२४ आश्विन २०८१ बिहीबार
image/svg+xml

नेकपा र नेमकिपाका नेताबीच जुहारी

भक्तपुरमा प्रस्तावित अन्तर्राष्ट्रिय रंगशाला निर्माणबारे नेकपा र नेमकिपाका नेताबीच जुहारी चलेको छ।

अचेत अवस्थामा भेटिएका एकजनाको मृत्यु

भक्तपुरको मध्यपुर थिमि नगरपालिका १ कौशलटारस्थित भित्री सडक खण्डमा बुधबार अचेत अवस्थामा भेटिएका एक पुरुषको मृत्यु भएको छ।

प्रस्तावित रंगशालाविरुद्ध भक्तपुरमा विरोधसभा

भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं ८ सिपाडोल र ९ मा निर्माण गर्ने भनिएको प्रस्तावित रंगशालाविरुद्ध किसानले मंगलबार विरोधसभा गरेका छन्।

एघार महिनामा २६ बलात्कृत

भक्तपुरमा प्रत्येक महिना दुई बलात्कारका घटना हुने गरेको पाइएको छ। अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) जिल्ला शाखाले आयोजना गरेको नेपाल मनवअधिकार वर्ष पुस्तक २०१९ को वार्षिक पूर्व समीक्षा कार्यक्रममा यो तथ्य सार्वजनिक गरिएको हो।

'फोटो नेपाल' मा भक्तपुरका तस्बिर

नेपाल पर्यटन बोर्डले मासिक रुपमा आयोजना गरिरहेको ह्यास ट्याग फोटो नेपाल (#photoNepal) अन्तर्गत नोभेम्बर महिनामा हुने प्रदर्शनीमा नेपाली तथा चिनिँया फोटोग्राफरहरुले खिचेका नेपालका तस्बिरहरुको प्रदर्शनी शुरु भएको छ।

हृदयाघातको बिरामीलाई ग्यास्ट्रिकको औषधि

दशैँको महाअष्टमीका दिन चाँगुनारायण नगरपालिका वागिश्वरीका ४४ वर्षीय रामकृष्ण गिरी देब्रे छाती दुखेपछि उपचारका लागि भक्तपुर अस्पताल आइपुगे। बिदाको दिनमा ओपिडी सेवा बन्द हुने भएपछि आकस्मिक कक्षमा रहेका चिकित्सकलाई स्वास्थ्य परीक्षण गराए। स्वास्थ्य परीक्षणमा संलग्न चिकित्सकले देब्रे छाती दुखेको ग्यास्ट्रिकका कारणले भन्दै ग्यास्ट्रिकको औषधि दिएर पठाइदिए।

भक्तपुरको फरक दसैं

दसैंभरि मनाउने दसैंमध्ये फरक हुन्छ, भक्तपुरको दसैं । यहाँं दसैंको क्रममा नवरात मेला, खम्ये जात्रा (राँगो दौडाउने जात्रा), कुछी भ्वय (दुई माना चिउरा नापेर खानुपर्ने विशेष भोज), पायोन्हायाकेगू (भागी विवाह) लगायतका विशेष आकर्षणहरू रहने गर्छन् ।

भक्तपुरमा नवरात्री मेला

घटस्थापनाको दिन बुधबारदेखि भक्तपुरमा नवरात्री मेला सुरु हुँदैछ । दसैंका नौ रात यहाँका नौ शक्तिपीठमा मेला लाग्ने गर्दछ । राती मेला लाग्ने भएकाले यस मेलालाई नौ राते मेला भनिन्छ।

भक्तपुरका बालुवा खानी ब्युँताउने तयारीे

चार वर्षपहिलेदेखि उत्खनन रोकिएका भक्तपुरका बालुवा तथा माटो खानी पुनः सञ्चालनमा ल्याउने तयारी थालिएको छ।

इन्द्रजात्राको लिंगो भित्र्याइयो

इन्द्रजात्राको लागि भक्तपुर नालास्थित जंगलबाट लिंगो काटेर ल्याइएको छ । लिंगो काट्नका लागि गत मंगलबार मानन्धर टोली भक्तपुरतर्फ पस्थान गरेको थियो ।

देवी नाचमा ‘देवीहरू’

भक्तपुरमा परम्परागत देवी नाच देखाउन थालिएको मल्लकालदेखि नै हो। महाकाली, महालक्ष्मीलगायत विभिन्न देवीका मुखुण्डोमा सजिएर नाचिने यस्ता नाचमा सधैंजसो पुरुष कलाकार रहन्छन् ।

मिस वल्र्डमा भक्तपुरको गाईजात्रा

भक्तपुरको गाईजात्रामा रमाएकी मिस नेपाल वल्र्ड २०१८ की सुन्दरी श्रृंखला खतिवडाले चीनको सान्यामा हुने मिस वल्र्ड प्रतियोगितामा भक्तपुरको गाईजात्राको क्लिप पनि लाने भएकी छिन्।

ट्वाक्क–टुक्क भक्तपुर

ट्वाक्क टुक्क । ट्वाक्क टुक्क । ट्वाक्क टुक्क। लौरो जुधाएर नाचिने धिन्ताङघिसी नाचले यतिबेला भक्तपुरका गल्लीहरू ट्वाक्क टुक्कको धुनमा गुन्जायमान छन् ।

नीलबाराही नाच सुरु

थिमि बोडेको नीलबाराही नाच मंगलबार रातिदेखि सुरु भएको छ । मुख्य देवता नीलबाराही हुने नाच पाँच दिनसम्म चल्नेछ । स्थानीय प्रेमचन्द्र अदुवा श्रेष्ठका अनुसार नाच हरेक वर्ष गाईजात्राको भोलिपल्टको मध्यरात्रीबाट सुरु हुने परम्परा रहेको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्