१० आश्विन २०८१ बिहीबार
image/svg+xml

एपिएफलाई महिला भलिबलको उपाधि

चितवनको पटिहानीमा सम्पन्न प्रथम मेयर कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला भलिबलको उपाधि एपिएफले जितेको छ । फाइनलमा काठमाडौंको शिवम् न्यु डायमन्ड एकेडेमीलाई ३–० को सोझो सेटमा हराउँदै एपिएफले उपाधि चुमेको हो।

चितवनमा अन्तर्राष्ट्रिय भलिबल हुने

चितवनको पटिहानीमा शनिबारबाट प्रथम मेयर कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला भलिबल प्रतियोगिता हुने भएको छ ।

महिला भलिबलमा एपिएप र न्यु डायमन्डबीच फाइनल

शिवम् न्यु डायमन्ड कप राष्ट्रिय खुला महिला भलिबलको उपाधिका लागि आयोजक शिवम् न्यु डायमन्ड र सशस्त्र प्रहरीको एपिएफ क्लबले प्रतिस्पर्धा गर्ने भएका छन् ।

गतिशिल बन्दै भलिबल

ठूला प्रतियोगिताअघि बढीमा २ महिना प्रशिक्षण गरेर अन्तर्राष्ट्रिय मन्चमा उत्रनु नेपाली भलिबल खेलाडीको नियति हो । तर, आधिकारिक प्रतियोगिता नभएको अवस्थामा पनि राष्ट्रिय टोली मैत्रीपूर्ण खेलमा व्यस्त हुनु आफैमा सुखद पक्ष हो, यसैको बहानामा खेलाडीले नियमित प्रशिक्षण पाएको सन्दर्भमा ।

रामेछाप सिभिल च्याम्पीयनसीप भलिबल सुरु

स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद भन्ने मुल नाराका साथ रामेछाप सिभिल च्याम्पीयनसीप (तेश्रो पुरुष भलिबल प्रतियोगिता) बुधबारबाट सदरमुकाम मन्थलीमा सुरु भएको छ।

भलिबलमा नेपालद्वारा हङकङ पराजित

नेपाली राष्ट्रिय भलिबल टोलीले आइतबार मैत्रीपूर्ण खेलमा हङकङलाई ३–२ को सेटमा पराजित गरेको छ। हङकङको यान चाउ कोक स्पोर्टस् सेन्टरमा नेपालले हङकङलाई २३–२५, २८–२६, २५–२१, २१–२५ र १७–१५ अंकले हराएको हो।

‘उदयपुर स्पोर्टस् भलिबल’ उपाधि आयोजकको पोल्टामा

उदयपुरमा सम्पन्न ‘प्रथम उदयपुर स्पोर्टस कप गाउँ÷नगरपालिकास्तरीय पुरुष भलिवल प्रतियोगिता ०७४’ को उपाधि आयोजक समूहको पोल्टामा परेको छ। शनिबार सम्पन्न फाईनल खेलमा प्रतिस्पर्धी बेलका नगरपालिकालाई बेस्ट फाईभमा ३ सेटले पराजित गर्दै आयोजक उदयपुर स्पोर्टस् क्लब गाईघाटले उपाधि चुमेको हो।

भलिबलका उत्कृष्ट खेलाडी र प्रशिक्षक सम्मानित

अखिल नेपाल भलिबल संघले २०७३ सालमा भलिबल खेलमा योगदान पुर्‍याएका खेलाडी, प्रशिक्षक, प्रतियोगिता आयोजक र जिल्ला संघलाई आज सम्मान गरेको छ।

राष्ट्रिय महिला तथा पुरुष भलिबल फागुनमा

नेपाल भलिबल संघको आयोजनामा चौथो राष्ट्रिय महिला तथा पुरुष क्लब च्याम्पियनसिप भलिबल प्रतियोगिता आगामी फागुनमा हुने भएको छ। शुक्रबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा उक्त च्याम्पियनसिप आगामी फागुन १३ गतेदेखि १९ गतेसम्म सञ्चालन गरिने संघका अध्यक्ष मनोरञ्जन रमण शर्माले जानकारी दिए।

भलिबलमा विभागीय टिमको वर्चस्व

राष्ट्रिय खेलकुद परिषद् च्याम्पियनसिपअन्तर्गत मंगलबारदेखि यहाँ सुरु भएको पुरुषतर्फको प्रतियोगितामा मंगलबार तीनवटा विभागीय टिमले विजय हात पारेका छन् । विभागीय टोली आर्मी, सशस्त्र प्रहरीको एपिएफ, पश्चिमाञ्चल र पुलिसले जित हात पारेका हुन् ।

राष्ट्रिय भलिबल प्रतियोगिता सुरू

पोखरा रंगशालामा राष्ट्रिय भलिबल प्रतियोगिता सुरू भएकाे छ । मंगलबारदेखि २१ औं महिला र ३१ औं पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ । राष्ट्रिय खेलकुद परिषद्को संयोजन एवं नेपाल भलिबल संघको आयोजनामा महिला र पुरुषतर्फ पूर्वाञ्चल, मध्यमाञ्चल, पश्चिमाञ्चल, मध्य–पश्चिमाञ्चल, सुदूरपश्चिमाञ्चल, नेपाल पुलिस क्लब, सशस्त्र प्रहरीको एपीएफ र नेपाली सेनाको त्रिभुवन आर्मी क्लबका टाेली सहभागि भएका छन् ।

पोखरामा राष्ट्रिय भलिबल

राखेप च्याम्पियनसिपअन्तर्गत यहाँस्थित रंगशालामा राष्ट्रियस्तरको महिला तथा पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । मंगलबारदेखि सुरु हुने प्रतियोगिता आगामी शनिबारसम्म पोखरा रंगशालामा सञ्चालन हुनेछ ।

जाजरकोट महोत्सवमा एक लाख राशिको भलिबल प्रतियोगिता

पुस १२ गतेदेखि एक हप्तासम्म चल्ने जाजरकोट महोत्सव तथा रमाइलो मेलाको अवसरमा आकर्षक पुरस्कार राशिको भलिवल प्रतियोगिता हुने भएको छ। जिल्ला खेलकुद विकास समिति जाजरकोटले जाजरकोट महोत्सवका अवसरमा एक लाख पुरस्कार राशि राखेर प्रतियोगिताको आयोजना गर्न लागेको समितिका सदस्य सचिव जयराज आचार्यले बताए।

युवा भलिबल प्रतियोगिता हुने

नेपाल विद्यालय भलिबल कमिसनले आइतबारबाट १८ वर्ष मुनिको भलिबल प्रतियोगिता गर्ने भएको छ ।  महिला तथा पुरुष दुवै तर्फ प्रतिस्पर्धा गराइने प्रतियोगिता कात्तिक १९ सम्म नयाँ बसपार्क स्थित ढोरपाटन भलिबल प्रशिक्षण केन्द्रको कोर्टमा हुने शुक्रबार पत्रकार सम्मेलनमा जानकारी गराइयो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्