९ आश्विन २०८१ बुधबार
image/svg+xml
खेल

आइतबारदेखि प्रधान सेनापति भलिबल

काठमाडौं – त्रिभुवन आर्मी क्लबको आयोजनामा आइतबारबाट प्रधान सेनापति राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता हुने भएको छ।

फागुन १२ गतेसम्म लगनखेलस्थित सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रमा हुने प्रतियोगितामा तीन विभागीय टोली र पाँच विकास क्षेत्रका ५ गरी कुल ८ टोली सहभागी हुने आयोजकले जनाएको छ ।
लिग कम नकआउटका आधारमा हुने प्रतियोगितामा सहभागी ८ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । जहाँ प्रत्येक समूहका शीर्ष दुई टोली क्वार्टरफाइनल प्रवेश गर्नेछन् ।

समूह ‘ए’ मा त्रिभुवन आर्मी क्लब, मध्यपश्चिमाञ्चल, सुदूरपश्चिमाञ्चल र एपिएफ तथा समूह ‘बी’ मा नेपाल पुलिस, मध्यमाञ्चल, पूर्वाञ्चल र पश्चिमाञ्चल छन् ।प्रतिगोगिताको विजेताले ३ लाख, उपविजेताले १ लाख ५० हजार र तेस्रो स्थानको टोलीले ७५ हजार हात पार्नेछन् ।त्यस्तै उत्कृष्ट स्पाइकर, ब्लकर, डिफेन्डर, लिफ्टर र प्रशिक्षकले जनही १०÷१० हजार प्राप्त गर्नेछन् ।
 

 

प्रकाशित: ४ फाल्गुन २०७४ ०३:२५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App