७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
राजनीति

ललिता निवास र भुटानी शरणार्थी प्रकरणमा प्रमाणले दोषी देखाए कोही उम्किदैनन्: गृहमन्त्री

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले ‘अध्ययन/अनुसन्धान र तथ्य प्रमाणको आधारमा जहाँसम्म जानुपर्छ त्यहाँसम्म जानुस भनेर प्रहरीलाई ‘स्टाइनबाई’ निर्देशन दिएका बताएका छन्।

तेह्र दिनपछि सुचारु संसद बैठकमा मंगलबार सुन, ललिता निवास र भुटानी शरणार्थी प्रकरणबारे सरकार माथि उठाइएका प्रश्नहरुको जवाफ दिंदै उनले उक्त कुरा बताएका हुन।

‘अध्ययन, अनुसन्धान र तथ्य प्रमाणले जहाँसम्म जानुपर्छ त्यहाँसम्म जाने। र, निरपेक्ष भएर दोषीलाई कारवाहीको प्रक्रियामा ल्याउने स्टाइनबाई निर्देशन दिएका छौं’, गहृमन्त्री श्रेष्ठले भने, ‘यसमा कुनै शंका नगरीयोस म विनम्र पूर्व अनुरोध गर्न चाहन्छु।’

उनले अध्ययन, अनुसन्धान, तथ्य र प्रमाणले दोषी देखाउँनेहरु कोही पनि उम्किन र छुटन नपाउने प्रतिवद्धता जनाए। ‘तथ्य प्रमाणले दोषी देखाउँछ भने कोहीपनि छुटने वाला छैनन। अनुसन्धान र तथ्ष्य प्रमाणले दोषी देखाउँछ भने कोहीपनि उम्किन पाउदैन। यो म गृह मन्त्रीको हैसियतले भन्दैछु’, उनले भने।

प्रकाशित: २३ श्रावण २०८० १२:४० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App