२४ असार २०८१ सोमबार
image/svg+xml

ठूला भ्रष्टाचारका सबै मुद्दाको छानबिन हुनुपर्छ :अध्यक्ष डा भट्टराई

नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले देशमा भएका भ्रष्टाचारका सबै ठूला मुद्दा उच्चस्तरीय आयोग बनाएर छानबिन गर्नुपर्ने बताएका छन्।

शरणार्थी प्रकरण: वित्तीय अपराधमा पनि अनुसन्धान

नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपितहरूमाथि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गरिरहेका छन्।

ललिता निवास र भुटानी शरणार्थी प्रकरणमा प्रमाणले दोषी देखाए कोही उम्किदैनन्: गृहमन्त्री

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले ‘अध्ययन/अनुसन्धान र तथ्य प्रमाणको आधारमा जहाँसम्म जानुपर्छ त्यहाँसम्म जानुस भनेर प्रहरीलाई ‘स्टाइनबाई’ निर्देशन दिएका बताएका छन्।

जिल्लाको आदेशविरुद्ध उच्चमा ‘भिआइपी

पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्व गृहमन्त्री बालकृष्ण खाणलगायत थुनामा रहेका १५ जना ‘साधारण तारेख’मा बसेर मुद्दाको पुर्पक्ष गर्न पाउनुपर्ने माग गर्दै उच्च अदालतमा गएका हुन् ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा ममाथि मिडिया ट्रायल गरियोः डा राणा

नेपाली कांग्रेस नेतृ तथा प्रतिनिधिसभा सदस्य डा आरजु राणा देउवाले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफूमाथि ‘मिडिया ट्रायल’ गरिएको गुनासो गरेकी छन्।

नक्कली भुटानी शरणार्थी प्रकरणमा थप एक जना पक्राउ

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले सानोभर्‍याङबाट थप एक जनालाई पक्राउ गरेको एसपी रविन्द्र रेग्मीले जानकारी दिए।

नक्कली भुटानी शरणार्थी प्रकरण: रायमाझी, खाणसहित १६ जना जेल चलान

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १८ जना आरोपितमध्ये नेकपा एमालेका सचिव एवं पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, कांग्रेस नेता एवं पूर्वगृहमन्त्री बालकृष्ण खाणसहित १६ जना पुर्पक्षका लागि जेल चलान भएका छन्।

खाँण र रायमाझीसहित १६ जनालाई केन्द्रिय कारागारमा राखिने

नक्कली भुटानी शरणार्थी प्रकरणमा जिल्ला अदालतले पूर्पक्षका लागि थुनामा राख्न आदेश दिएको १६ जनालाई केन्द्रिय कारागारमा राखिने भएको छ।

खाँण र रायमाझीसहित १६ जनालाई थुनामा पठाउन आदेश

जिल्ला अदालत, काठमाडौंले नक्कली शरणार्थी प्रकरणमा पूर्वमन्त्रीद्वय बालकृष्ण खाँण, टोपबहादुर रायमाझी र सचिव टेकनारायण पाण्डेसहित १६ जनालाई पूर्पक्षका लागि थुनामा राख्न आदेश गरेको छ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनछेक बहस सकियो, आजै आदेश आउने

बहस सकिएपछि आजै थुनछेक आदेश दिने तयारी जिल्ला अदालत काठमाडौंले गरेको छ। नक्कली भुटानी शरणार्थी प्रकरणमा गत जेठ २१ गतेबाट थुनछेक बहस जारी थियो।

शरणार्थी प्रकरण: सरकारी वकिलको जवाफी बहस हुँदै

नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाउने लोभ देखाएर करोडौं रकम असुल गरेको मुद्दामा आरोपीका तर्फबाट बहस सकिएसँगै आज सरकारी वकिलका तर्फबाट जवाफी बहस हुँदैछ।

नक्कली शरणार्थी प्रकरण: आज आदेश हुने

नक्कली भुटानी शरणार्थी प्रकरणमा शुक्रबार सरकारी वकिलले जवाफी बहससँगै थुनछेक आदेश हुने भएको छ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्नलाई कारबाहीको माग गर्दै प्रदर्शन (फोटोफिचर)

मानव अधिकार तथा शान्ति समाजले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न शीर्ष नेतासहित मुख्य दोषीहरूलाई कारबाही गर्न माग गर्दै प्रदर्शन गरेको छ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनछेक आदेश हुन सकेन

नक्कली भुटानी शरणार्थी प्रकरणअन्तर्गत जिल्ला अदालत काठमाडौंमा १० दिनदेखि चलिरहेको थुनछेक बहस निर्धारित समयमा नसकिएपछि इजलास आदेश दिन असफल भएको छ। प्रतिवादीतर्फका वकिलहरूको प्रतिरक्षा बहस लम्बिएकाले इजलासले बुधबार थुनछेक आदेश दिन नसकेको हो।

शरणार्थी प्रकरण: पूर्वगृहमन्त्री खाणका तर्फको बहस जारी

नक्कली भूटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाणका तर्फबाट बहस आज पनि जारी रहेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्