१० आश्विन २०८१ बिहीबार
image/svg+xml

बंगलादेशी भलिबल टोली काठमाडौंमा

नेपालसँग मैत्रीपूर्ण खेल खेल्न बंगलादेशको राष्ट्रिय पुरुष टोली आइतबार काठमाडौं आइपुगेको छ। नेपाल र बंगलादेशले लगनखेलस्थित आर्मीको कभर्ड हलमा भदौ १३ र १४ गते गरी दुई मैत्रीपूर्ण खेल खेल्नेछन्। मैत्रीपूर्ण खेलका लागि २१ सदस्यीय बंगाली टोली आइतबार काठमाडौं आइपुगेको हो।

भदौमा तीन मैत्रीपूर्ण भलिबल

नेपाली राष्ट्रिय टोली पुरुष टोलीले भदौभित्र तीन अन्तराष्ट्रिय मैत्रीपूर्ण खेल खेल्ने तयारी गरिरहेको छ। नेपालले घरेलु मैदानमा डेनमार्कको हाभिडोर्भे भलिबल क्लबसँग भदौ १० गते खेल्नेछ। यसै गरी बंगलादेशसँग नेपालले घरेलु मैदानमै भदौ १३ र १४ गते दुई मैत्रीपूर्ण खेल खेल्ने तयारी भइरहेको नेपाल भलिबल संघका महासचिव जितेन्द्रबहादुर चन्दले बताए।

भलिबलमा चार नयाँ प्रतियोगिता

चार नयाँ प्रतियोगिता थप्दै नेपाल भलिबल संघले वार्षिक कार्यक्रम घोषणा गरेको छ। संघले नयाँ प्रतियोगिताको रूपमा अन्तरकलेज, राष्ट्रिय मेयर कप, सांसद महिला पुरुष भलिबल र यु–१८ पुरुष महिला भलिबल प्रतियोगिता गर्ने बताएको छ। गत वर्षका अन्य कार्यक्रमलाई भने निरन्तरता दिएको नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जनरमण शर्माले बताए।

भलिबललाई केएनपी जापानको सहयोग

राष्ट्रिय महिला भलिबल प्रतियोगितालाई केएनपी जापान प्रालिले मुख्य प्रायोजन गर्ने भएको छ। जेठ २३ देखि हुने महिला भलिबल प्रतियोगितालाई पहिलो पटक केएनपी जापानले प्रायोजन गर्न लागेको हो।

गति लियो भलिबल ट्रेनिङ सेन्टरले

रंगशालामा एक वर्ष पहिलेदेखि निर्माण हुन लागेको क्षेत्रीय स्तरको भलिबल प्रशिक्षण सेन्टरले गति लिन थालेको छ। आवश्यक रकम अपुग भएपछि केही समय रोकिएको सेन्टर निर्माण कार्य अहिले धमाधम सुरु गरिएको छ।

भलिबल टोली डेनमार्क जाने

नेपाल र डेनमार्कबीच दौत्य सम्बन्ध ५० वर्ष पुगेको अवसरमा दुई मैत्रीपूर्ण भलिबल खेल हुने भएका छन् । नेपालको राष्ट्रिय पुरुष टोलीले डेनमार्कको हाभिडोर्भे क्लबसँग आइतबार पहिलो खेल खेल्नेछ ।

कांग्रेसलाई भलिबल 'सुन्दरी'को साथ

स्थानीय तह निर्वाचनमा पोखरा–लेखनाथ महानगरपालिकाका कांग्रेस उम्मेदवार रामजी कुँवर (मेयर) र सरस्वती गुरुङ (उपमेयर)को प्रचारप्रसारमा दुई भलिबल 'सुन्दरी'ले साथ दिएका छन्।

भलिबल लिगलाई वाणिज्य बैंकको साथ

तेस्रो राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबललाई राष्ट्रिय वाणिज्य बंैकले मुख्य प्रायोजन गर्ने भएको छ।

भलिबल टोलीको स्वागत

युवा तथा खेलकुदमन्त्री दलजित श्रीपालीले नेपाली भलिबल विगतभन्दा नयाँ सोचका साथ अगाडि बढ्ने विश्वास व्यक्त गरेका छन्।

भलिबलमा अन्तर्राष्ट्रिय पदक पक्का

नेपालले अन्तराष्ट्रिय प्रतियोगिता खेलेको ४१ वर्ष पछि भलिबलमा आधिकारिक पदक जित्ने पक्का भएको छ। आयोजक माल्दिभ्स लगातार तेस्रो खेलमा पराजित भएपछि नेपालले एसियन सेन्ट्रल जोन भलिबलमा कास्य जित्ने पक्का भएको हो।

सगरमाथा फेदीमा सर्वाधिक राशीको भलिबल प्रतियोगिता

सर्वोच्च शिखर सगरमाथाको फेदी सोलुखुम्बुको नाम्चेबजारमा सर्वाधिक राशीको भलिबल प्रतियोगिता हुने भएको छ।

भलिबलमा चार खेलाडी डेब्यु गर्दै

नेपालले माल्दिभ्समा जारी तेस्रो एभिसी सेन्ट्रल जोन सिनियर पुरुष भलिबलमा बिहीबार तुर्कमेनिस्तानको सामना गर्नेछ। बलियो प्रतिद्वन्द्वीसँग खेल्दै प्रतियोगिता सुरु गर्ने तयारीमा रहेको नेपाली टोलीबाट चार नयाँ खेलाडीले 'डेब्यु' गर्ने सम्भावना छ।

भलिबल टोलीको बिदाइ

युवा तथा खेलकुदमन्त्री दलजित श्रीपालीले खेल र खेलाडीलाई व्यापारको रूपमा हेर्न नहुने बताएका छन्। आइतबार राष्ट्रिय पुरुष भलिबल टोलीको बिदाइमा मन्त्री श्रीपालीले खेलकुद क्षेत्रको नेतृत्व गरेको व्यक्तिले इमानदारिता देखाए नेपाली खेलकुदले सफलता हासिल गर्न सक्ने बताए।

भलिबलमा अन्तर्राष्ट्रिय पदक लक्ष्य

कप्तान इम रानाले भलिबल खेल्न सुरु गरेको एक दशक भयो । इमले राष्ट्रिय टोली र नेपाल पुलिस क्लबजस्ता सफल टोलीको कप्तानको रूपमा जिम्मेवारी निर्वाह गरिरहेका छन्। इमको कप्तानीमा पुलिसले घरेलु प्रतियोगितामा सफल टोलीको छविलाई निरन्तरता दिइरहेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्