सञ्चार मन्त्रीसँगकाे विवादपछि सचिव कृष्णबहादुर राउतको सरुवा
सञ्चार सचिव कृष्णबहादुर राउतको १० महिनामै सरुवा भएको छ।सञ्चार मन्त्री रेखा शर्मासँग टसल परेपछि उनलाई वित्त आयोगमा सरुवा गरिएको हो।त्यहाँ रामकृष्ण सुवेदीलाई ल्याइएको हो । उनी मधेस प्रदेशको प्रमुख सचिवबाट गत चैतमा सञ्चार मन्त्रालयमा सरुवा भएका थिए।