाई मापन गर्न लागेको छ। उचाई मापन गर्न भूमि व्यवस्था, सकारी तथा गरिवी निवारण मन्त्रालय अन्तर्गत नापी विभागको टोली बुधबार सगरमाथा आधार शिविरतर्फ प्रस्थान गरेको छ।

४ सय ६ जना हिमाल आरोहण गर्दै

बसन्तकालीन सिजनको लागि १८ हिमाल आरोहण गर्न पाँच सय ६ जनाले अनुमति लिएका छन्। सगरमाथासहित विभिन्न १८ हिमाल आरोहण गर्न पर्यटन विभागबाट आइतबारसम्म विभिन्न देशका  नागरिकले आरोहण अनुमति लिएका हुन्। विभागले ६ हजारभन्दा बढी उचाइका हिमाल आरोहण अनुमति दिने गरेको छ।

यसरी चढिन्छ सगरमाथा

संसारकै सर्वोच्च शिखर हो सगरमाथा। सन् १९५३ मा पहिलोपटक स्वर्गीय तेन्जिङ शेर्पा र सर एडमण्ड हिलारीले सगरमाथामा पाइला राखेका थिए। त्यसयता संसारभरका पाँच हजारभन्दा बढीले सगरमाथाको शिखर चुमिसकेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्