लागुऔषधसहित दुई युवक पक्राउ
रौतहटमा सशस्त्र प्रहरीले प्रतिबन्धित लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ। सीमावर्ती भारतीय बजारबाट ठूलो परिमाणमा लागुऔषध बोकेर राजधानीतर्फ लैजाँदै गरेको अरस्थित सशस्त्र प्रहरी बेस क्याम्पबाट खटिएको गस्ती टोलीले चन्द्रपुर नगरपालिका–८, सन्तपुर चोकनजिकबाट काठमाडौं टोखा नगरपालिका–२९ का २१ वर्षीय प्रिन्स तामाङ र तारकेश्वर नगरपालिका–३ का २३ वर्षीय विकास मर्हजनलाई पक्राउ गरेको हो।