६ आश्विन २०८१ आइतबार
image/svg+xml

सुन्दर र स्वच्छ सहरको विकासबाटै व्यवस्थित सहरीकरण सम्भव हुन्छः प्रधानमन्त्री

उनले नेपालमा सहर योजनाबद्ध र व्यवस्थित बन्न नसक्दा विभिन्न खालका विपद्को सामना गर्नुपरेको उल्लेख गरे। प्रधानमन्त्री देउवाले बुटवल उपमहानगरपालिका–१० स्थित बुटवल मण्डपमा निर्माण भएको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको आज उद्घाटन गर्दै नेपालका अधिकांश सहर योजनाबद्धरुपले बन्न नसकेकाले अव्यवस्थित र पुराना सहरलाई पुनःनिर्माण गरी व्यवस्थित सहरको रूपमा रुपान्तरण गर्न जरुरी रहेको बताए।

लोकतान्त्रिक मूल्य, मान्यताका लागि योगदान गर्नेहरुको सम्मान हुनुपर्छः प्रधानमन्त्री

'राष्ट्रपुकार साप्ताहिकले पञ्चायतकालमा लोकतान्त्रिक गतिविधि, लोकतन्त्रवादीमाथि भएको अन्याय बाहिर ल्याएर प्रजातन्त्र पुनःस्थापनाका लागि सहयोग गरेको थियो, त्यो पत्रिकाको प्रकाशन र सम्पादनको काम दाहालले गर्नुभएको थियो, उहाँले त्यसबेला नडराइकन चलाएको कलमले प्रजातन्त्र पुनःस्थापनाका लागि भूमिका खेलेको छ, काठमाडौँ नगरपालिकाका तत्कालीन प्रमुख चित्रकारले हामीजस्ता युवालाई राजनीतिक संस्कार सिकाउनुभएको थियो, समाजमा लोकतान्त्रिक मूल्यमान्यताका बारेमा जागरण फैल्याउनुभएको थियो,'

हाम्रो शक्तिको स्रोत आमजनता हुन्, समूहका टाउका होइनन्ः ओली (१९ पृष्ठको राजनीतिक प्रतिवेदनसहित)

‘आज गठबन्धन दलहरु एक्लै लड्न डराइरहेका छन्। र, जसरी पाँच दलमाथि नयाँ दलहरु थपेर हामीलाई एक्ल्याउने कोशिस गरिरहेका छन् यसले उनीहरुको शक्ति, सामथ्र्य र मनोवललाई होइन, कमजोरी निरिहता र धरमराइरहेको आत्मविश्वासलाई प्रतिविम्बित गर्छ। हाम्रो शक्तिको स्रोत आमजनता हुन, समूहहरुका टाउकाहरु होइनन’,

प्रधानमन्त्री देउवा जङ्गी अड्डामा

रक्षा मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका प्रधानमन्त्री देउवा पूर्वनिर्धारित कार्यक्रममा सहभागी हुन जङ्गी अड्डा पुगेका हुन्।

प्रतिपक्षसँग सल्लाह नगरी काम गरेको भन्दै प्रधानमन्त्री देउवासँग एमाले अध्यक्ष ओलीको आपत्ति

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बुधबार प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर सरकारले प्रमुख प्रतिपक्ष दलसँग कुनैपनि सल्लाह नगरी एकलौटी ढंगले काम गरिरहेको भन्दै आपत्ति जनाएका छन्।

ओली र प्रधानमन्त्री देउवाबीच भेटवार्ता: के-के कुराकानी भयो?

अध्यक्ष ओलीसँगै एमालेका नेताहरू सुवास नेम्वाङ र विष्णु पौडेल पनि बालुवाटार पुगेका थिए। भेटवार्तामा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्की पनि सहभागी थिए।

देउवालाई भेट्न बालुवाटार पुगे ओली

प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटार पुगेका छन्।

गिरीको अन्तिम बिदाइ गर्न देउवा पनि आर्यघाटमा

प्रधानमन्त्री शेरबहादुर देउवा कांग्रेसका दिवंगत नेता प्रदीप गिरिलाई श्रद्धाञ्जली दिन पशुपति आर्यघाट पुगेका छन्।

प्रदीप गिरिलाई प्रधानमन्त्रीसहित नेताले दिए श्रद्धाञ्जली (तस्बिरसहित)

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेता प्रदीप गिरीको पार्थिव शरीरमा पार्टीको झण्डा र पुष्प अर्पण गर्दै श्रद्धाञ्जली दिएका छन्।

गिरिको निधनले नेपालले एक सच्चा र असल नेता गुमाएको छ: देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेस नेता प्रदीप गिरिको निधनले नेपालले एक सच्चा र असल नेता गुमाएको बताएका छन्।

पश्चिम सेती र सेती ६ को अध्ययन भारतीय कम्पनीले गर्ने

७५० मेगावाटको पश्चिम सेती र ४५० मेगावाटको सेती नदी ६ जलविद्युत् आयोजनाको विस्तृत परियोजना अध्ययन सर्वेक्षण अनुमतिपत्रको अध्ययन गर्न नेपालको लगानी बोर्ड र भारतीय कम्पनी एनएचपिसीबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ।

ठाकुरले देउवालाई सोधे: गठबन्धनमा ल्याउने कि नल्याउने?

‘प्रधानमन्त्रीज्यूले लोसपालाई ५ दलीय गठबन्धनमा ल्याउन चाहेको देखिन्छ तर यसमा अन्य दलहरू एक मत हुन्छन् भन्नेमा हामी संशकित छौं,’ ती नेताले भने, ‘५ दलीय गठन्धनमा हामीलाई नल्याउने हो भने हामी स्वाभाविक रूपमा एमालेसँग चुनावी तालमेल गर्छौं। अब हामी धेरै दिन पर्खन सक्दैनौं।’

पार्टीभित्रैबाट देउवाविरुद्ध खबरदारी

सभापति देउवाको कार्यशैलीविरुद्ध असन्तुष्ट शेखर कोइरालानिकट युवा तथा विद्यार्थीले बुधबार राजधानीमा खबरदारी सभा गरेका छन्।

गठबन्धनका उम्मेदवारलाई जिताउने गरी चुनावमा खटिन जनप्रतिनिधिलाई देउवाको निर्देशन

सोमबार पार्टीका तर्फबाट स्थानीय तहका जनप्रतिनिधिहरुको अभिमुखीकरण कार्यक्रममा बोल्दै देउवाले गठबन्धनकै कारण स्थानीय निर्वाचनमा काँग्रेसले राम्रो नतिजा आएको बताए। देउवाले आगामी निर्वाचनमा गठबन्धनका उम्मेदवारलाई जिताउने गरी चुनावी तयारीमा लाग्न निर्देशन दिए।

कांग्रेसकाे जनप्रतिनिधि अभिमुखीकरण आजदेखि सुरू

नेपाली कांग्रेसले पार्टीका तर्फबाट निर्वाचित जनप्रतिनिधिका लागि आजदेखि अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्ने भएकाे छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्