‘गिरि अनुसरणीय नेता’
नेपाली कांग्रेसका नेताहरूले पार्टी नेता प्रदीप गिरिलाई एक महान दार्शनिकर समाजवादी नेता भएको स्मरण गरेका छन्।
नेपाली कांग्रेसका नेताहरूले पार्टी नेता प्रदीप गिरिलाई एक महान दार्शनिकर समाजवादी नेता भएको स्मरण गरेका छन्।
‘राजनीतिमा घुमाइफिराइ कुरा नगर्ने, मन्त्री हुने मोह कहिल्यै नराख्ने, पार्टी ह्विपको चिन्ता नगरी आफ्नो अन्तरआत्माको आवाज बोल्ने को होला र आजको राजनीतिमा ?
अन्त्येष्टि अघि पशुपतिमा नै प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलगायतका उच्च पदस्थ व्यक्तिहरुले गिरिप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए।
प्रधानमन्त्री शेरबहादुर देउवा कांग्रेसका दिवंगत नेता प्रदीप गिरिलाई श्रद्धाञ्जली दिन पशुपति आर्यघाट पुगेका छन्।
एमाले अध्यक्ष केपी शर्मा ओली कांग्रेसका दिवंगत नेता प्रदीप गिरिलाई श्रद्धाञ्जली दिन पशुपति आर्यघाट पुगेका छन्। शनिबार राति निधन भएका गिरिको अहिले पशुपति आर्यघाटनमा अन्तिम दाहसंस्कारको काम भइरहेको छ।
प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेता प्रदीप गिरीको पार्थिव शरीरमा पार्टीको झण्डा र पुष्प अर्पण गर्दै श्रद्धाञ्जली दिएका छन्।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस नेता प्रदीप गिरिको निधनबाट मर्माहत भएको बताएका छन्।
राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली कांग्रेसका नेता प्रदीप गिरिको निधनबाट नेपालले एक सिद्धान्तनिष्ठ वौद्धिक व्यक्तित्व गुमाएको बताएकी छन्।
प्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेस नेता प्रदीप गिरिको निधनले नेपालले एक सच्चा र असल नेता गुमाएको बताएका छन्।
कांग्रेस संसदीय दलको कार्यालयका अनुसार आज पशुपति आर्यघाटमा अन्त्येष्टि गरिनेछ।