८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml

चिनीको हाहाकार, कहाँ छ सरकार ?

बजारमा चिनी अभाव भएपछि उपभोक्ता हैरान छन् । ठुला व्यापारीले चिनीको कृत्रिम अभाव देखाएर कालोबजारीमा बिक्री गरेको उपभोक्ताको गुनासो छ ।

कालीमाटीमा जारी किसान सञ्जालको धर्ना स्थगन

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका स्टललाई प्रतिस्पर्धाका माध्यमबाट भाडामा लगाउने विषयमा समिति र राष्ट्रिय किसान सञ्जालका प्रतिनिधिबीच कार्यदल बनाइ समस्या समाधान गर्ने सहमति भएको छ।

सडकमा पोखिएको किसानको आँसु

यसरी पोखिएको चिजलाई सहज आँखाले हेर्दा गोलभेडा मात्र देखिए पनि खासमा यी प्रत्येक गोलभेडाका दानाभित्र किसानको मेहनत, श्रम र पसिना भरिएको छ। यसर्थ यो गोलभेडा हैन, उनीहरूको रोदन पोखिएको हो।

किन पाउँदैनन् किसानले मूल्य?

नेपालको तराई क्षेत्रमा काउली÷बन्दागोभी उत्पादन गर्न उपयुक्त समय हिउँद (बाली लगाउने समय ः कात्तिक–पुस, उत्पादन लिने समय ः माघ–वैशाख) हो भने भारतमा प्रायः जसो हिउँदमै काउली÷बन्दागोभी बढी उत्पादन हुने गर्छ।

कालीमाटी तरकारी बजारमा होलसेल बाहेक सबै कारोबार बन्द

खुद्रा बिक्री गर्दा मान्छेहरुको भिडभाडका कारण कोरोना संक्रमण फैलिन सक्ने भन्दै कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (२८गते) देखि कृषक बजार बन्द गर्ने निर्णय गरेको छ।

कालीमाटी बजारमा किसानका लागि स्टल

किसानले स्टलमा राखेको तरकारी मोलमोलाइ (बार्गेनिङ) गरेर बेच्न पाउँछन्। खुद्रा बिक्री गर्न भने पाउँदैनन्। ‘होलसेलमा तरकारी बिक्री गर्नुपर्छ,’ उनले भने, ‘सिधै व्यापारीसँग मोलतोल गर्न पाउने भएकाले उचित मूल्य पाउँछन्।’

व्यापारीलाई भाइरसले भेटिसक्दा पनि कालीमाटी तरकारी बजारमा यस्ताे लापर्बाही !

व्यापारी र क्रेताले सामान्यतया दूरी कायम र मास्कसम्म पनि नलगाएको पाइएपछि कोरोना भाइरसको जोखिम थप बढेको हो ।

कालीमाटी तरकारी बजारमा उस्तै भीड

सर्वसाधारणको अत्याधिक भीड बढेको भन्दै कोरोना संक्रमणको त्रासमा रुपन्देहीका दैनिक हाटबजार बन्दगरिए । अन्यजिल्लामापनियसको व्यवस्थापनको लागिपहलभइरहेका छन् । तर उपभोक्ताको बढी चहलपहल हुने मुलुककै ठूलो कालीमाटी तरकारी बजारमा चहलपहल उस्तै छ ।

गठ्ठाघरमा भक्तपुरकै ठूलो तरकारी बजार

तरकारी बजार र संकलन केन्द्रमा प्रत्यक्ष चारभन्दा बढीलाई तथा एक हजारलाई अप्रत्यक्ष रोजगारीको व्यवस्था समेत गरेको सञ्चालक बस्नेत बताए।

बजारभरी तरुलै तरुल

माघे संक्रान्ती भित्रँदै गर्दा बजारमा तरुलको बिक्री पनि बढ्दै गएको छ। पुस महिनामा पर्ने ल्होसार र माघे संक्रान्तीमा तरुल लगायत कन्दमूल खाने परम्पराअनुरुप बजारमा यसको माग बढेको हो।

साेचेजति छैन तरकारीमा विषादी

तरकारीमा विषादी प्रयोगको हल्ला जति छ त्यत्तिकै मात्रामा भान्सामा विषादी पुग्छ भन्ने बुझ्नु कमजोरी हुन्छ। मुलुकको ठूलो कृषि उपज बजार कालीमाटी फलफूल तथा तरकारी बजारमा विषादी अवशेष द्रुत विश्लेषण (आरपिबिआर) ल्याबमार्फत दैनिक गरिने नमुना परीक्षणले तरकारी उत्पादन गर्दा विषादी प्रयोग गरिए पनि भान्सामा पुग्ने बेला त्यसको अवशेष न्यून रहने देखाएको छ।

फलफूल र तरकारीमा निर्भरता

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको सन् २०१७/१८ को तथ्यांकअनुसार त्यहाँ बिक्री हुने तरकारी र खाद्यको ४४.६४ प्रतिशत भारतबाट आयात हुन्छ भने चीनबाट ०.५८ प्रतिशत आयात हुन्छ। ठूलो संख्यामा युवाहरूको प्रवासन, भूमि विभाजन र भौगोलिक जटिलताका बाबजुत सरकारको सानो प्रयासबाट फलफूल र तरकारीको यो वैदेशिक निर्भरता हटाउन सकिन्छ। बिस्तारै यसको तरंगले कृषिप्रधान देशका रूपमा नेपालले खाद्यान्नमा आत्मनिर्भरता ल्याउन सक्छ।

तरकारी पोहोरभन्दा दोब्बर महँगो

सरकारले दैनिक उपभोग्य वस्तुको मूल्य वृद्धि नियन्त्रण भएको दाबी गरिरहँदा बजारमा अधिकांश तरकारीको भाउ पोहोरभन्दा दोब्बर महँगो भएको छ। तरकारीको मूल्य अचाक्लि वृद्धि हुँदा भान्छा चलाउन हम्मे परेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्