७ वैशाख २०८१ शुक्रबार
समाज

भक्तपुरमा नवरात्री मेला

भक्तपुर – घटस्थापनाको दिन बुधबारदेखि भक्तपुरमा नवरात्री मेला सुरु हुँदैछ । दसैंका नौ रात यहाँका नौ शक्तिपीठमा मेला लाग्ने गर्दछ । राती मेला लाग्ने भएकाले यस मेलालाई नौ राते मेला भनिन्छ । मेला भर्ना सयौंका संख्यामा जात्रालुहरु बाजागाजासहित सहभागी हुन्छन्।

दिन भक्तपुरको ब्रम्हायणीमा मेला लाग्छ भने समापनको मेला पनि यहीँ लाग्छ । दोस्रो दिन महेश्वरी, तेस्रो दिन कुमारी, चौथो दिन भद्रकाली, पाँचौं दिन वाराहीमा मेला लाग्ने गर्छ । त्यस्तै, छैटौं दिन इन्द्रयणी, सातौं दिन महाकाली, आठौं दिन महालक्ष्मी, नवौं दिन त्रिपुरासुन्दरी र विजया दशमीको दिन ब्रम्हायणीमै मेला लाग्छ।

मेलाको सुरु र समापनका दिन ब्रम्हायणीमा काठमाडौं, ललितपुर र भक्तपुरबाट दसौं हजार जात्रालु ब्रम्हायणीमा जाने गर्दछन् । यी दश दिन बिहान र बेलुका भक्तपुर दरबार स्क्वायरस्थित तलेजु मन्दिरमा विशेष मेला लाग्छ । मेलामा बालकालिकादेखि वृद्धवृद्धासम्म सहभागी हुन्छन्।

यसबाहेक भक्तपुरको दसैंका विभिन्न विशेष आकर्षण छन् । खम्ये जात्रा (राँगो दौडाउने जात्रा), कुछी भ्वय (दुई माना चिउरा नापेर खानुपर्ने विशेष भोज), पायोन्हायाकेगू (भागी विवाह) लगायतका जात्रा भक्तपुरको विशेष आकर्षण हुन् । यीबाहेक पनि दसैंको दस दिन भक्तपुरका विभिन्न ठाउँमा मेला लाग्छ।

यी मध्ये पनि भक्तपुरको दसैंको एउटा विशेष आकर्षण हो, राँगो दौडाउने अर्थात खम्य जात्रा । दसैंको महानवमीका साँझ भक्तपुरको नवदुर्गा मन्दिरमा पालेर राखेको खम्ये (राँगा) लाई दौडाएर जात्रा हुन्छ । नवदुर्गाबाट राँगालाई रक्सीले मत्याएर नगरभरि दौडाउने चलन छ । राँगालाई ब्रम्हायणीमा पुर्याइन्छ।

विजयादशमीको दिन तलेजुमा खड्ग पूजा गरिन्छ । यो दिन प्रेम सम्बन्धमा रहेका जोडीले भागेर विवाह गर्ने गरिन्छ । त्यस्तो विवाहलाई यो दिन कानुनी मान्यता दिइन्छ । यो दिन साइत नजुरेका जोडीहरुको पनि विवाह गर्ने चलन छ।

प्रकाशित: २४ आश्विन २०७५ ०२:०२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App