९ आश्विन २०८१ बुधबार
image/svg+xml
खेल

आर्मी र पश्चिमाञ्चललाई सफलता

काठमाडौं – विभागीय टिम त्रिभुवन आर्मी क्लब र पश्चिमाञ्चलले १४आैं ढोरपाटन डबल लिग महिला भलिबल प्रतियोगितामा शनिबार जित हात पारेका छन्। 

नयाँ बसपार्कस्थित ढोरपाटन स्पोटर्स क्लबको कोर्टमा भएको खेलमा आर्मीले चितवन टाइग्रेसलाई २५–२१, २५–१८ र २५–१३ को सोझो सेटमा हरायो। अर्को खेलमा पश्चिमाञ्चलले ढोरपाटनलाई ३–० को सोझो सेटमा पराजित गर्यो।  पहिलो सेटमा २५–१० को जित निकालेको पश्चिमाञ्चलले दोस्रो सेट २५–११ र तेस्रो सेट २५–९ ले आफ्नो बनायो।  प्रतियोगितामा शनिबार पाँच खेल हुने भनिए पनि वर्षा कारण दुई खेल मात्र सम्पन्न भए।

प्रतियोगितामा आइतबार चार खेल हुनेछन्।  पहिलो खेलमा विभागीय टोली नेपाल पुलिसले पश्चिमाञ्चलको सामना गर्दा दिनको दोस्रो खेलमा चितवन टाइग्रेसको सामना गर्नेछ।  यस्तै आफ्नो दोस्रो खेलमा चितवन टाइग्रेसले ढोरपाटनसँग प्रतिस्पर्धा गर्दा अर्को विभागिय टोली एपिएफले त्रिभुवन आर्मीसँग खेल्नेछ। 

प्रकाशित: १३ माघ २०७५ ०२:४५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App