२३ माघ २०८२ शुक्रबार
image/svg+xml

सदरमुकाम गाईघाटमा १५ दिने उदयपुर एक्सपो सुरु

उद्घाटन गर्दै मन्त्री पराजुलीले व्यापार व्यवसायको प्रबद्र्धनमा मेला महोत्सवको भूमिका महत्वपूर्ण हुने भन्दै व्यापारिक प्रतिस्ठानहरुबाट यस्ता कार्यक्रम निरन्तर भर्ईरहनु पर्ने बताए।

नगर प्रमुख हुँदा जनहितमा काम गरेँ, सांसद बनेपछि पनि निरन्तरता दिन्छु: रेनु

नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बाट चितवन क्षेत्र नं-३ को प्रतिनिधिसभा उम्मेदवार रहेकी रेनु दाहालले आफू नगर प्रमुख हुँदा जस्तै सांसद बनेपछि पनि जनताको पक्षमा उभिने प्रतिबद्धता व्यक्त गरेकी छन्।

‘यसपालि मन अलि दरो पार्नुस्, घण्टीको आवाज अलि चर्को हुनुपर्छ’

समाचारको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले यसपटकको निर्वाचनमा विगतभन्दा अझ सशक्त र निर्णायक नतिजाको अपेक्षा गरेका छन्।

पुराना दललाई प्रतिपक्षमा समेत बस्ने हैसियत छैन: रवि

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पुराना राजनीतिक दलहरूलाई प्रतिपक्षमा समेत बस्ने हैसियत नभएको टिप्पणी गरेका छन्। शुक्रबार चितवनमा आयोजित मतदाता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

कपिलवस्तुमा ८ हजार २२९ किशोरीहरुलाई एचपिभी खोप लगाइँदै

कक्षा ६ मा अध्ययनरत तथा केही विद्यालय बाहिर रहेका किशोरीहरुलाई यहि माघ २५ गते देखि २९ गतेसम्म संचालन हुने खोप अभियानमा सो खोप लगाईने भएको हो ।

ऋषिकेश शर्मालाई साधारण तारेखमा छाड्ने विशेष अदालतको आदेशविरुद्ध अख्तियार सर्वोच्चमा

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा भएको अरबौंको भ्रष्टाचार मुद्दाका अभियुक्त शर्मालाई विशेष अदालतले साधरण तारेखमा छाड्न आदेश दिएको थियो ।

दुई महिनाअघि नै सकियो पर्यटकीयस्थल घोडेपानी जोड्ने सडक स्तरोन्नतिको कार्य

अन्नपूर्ण गाउँपालिकाले चालु आर्थिक वर्षमा रु ५० लाख बजेट विनियोजन गरेको पोखरेबगर–घार–चित्रे सडक योजनामार्फत प्रतिस्पर्धामा छनोट भएको निर्माण कम्पनीले काम थालेको दुई महिनामै सम्पन्न गरेको हो ।

प्रतिनिधिसभा सदस्य निर्वाचनः प्रत्यक्षतर्फ ८४ लाख ४० हजार मतपत्र छपाइ

पहिलो चरणमा १० लाख ९८ हजार २०० नमूना मतपत्र छपाइ सम्पन्न गरी विभिन्न जिल्लाहरुमा पठाइ सकिएको आयोगले जनाएको छ ।

स्रोत नखुलेको रकमसहित एकजना पक्राउ

सदरमुकाम गौर नगरपालिकाको वडा नम्बर ३ स्थित प्रहरीले स्थानीय ४४ वर्षिय राकेश कलवारलाई स्रोत खुल्न नसकेको रकमसहित पक्राउ गरेको हो ।

काठमाडौं उपत्यकाका सबै कांग्रेस उम्मेदवारको ‘साझा योजना’ आउँदै

महामन्त्री पौडेलले उपत्यकाको दिगो विकासका लागि आगामी पाँच वर्षमा गरिने साझा कामको खाका बनाउने बताएका छन् ।

कांग्रेसले भ्रष्टाचारको आहालबाट देशलाई बाहिर निकाल्छ: गगन थापा

सभापति थापाले भने,‘हिजो हिंसाबाट बाहिर निकालेको नेपाली कांग्रेसले भ्रष्टाचारको आहालबाट पनि देशलाई निकाल्छ ।’

प्रचण्डको दाबी: झापा–५ र सर्लाही–४ मा नेकपाका उम्मेदवार जित्छन्

दुवै क्षेत्रमा यस पटक ‘हाई भोल्टेज’ प्रतिस्पर्धा छ । झापा–५मा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र रास्वपाका वरिष्ठ नेता बालेन्द्र साह(बालेन) भिडेका छन् भने सर्लाही–४मा नेपाली कांग्रेसका सभापति गगन थापा उम्मेदवार छन्।

बुढासुब्बा गोल्डकपः रोयल थिम्पुलाई हराउँदै झापा-११ क्वाटरफाइनलमा

शुक्रबार भएको खेलमा झापा-११ ले रोयल थिम्पु भुटानलाई २–० गोलले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको हो ।

मिश्रमाथि कारागार प्रशासनको 'विशेष निगरानी'

भेरी अस्पतालको रेकर्डअनुसार उक्त क्याविनमा मिश्रले उपचारको बहानामा ९ दिन बिताएका छन् । क्याविनमा रहुन्जेलसम्म नेकपा (एमाले)का पुर्वकेन्द्रीय सदस्य रहेका मिश्रकै निर्देशनबाट बाँके-२ मा चुनावी रणनीति बनेको अस्पताल श्रोतले जनाएको छ ।

नेकपा बहुमतका जिल्ला इन्चार्जसहित १५ नेता कांग्रेसमा प्रवेश

कांग्रेसको विशेष जिल्ला भेलामा पुगेर नेकपा बहुमतका केन्द्रीय सदस्य एवं जिल्ला इन्चार्ज कुमाल सिलवालसहित १५ जना कांग्रेस प्रवेश गरेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्