१३ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

गिरिको निधनले नेपालले एक सच्चा र असल नेता गुमाएको छ: देउवा

फाइल तस्बिर

प्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेस नेता प्रदीप गिरिको निधनले नेपालले एक सच्चा र असल नेता गुमाएको बताएका छन्।  

देउवाले ट्वीट गर्दै लेखेका छन्, ‘नेपाली कांग्रेसका नेता एवं नेपाली राजनीतिका वैचारिक र समाजवादी चिन्तक मेरा मित्र प्रदीप गिरिजीको निधनको खबरले निकै स्तव्ध भएको छु। उहाँको निधनले नेपालले एक सच्चा र असल नेता गुमाएको छ।’

उनले गिरिको आत्माको चिर शान्तिको कामना गर्दै परिवारजनमा समवेदना व्यक्त गरेका छन्।

गिरिको ७५ वर्षको उमेरमा शनिबार राति निधन भएको थियो। उनी लामोसमयदेखि घाँटीको क्यान्सरबाट पीडित थिए।

प्रकाशित: ५ भाद्र २०७९ ०१:४७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App