७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
राजनीति

प्रदीप गिरिलाई प्रधानमन्त्रीसहित नेताले दिए श्रद्धाञ्जली (तस्बिरसहित)

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेता प्रदीप गिरिको पार्थिव शरीरमा पार्टीको झण्डा र पुष्प अर्पण गर्दै श्रद्धाञ्जली दिएका छन्।  

आइतबार सानेपास्थित कांग्रेस केन्द्रीय कार्यालयमा उनले गिरिको पार्थिव शरीरमा पार्टीको झन्डा ओढाएर श्रद्धाञ्जली दिएका हुन्। 

कांग्रेस पार्टी कार्यालय सानेपामा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, महासचिव देव गुरुङ, काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता शेखर कोइराला, उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ, नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमलगायतका नेताहरु श्रद्धाञ्जली दिन पुगेका छन्।  

यसअघि श्रद्धाञ्जलीका लागि मेडिसिटी अस्पतालको शिवालयमा राखिएको गिरिको पार्थिव शरीरलाई अहिले कांग्रेस पार्टी कार्यालयमा राखिएको छ। त्यसपछि स्वर्गीय गिरिको अन्तिम संस्कार पशुपति आर्यघाटमा हुने काँग्रेसले जनाएको छ।

प्रकाशित: ५ भाद्र २०७९ ०७:३८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App