६ जेष्ठ २०८१ आइतबार
image/svg+xml

राष्ट्रिय धान दिवसमा रोपाइँ महोत्सव

२०औं राष्ट्रिय धान दिवसका अवसरमा कपिलवस्तुका विभिन्न स्थानमा रोपाइँ महोत्सव गरिएको छ। कृषि ज्ञान केन्द्र, धान सुपर जोन कपिलवस्तु, बुद्धभूमि नगरपालिका, बाणगंगा नगरपालिका र कपिलवस्तु नगरपालिका वडा नम्बर २ ले दिवसका अवसरमा रोपाइँ महोत्सव गरेका हुन्। सो अवसरमा खेतमा धान रोपाइँपछि दहीचिउरा खुवाएर खाजा खुवाइएको थियो।

धान दिवसको नारा, ‘जलवायु अनुकूलित कृषकमैत्री प्रविधि, धान उत्पादनमा वृद्धि’

आज बिसौं राष्ट्रिय धान दिवस देशैभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ। यो वर्ष ‘जलवायु अनुकूलित कृषकमैत्री प्रविधि, धान उत्पादनमा वृद्धि’ भन्ने नाराका साथ राष्ट्रिय धान दिवसका अवसरमा सरकारी तथा निजी क्षेत्रका विभिन्न संघसंस्थाले रोपाइँ कार्यक्रम गरेर धुमधामका साथ दिवस मनाइरहेका हुन्।

पोखरामा रोपाइँ महोत्सवको तयारी

‘पोखरा सबै मौसमका लागि’ भन्दै वर्षेनी आयोजना हुने रोपाइँ महोत्सव यो पटक पोखरा–१३ कसेरीमा हुने भएको छ। पोखरामा हरेक वर्ष फरक फाँटमा रोपाइँ महोत्सव हुँदै आएको छ। पोखरामा पर्यटन प्रवर्द्धन गर्न र धानखेतीबारे सचेतना फैलाउने उद्देश्यले यो महोत्सव आयोजना हुने गरेको छ।

जुम्ली मार्सीको इतिहास झल्काउन: गुरुफोक्टो रोपाइँ महोत्सव

जुम्लामा फल्ने कालीमार्सी धानको इतिहास झल्काउन मंगलबार गाउँपालिकाले 'गुरुफोक्टो रोपाइँ महोत्सव २०८०' गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्