१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

कालीमाटीमा जारी किसान सञ्जालको धर्ना स्थगन

फाइल तस्बिर

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका स्टललाई प्रतिस्पर्धाका माध्यमबाट भाडामा लगाउने विषयमा समिति र राष्ट्रिय किसान सञ्जालका प्रतिनिधिबीच कार्यदल बनाइ समस्या समाधान गर्ने सहमति भएको छ।  

कृषि तथा पशुपक्षी विकासमन्त्री डा बेदुराम भुसालको उपस्थितिमा भएको वार्तामा सो सहमति जुटेको अखिल नेपाल किसान महासङ्घका अध्यक्ष डा प्रेम दङ्गालले जानकारी दिए। सहमतिमा समितिका तर्फबाट समितिका अध्यक्ष मदन भुजेल र सञ्जालका तर्फबाट सञ्जालका संयोजक नेपाल किसान महासङ्घका सभापति गणेशचन्द्र तिमिल्सिनाले हस्ताक्षर गरेका छन्।

सहमतिसँगै समितिको परिसरमा हुँदै आएको धर्ना स्थगन भएको छ। कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सहसचिवको नेतृत्वमा बन्ने कार्यदलमा सञ्जालका प्रतिनिधि पनि रहनेछन्। सञ्चालले गत असार २४ मन्त्री भुसाललाई भटेरे ती विषयमा ध्यानाकर्षण गराएको थियो।

प्रकाशित: १६ श्रावण २०८० १०:३२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App