९ आश्विन २०८१ बुधबार
image/svg+xml

राष्ट्रिय भलिबल प्रतियोगिता शुरु

लहान नगरपालिका वडा नं ११ पडरिया थारु टोलस्थित सिर्जना सामुदायिक पुस्तकालयद्वारा सञ्चालित तेस्रो राष्ट्रिय भलिबल प्रतियोगिता शुक्रबारदेखि सुरु भएको छ।

सगरमाथाको फेदीमा सर्वाधिक राशिको भलिबल प्रतियोगिता, विजेतालाई ५ लाख

हिमाली जिल्ला सोलुखुम्बुमा पर्ने सगरमाथाको फेदीमा सर्वाधिक राशिको भलिबल प्रतियोगिताको आयोजना गरिएको छ।

महिला भलिबल आइतबारबाट

सशस्त्र प्रहरीको एपिएफ क्लबले पाँचौं राष्ट्रिय खुला महिला भलिबल, चौधौं राष्ट्रव्यापी कृष्णमोहन स्मृति खुला ब्याडमिन्टन र दशौं सहवीर स्मृति खुला लन टेनिस प्रतियोगिता गर्ने भएको छ।

महिलामा एपिएफ र पुरुषमा आर्मी च्यम्पियन

लगातारका दुई सेट गुमाए पनि उत्कृष्ट पुनरागमन गरेको सशस्त्र प्रहरी बलको एपिएफ क्लबले शनिबार शिवम् न्यु डायमन्डलाई ३–२ ले हराउँदै चौथो एनएसटी– एनभिए राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिताको उपाधि जितेको छ।

यूरोपस्तरीय भलिबलको उपाधि मोना पोर्चुगललाई

पोर्चुगलमा आयोजित यूरोप अन्तरदेशीय लखन स्मृति भलिबल प्रतियोगिताको उपाधि म्याग्दी प्रवासी नेपाली संघ मोना (पोर्चुगल) ले जितेको छ।

यसरी सुधारौं नेपालको भलिबललाई

३४ वर्षपछि मैत्रीपूर्ण खेल खेल्न हङकङ पुगेको नेपाली राष्ट्रिय भलिबल टोलीको प्रर्दशनले निकै चर्चा पायो। चाँहे त्यो हङकङलाई पराजय गर्दाको होस् वा मकाउसँगको खेलमा नेपाल एकोहोरो हाबी भएको प्रसंग। यी सबै कारण नेपाली भलिबल टोलीको स्वदेश तथा विदेशमा निकै प्रशंसा भइरहेको छ।

प्रधान सेनापति भलिबलमा आर्मी च्याम्पियन

साबिक विजेता आयोजक त्रिभुवन आर्मी क्लबले शनिबार प्रधान सेनापति तेस्रो राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको उपाधि जितेको छ । लगनखेलस्थित सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रमा भएको फाइनल भिडन्तमा पश्चिमाञ्चल विकास क्षेत्रलाई ३–१ सेटले पराजित गर्दै आर्मीले उपाधि जितेको हो।

भलिबलले जोडेको मन

सामान्यतया खेलाडीलाई होम ग्राउन्डको फाइदा रहन्छ ।  समर्थनमा सुनिने हुटिङले खेलाडीको उत्साह बढाउँछ । भक्तपुरमा फागुन ३ देखि ८ गतेसम्म आयोजित अन्तर्नगर मेयर कप भलिबलमा भने त्यस्तो देखिएन । यहाँ स्थानीय टिमको पक्षमा भन्दा पनि राम्रो खेल्नेको पक्षमा समर्थन गर्ने बढी भेटिए।

भलिबल एकेडेमी शिलान्यास

खजुरा गाउँपालिकाको २ नम्बर वडामा नेपालकै पहिलो भलिबल एकेडेमी निर्माण हुने भएको छ । राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशवकुमार विष्ट र क्षेत्रीय खेलकुद विकास समिति अध्यक्ष भीम ओलीले भलिबल एकेडेमीको शिलान्यास गरेका हुन्।

सूर्यविनायकलाई मेयर कप भलिबल उपाधि

कैलालीको गोदावरी नगरपालिकामाथि मंगलबार फाइनलमा ३–१ को सेटमा जित हासिल गर्दै भक्तपुरको सूर्यविनायक नगरपालिकाले मेयर कप अन्तरनगर भबिलबल प्रतियोगिताको उपाधि जितेको छ। भक्तपुरको सहिद स्मृति खेलमैदानमा सम्पन्न फाइनलमा सूर्यविनायकले पहिलो सेट गुमाउनाका बावजुद त्यसपछि पुनरागमन जनाउँदै २५–२६, २५–२३, २५– २३, २५–१४ को विजयी नतिजा निकालेको थियो । सूर्यविनायकका चित्रबहादुर केसी प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भए।

अन्तर नगर पुरुष भलिबल : ललितपुरलाई हराउँदै गोदावरी फाइनलमा

भक्तपुरमा जारी अन्तर नगर पुरुष भलिबलमा कैलालीको गोदावरी नगरपालिका टिम फाइनल प्रवेश गरेको छ। शहीद स्मृति मैदानमा सोमबार सम्पन्न खेलमा ललितपुर महानगरपालिकालाई ३–२ को सेटले हराउँदै गोदावरीले फाइनल यात्रा तय गरेको हो।

पथलैयालाई भलिबल उपाधि

महाशिवरात्रि पर्वको अवसरमा सर्लाहीको हरिपुरमा सम्पन्न प्रदेश नं. २ स्तरीय रामलखन चौधरी स्मृति नकआउट भलिबल प्रतियोगिताको उपाधि बाराको पथलैया युवा टोलीले चुमेको छ । उपाधिसँगै टोलीले २५ हजार नगद प्राप्त गरेको छ।

आइतबारदेखि प्रधान सेनापति भलिबल

त्रिभुवन आर्मी क्लबको आयोजनामा आइतबारबाट प्रधान सेनापति राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता हुने भएको छ।

शोकमा भलिबल खेल्दै प्रतिभा

महिला भलिबलको लोकप्रिय टोली शिवम् न्यु डायमण्डबाट खेलिरहेका दुइ स्टार खेलाडी हुन प्रतिभा माली र मञ्जु गुरुङ । मञ्जु डायमण्डबाट खेलिरहेका कारण अहिले भलिबलको चर्चामा छिन । प्रतिभा सोकमा भलिबल खेलिरहेकी छिन।

भलिबलसँग मिस नेपालको प्रणय दिवस

प्रणय दिवसमा नेपालगन्ज आइपुगेकी मिस नेपाल निकिता चाण्डकले भलिबलसँग प्रेम गरेर दिवस मनाउने बताएकी छिन् । मिस नेपाल निकिता प्रधानमन्त्री कपको सद्भभावना दूत हुन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्