९ आश्विन २०८१ बुधबार
image/svg+xml

आर्मीमाथि एपिएफको रबाफिलो जित

सेमिफाइनल समीकरण पूरा हुँदा बिहीबार दोस्रो सभामुख कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताअन्तर्गत साबिक विजेता एपिएफसँगै, प्रदेश नं.३, गण्डकी प्रदेश र अर्को विभागीय टोली पुलिस आआफ्ना प्रतिद्वन्द्वीलाई सोझो सेटमा हराउँदै अन्तिम चारमा पुगेका छन्।

दिदीबहिनी कप माघको अन्तिम साता

तेस्रो दिदीबहिनी कप राष्ट्रिय महिला भलिबल प्रतियोगिता माघको अन्तिम साता हुने भएको छ। पर्वतको कुस्मामा हुने प्रतियोगिता माघ २८ देखि फागुन १ गतेसम्म चल्ने आयोजकले जनाएको छ।

एपिएफ र आर्मीकाे  पहिलाे भिडन्त

साविकको विजेता एपिएफ क्लबसँगै प्रदेश नं ५ पोखरामा जारी दोस्रो सभामुख राष्ट्रिय महिला भलिबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेका छन्। समूह विजेताको छिनोफानोका लागि बुधबार भएको खेलमा विभागीय टोली एपिएफल सुदूरपश्चिम प्रदेशलाई र प्रदेश नं ५ ले कर्णाली प्रदेशलाई सोझो सेटमा पराजित गर्दै अन्तिम ८ को यात्रा तय गर्न सफल भएका हुन्।

आर्मीमाथि प्रदेश नं ३ को जित

घरेलु टोली गण्डकी प्रदेशको चुनौतीलाई पन्छाउँदै नेपाल पुलिस क्लब दोस्रो सभामुख कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको अन्तिम आठमा प्रवेश गर्दा प्रदेश नं ३ ले पनि त्रिभुवन आर्मी क्लबलाई चौथो सेटमा पराजित गर्दै क्वाटरफाईनल पक्का गर्यो । आर्मी र गण्डकी प्रदेश भने उपविजेताको रुपमा अन्तिम आठ प्रवेश गरेका छन् ।

मंगलबारदेखि महिला भलिबल

सशस्त्र प्रहरी बलको एपिएफ क्लबले प्रदेश नं १ सँग प्रतिस्पर्धा गर्दै पोखरामा मंगलबारदेखि दोस्रो सभामुख कप राष्ट्रिय महिला भलिबल प्रतियोगिता सुरु हुँदैै छ। गण्डकी प्रदेशले भने घरेलु कोर्टमा उद्घाटन दिनको अन्तिम खेल खेल्दै नेपाल पुलिससँग प्रतिस्पर्धा गर्दै सुरु गर्नेछ।

न्यु डायमन्डलाई स्तब्ध बनाउँदै एपिएफ च्याम्पियन

विभागीय टोली एपिएफले होङवान्जी न्यु डायमन्ड कप दोस्रो खुला राष्ट्रिय महिला भलिबलको उपाधि शनिबार जितेको छ। नैकापस्थित न्यु डायमन्डको कोर्टमा सम्पन्न फाइनल खेलमा साबिकको विजेता आयोजक न्यु डायमन्ड एकेडेमीलाई स्तब्ध बनाउँदै उपाधि जितेको हो।

उपाधिका लागि आयोजक न्यु डायमन्ड र एपिएफ भिड्ने

साविकका विजेता र उपविजेताद्वय न्यु डायमन्ड एकेडेमी र विभागीय टोली एपिएफ दोस्रो होङ वान्जी न्यु डायमन्ड कप खुला राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधिका लागि भिड्ने भएका छन्।

न्यु डायमन्ड कप महिला भलिबल : सेमिफाइनल समीकरण पूरा

दोस्रो होङ वान्जी न्यु डायमन्ड कप राष्ट्रिय खुला महिला भलिबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ। नैकापस्थिति न्यु डायमन्डको कोर्टमा भएको खेलमा न्यु डायमण्ड एकेडेमी, टप्स उच्च मावि र विभागीय टोलीद्वय नेपाल पुलिस र एपिएफले आफ्ना प्रतिद्वन्द्वीलाई पराजित गर्दै अन्तिमा चारमा स्थान बनाएका हुन्।

न्यु डायमन्डको चुनौती आर्मी

साबिकको विजेता आयोजक न्यु डायमन्ड एकेडेमी र विभागीय टोली त्रिभुवन आर्मी क्लब दोस्रो होङ वान्जी न्यु डायमन्ड कप खुला राष्ट्रिय महिला भलिबल प्रतियोगितामा सेमिफाइनल प्रवेशका लागि भिड्ने भएका छन्।

न्यु डायमण्ड कपलाई होङ वान्जीको साथ

न्यु डायमण्ड कप खुला राष्ट्रिय महिला भलिबल प्रतियोगितालाई होङ वान्जी बौद्ध समाज नेपालले मुख्य प्रायोजन गरेको छ।

नेपाल पुलिसलाई उपाधि

इटहरीमा सम्पन्न दोस्रो सभामुख कप पुरुष राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ। सोमबार विभागीय प्रतिद्वन्द्वी आर्मीलाई फाइनलमा स्तब्ध बनाउँदै उपाधि उचालेको पुलिसले नगद चार लाख रुपैयाँ प्राप्त गरेको छ।

तीन विभागीय टोलीसहित गण्डकी सेमिफाइनलमा

तीन विभागीय टोलीसहित गण्डकी प्रदेश शनिबार इटहरीमा जारी दोस्रो सभामुख कप राष्ट्रिय भलिबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन्।

विभागीय टिमकै वर्चस्व

इटहरीमा जारी दोस्रो सभामुख कप राष्ट्रिय भलिबल प्रतियोगितामा शुक्रबार पनि विभागीय टोलीले जितलाई निरन्तरता दिएका छन्।

विभागीय टोलीको विजयी सुरुआत

दोस्रो सभामुख कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा विभागीय टोलीले विजयी सुरुआत गरेका छन्। पुलिसले प्रदेश नम्बर ३ लाई, त्रिभुवन आर्मीले कर्णालीलाई तथा एपिएफले प्रदेश नम्बर ७ लाई पराजित गर्दै प्रतियोगितामा विजयी सुरुआत गरेका हुन्।

सभामुख कप भलिबल बिहीबारदेखि

सभामुख कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको दोस्रो संस्करण आज बिहीबारदेखि इटहरीमा हुँदै छ। इटहरीमा पछिल्लो समय विशिष्ट व्यक्तित्वको नाममा ठूला खेलकुद प्रतिस्पर्धा हुने क्रममा सभामुख कप राष्ट्रिय भलिबल हुन लागेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्