९ आश्विन २०८१ बुधबार
image/svg+xml

पहिचानका लागि खेलकुदको भूमिका महत्वपूर्ण : अध्यक्ष दाहाल

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वास्थ्य, अनुशासन र राष्ट्रको पहिचानका लागि खेलकुदको भूमिका महत्वपूर्ण रहेको बताएका छन्।

पाथीभरा राष्ट्रिय पुरुष भलिबल वैशाख तेस्रो साता

तेस्रो संस्करणको पाथीभरा राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता वैशाख तेस्रो सातादेखि ताप्लेजुङमा हुने भएको छ।

जर्सी फेरियो लक्ष्य फेरिएन

खजुराको निर्माणाधीन भलिबल कोर्ट। जहाँ आठौं राष्ट्रिय महिला भलिबलमा प्रतिस्पर्धा गर्न त्रिभुवन आर्मी र प्रदेश नम्बर ३ का खेलाडी तयारी गर्दै थिए। खेल्नुअघि कोर्टबाहिर केहीबेर अभ्यास चल्यो। अभ्यासका बेला एउटा खेलाडी दर्शकका आँखामा छाइरहेकी थिइन्। दर्शकको ध्यान तानेको थियो उनको केटाकै जस्तो छोटो कपालले। अन्य खेलाडीलाई स्पाइक गर्न हौसला दिइरहने उनी हुन्, कृपा अधिकारी।

भलिबलमा आर्मीका दुवै टोली विजयी

त्रिभुवन आर्मी क्लबले आठौं राष्ट्रिय खेलकुदअन्तर्गत भलिबल प्रतियोगिताको पुरुष र महिला दुवैमा बुधबार जित हात पारेको छ। खजुरास्थित भलिबल एकेडेमीमा भएको पहिलो दिनको खेलमा आर्मीको पुरुष टोलीले प्रदेश–२ लाई र महिला टोलीले कर्णाली प्रदेशलाई हराउँदै विजयी सुरुआत गरेका हुन्।

कालिका कप भलिबलमा चार खेल

चैत्राष्टमी मेलाको अवसरमा आयोजना गरिएको कालिका कप भलिबल प्रतियोगितामा बिहीबार चार खेल सम्पन्न भएका छन्।

मुक्तिनाथद्वारा पहिलो पुरस्कार प्रायोजन

मुक्तिनाथ विकास बैंकले शेरबहादुर प्रतिष्ठानको आयोजनामा हुने पाँचौं केएनपी राष्ट्रिय महिला भलिबल प्रतियोगिताको प्रथम पुरस्कारको प्रायोजन गर्ने भएको छ।

एपिएफद्वारा उपाधि रक्षा

न्यु डायमन्ड एकेडेमीलाई सोझो सेटमा पराजित गर्दै आयोजक एपिएफले छैटौं राष्ट्रिय खुला महिला भलिबल प्रतियोगिताको उपाधि हात पारेको छ।

न्यु डाइमन्ड र एपिएफबीच उपाधि भिडन्त

चिर परिचित प्रतिद्वन्द्वी न्यु डायमन्ड र आयोजक सशस्त्र प्रहरी बलको एपिएफ क्लब सशस्त्र प्रहरी महानिरीक्षक छैटौं राष्ट्रिय भलिबल प्रतियोगिताको फाइनलमा शुक्रबार भिड्ने भएका छन्।

सशस्त्र प्रहरी महानिरीक्षक महिला भलिबल : सेमिफाइनल समीकरण पूरा

सशस्त्र प्रहरी महानिरीक्षक छैटौं राष्ट्रिय खुला महिला भलिबल प्रतियोगिताको फाइनल यात्राका लागि बिहीबार विभागीय टोली एपिएफ र नेपाल पुलिस तथा न्यु डायमन्ड र त्रिभुवन आर्मी क्लब भिड्ने भएका छन्।

सोफियाकाे उत्कृष्ट प्रदर्शनमा आर्मीको जित

सोफिया पुनको उत्कृष्ट प्रदर्शनप्रेरित विभागीय टोली त्रिभुवन आर्मीले सशस्त्र प्रहरी महानिरीक्षक छैटौं राष्ट्रिय खुला महिला भलिबल प्रतियोगितामा पहिलो जित निकालेको छ।

अन्तर्राष्ट्रिय आमन्त्रण भलिबल हुने

अन्तर्राष्ट्रिय आमन्त्रण मेयर कप पुरुष भलिबल प्रतियोगिता हुने भएको छ। पञ्चरत्न युवा क्लबले फागुन २४ देखि २८ गतेसम्म भलिबल प्रतियोगिता सञ्चालन गर्न लागेको हो।

पूजाको उत्कृष्ट प्रदर्शनमा एपिएफ विजयी

युवा स्पाइकर पूजा चौधरीको उत्कृष्ट प्रदर्शनप्रेरित आयोजक एपिएफ क्लबले सशस्त्र प्रहरी महानिरीक्षक छैटौं राष्ट्रिय खुला महिला भलिबल प्रतियोगितामा विजयी सुरुआत गरेको छ।

भलिबल रेफ्रीको पारिश्रमिकमा घोटाला

कर्णालीमा जारी प्रदेशस्तरीय भलिबल प्रतियोगितामा रेफ्रीको पारिश्रमिकमा घोटाला भएको तथ्य बाहिर आएको छ। आठाैं राष्ट्रिय खेलकुदका लागि प्रदेशस्तरीय छनोट खेलअन्तर्गत कर्णालीको जाजरकोटमा महिला तथा सल्यानमा पुरुष भलिबल प्रतियोगिता आयोजना भएका थिए।

महिला भलिबललाई केएनपीको साथ

शेरबहादुर खड्का स्मृति प्रतिष्ठानको आयोजनामा सञ्चालन हुने राष्ट्रिय महिला भलिबल प्रतियोगिताले मुख्य प्रायोजकका रूपमा केएनपी जापानको साथ पाएको छ। बानेश्वरमा आइतबार केएनपी जापानका नेपाल प्रमुख मनोजकुमार मिश्र र प्रतिष्ठानकी संरक्षक आमा गमली खड्काबीच सम्झौतापत्र आदानप्रदान भएको छ ।

एपिएफलाई वर्षको आठौं उपाधि

विभागीय टोली एपिएफले बुधबार पर्वतको कुस्मामा सम्पन्न दिदीबहिनी कप राष्ट्रिय महिला भलिबलको उपाधि जितेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्