९ आश्विन २०८१ बुधबार
image/svg+xml

न्यु डायमन्ड र एपिएफ फाइनलमा

होङ्गान्जी न्यु डायमन्ड र विभागीय टोली एपिएफ दिदीबहिनी कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन्।

प्रदेश नम्बर– १ र ३ को विजयी सुरुआत

प्रदेश नम्बर–१ र प्रदेश नम्बर–३ ले रामेछापमा जारी मन्थली मेयर कप सिभिल भलिबल च्याम्पियनसिपमा विजयी सुरुआत गरेका छन्।

अव्यवस्थित बन्दै राष्ट्रिय खेल

एक समय, नेपालमा कमै मात्र महिला भलिबल प्रतियोगिता हुन्थे। वर्षमा हुने एक–दुई प्रतियोगिता नै नेपाली महिला भलिबल खेलाडीका लागि महोत्सवजस्तै हुन्थ्यो। तर, पछिल्लो समयमा महिला भलिबल प्रतियोगिता अत्याधिक बढेका मात्र छैनन्, एउटा प्रतियोगिता नसकिँदै अर्को प्रतियोगितामा सहभागी हुनुपर्ने बाध्यता छ।

एपिएफको उपाधि सुनिश्चित

विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ क्लबले जारी १४औं ढोरपाटन महिला डबल लिग भलिबल प्रतियोगितामा शनिबार त्रिभुवन आर्मी क्लबमाथि जित निकाल्दै अन्तिम खेलअगावै उपाधि सुनिश्चित गरेको छ। नयाँ बसपार्कस्थित ढोरपाटन स्पोर्ट्स क्लबमा शनिबार एपिएफले तेस्रो स्थानको आर्मीमाथि ३–१ को सेटमा जित निकालेपछि लिगको अन्तिम खेल बाँकी छँदै उपाधि आफ्नो बनाएको हो।

न्यु डायमन्डलाई होङगान्जीको साथ

होङगान्जी बौद्ध समाजले दोस्रो पटक पनि न्यु डायमन्ड कप महिला भलिबल प्रतियोगितालाई साथ दिने भएको छ। न्यु डायमन्ड एकेडेमीको आयोजनामा आगामी वर्ष हुने तेस्रो संस्कणको प्रतियोगिताको लागि होङगान्जी बौद्ध समाजले मुख्य प्रायोजकको रूपमा साथ दिने भएको हो। तेस्रो संस्करण अर्काे वर्षको पुस अन्तिम साता हुनेछ।

एपिएफको अपराजित यात्रा यथावत्

एपिएफ क्लबले जारी १४औं रेडबुल ढोरपाटन महिला डबल लिग भलिबल प्रतियोगितामा बुधबार दोहोरो जित निकाल्दै आफ्नो अपराजित यात्रालाई जोगाइराखेको छ।

बाँसगढीमा मेयर कप जारी

दोस्रो बाँसगढी अन्तरमावि मेयर कप प्रतियोगितामा एथलेटिक्स र भलिबलतर्फ दोस्रो चरणका खेल हुँदै छन्। भलिबलतर्फ पूर्णहीरा माविलाई पराजित गरी भृकुटी मावि र जनता मावि बठुवालाई पराजित गरी जनप्रिय मावि दमौली दोस्रो चरणमा प्रवेश गरेका छन्।

एपिएफ शीर्ष स्थानमा कामयै

साबिकको विजेता सशस्त्र प्रहरी बल एपिएफ क्लब १४औं रेडबुल ढोरपाटन महिला डबल लिग भलिबल प्रतियोगिताको पहिलो पहिलो राउन्डसम्म शीर्ष स्थानमै रहेको छ।

पुलिसको अपराजित यात्रामा पूर्णविराम

जारी १४औं रेडबुल ढोरपाटन सुजुकी महिला डबल लिग भलिबल प्रतियोगितामा विभागीय क्लब नेपाल पुलिसको अपराजित यात्रा आठौं खेलमा पूर्णविराम लागेको छ।

आर्मी र पश्चिमाञ्चललाई सफलता

विभागीय टिम त्रिभुवन आर्मी क्लब र पश्चिमाञ्चलले १४आैं ढोरपाटन डबल लिग महिला भलिबल प्रतियोगितामा शनिबार जित हात पारेका छन्।

धनबहादुर र सरस्वती भलिबलको वर्ष खेलाडी

विभागीय टोलीका खेलाडीद्वय धनबहादुर भट्ट र सरस्वती चौधरी नेपाल भलिबल संघले प्रदान गरेको एनभिए अवार्डमा वर्ष उत्कृष्ट पुरुष र महिला खेलाडी घोषित भएका छन्।

ढोरपाटन डबल लिग : दुवै पुलिसको दोहोरो जित

विभागीय टोली एपिएफ र नेपाल पुलिस क्लबले १४औं ढोरपाटन डबल लिग भलिबल प्रतियोगितामा बिहीबार दोहोरो जित हात पारेका छन्।

आर्मीको अपराजित यात्रा यथावत्

नेपाल आर्मीले १४औं रेडबुल ढोरपाटन सुजुकी महिला डबल लिग भलिबल प्रतियोगितामा अपराजित यात्रालाई अगाडि बढाउँदै शीर्ष स्थानको अग्रता कायमै रहेको छ।

ढोरपाटन महिला डबल लिग : आर्मी शीर्ष स्थानमा

विभागीय क्लब आर्मी १४औं ढोरपाटन महिला डबल लिग भलिबल प्रतियोगिताको शीर्ष स्थानमा उक्लिएको छ। नयाँ बसपार्कस्थित ढोरपाटन स्पोटर्स क्लबको कोर्टमा सोमबार आर्मीले अपराजित यात्रा ३ खेलसम्म जारी राख्दा ९ अंकसहित शीर्ष स्थानमा उक्लिएको हो।

एपिएफ र पुलिस फाइनलमा

दुईवटा प्रदेशले तेस्रो स्थानको लागि प्रतिस्पर्धा गर्दा दुई विभागीय प्रतिद्वन्द्वी दोस्रो सभामुख कप राष्ट्रिय महिला भलिबलको उपाधिको लागि आमनेसामुने हुँदै छन्। उपाधि भिडन्तका लागि एपिएफ र नेपाल पुलिस शनिबार पोखरा रंगशालास्थित भलिबल प्रशिक्षण केन्द्रको कोर्टमा आमनेसामुने हुनेछ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्