२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

जुम्ली मार्सीको इतिहास झल्काउन: गुरुफोक्टो रोपाइँ महोत्सव

तातोपानीको गुरुफोक्टो रोपाइँ महोत्सव। तस्बिर: गोल्डेन बुढा

जुम्लाको तातोपानी गाउँपालिकाले २० औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव २०८० गरेको छ। जुम्लामा फल्ने कालीमार्सी धानको इतिहास झल्काउन मंगलबार गाउँपालिकाले 'गुरुफोक्टो रोपाइँ महोत्सव २०८०' गरेको हो।

लछालकृत पौकेलाले धान रोप्ने सुरुवात गरेपछि जुम्लामा मार्सी धानको सुरुवात भएको किंवदन्ती छ। तातोपानी गाउँपालिकाका स्थानीय गुरु चौलागाईका अनुसार गुरुचन्दननाथले कास्मिरबाट धानको बीउ ल्याएर गुरुफोक्टोमा रोपेको धान फलेको र त्यो फोक्टोको धानको चामल चन्दननाथ मन्दिरमा अक्षताका रुपमा चढाउने गरिएको किंवदन्ती छ।

तातोपानी गाउँपालिकाकी उपप्रमुख रेवती रावल (सिमा) ले जुम्लाको इतिहास तथा पहिचानको बोकेको गुरुफोक्टो प्रसार प्रसारको अभावमा रहेको बताइन्। जुम्लाको इतिहास नै पछाडि परेकाले अब तातोपानी गाउँपालिकाले लछालकृत पौकेलाको पहिचान दिन आवश्यक रहेको उनको भनाइ छ।

गुरुफोक्टो र मार्सीको पहिचान जोगाउन रोपाईं महोत्सव गरिएको तातोपानी गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईले बताए। मार्सी धानको पहिलो खेत गुरु फोक्टोलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्नुपर्नेमा जिल्ला समन्वय समिति जुम्ला प्रमुख गौरीनन्द आचार्यले बताए।

११ सय वर्ष पहिले महापुरुष लछालकृति पैकलोले तातोपानी–२ को लाछुज्यूलोमा धान रोपेको किवंदन्ती छ। लछालकृति पैकेलो, तातोपानी–२ को झारखोली भन्ने जंगलमा बेवारिसे अवस्थामा थिए। ११ सय वर्षअघि कुचे बुढा भन्ने व्यक्तिले जंगलमा रोइरहेको अवस्थामा पैकलो नामको बच्चालाई भेटे। उसलाई घरमा ल्याएर लालनपालन गरेपछि एक दिन पैकलो आफैं गएर अहिले धानका खेत रहेको लाछुज्यूलोको घना जंगलमा कालीमार्सी धान उत्पादन हुने भन्दै खन्न थाले। ११ सय वर्षको समयमा पैकेलोले एक्लै खनेर धान रोपेपछि ५ महिनाको अवधिमा कालीमासी धान उत्पादन भएको हो।

स्थानीय हरिबाबु चौलागाइका अनुसार खेत खन्ने क्रममा हिलो लागेपछि हिलो पुछ्न पैकेलोले घुँडा कोचेर पानीको मुहान निकालेको समेत इतिहास छ। जसलाई मुखमुल भनेर नामाकरण गरिएको उनले बताए। पैकेलो एक महापुरुषका रुपमा तातोपानीको विकासमा जुटेपछि सिंजाका शक्तिशाली जालान्धर राजाले उनलाई विभिन्न प्रलोभनमा पारी एकै राज्यमा दुई राजा नहुने भन्दै मारेको समेत इतिहास छ।

पहिलाको घना जंगल अहिले जिल्लाकै सबैभन्दा बढी मार्सी धान फल्ने ज्यूलो बनेको छ। लाछुज्यूलोमा धान रोपिसकेपछि मात्रै बाबा चन्दननाथले सेरा खेतमा कास्मिरबाट ल्याएर धान रोपेका हुन्। ११ औं शताब्दीमै जालान्धर राजाले पैकेलो महापुरुषलाई मारेपछि उनको एतिहास ओझेलमा परेको किंवदन्ती छ। तर,पछिल्लो समयमा स्थानीय सरकार यसको संरक्षणमा जुटेको छ।

प्रकाशित: ३० जेष्ठ २०८० १२:५१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App