९ आश्विन २०८१ बुधबार
image/svg+xml
खेल

मुक्तिनाथद्वारा पहिलो पुरस्कार प्रायोजन

हस्तक्षरपछि शेरबहादुर प्रतिष्ठानकी संरक्षक गमली खड्का र मुक्तिनाथ विकास बैंकका कार्यकारी अधिकृत प्रद्युम्न पोखरेल। तस्बिर/ नागरिक

काठमाडौं– मुक्तिनाथ विकास बैंकले शेरबहादुर प्रतिष्ठानको आयोजनामा हुने पाँचौं केएनपी राष्ट्रिय महिला भलिबल प्रतियोगिताको प्रथम पुरस्कारको प्रायोजन गर्ने भएको छ।

आइतबार राजधानीमा आयोजित सम्झौता कार्यक्रममा शेरबहादुर प्रतिष्ठानकी संरक्षक गमली खड्का र मुक्तिनाथ विकास बैंकका कार्यकारी अधिकृत प्रद्युम्न पोखरेलले हस्ताक्षर गरे।

सम्झौताअनुसार मुक्तिनाथ विकास बैंकले यस पटक प्रतियोगिताको विजेतालाई २ लाख प्रदान गर्नेछ। ‘हामी शेरबहादुर प्रतिष्ठानको आयोजनामा हुने पाँचौं केएनपी राष्ट्रिय महिला भलिबल प्रतियोगितामार्फत राष्ट्रिय खेल भलिबलसँग जोडिन पाउँदा उत्साही छाैं,’ पोखरेलले भने, ‘हामी यो सम्झौतालाई आगामी दिनमा पनि निरन्तरता दिनेछाैं।

राष्ट्रिय खेलकुद परिषद्को विशेष सहयोग तथा नेपाल भलिबल संघको प्राविधिक सहयोगमा सञ्चालन हुने प्रतियोगितामा नेपालका चर्चित ६ टोलीको सहभागिता रहनेछ। लिग कम नकाउटका आधारमा सञ्चालन हुने प्रतियोगिताका लागि साबिक विजेता एपिएफ, उपविजेता होङ्गाजी न्यु डायमन्ड, पुलिस, पश्चिमाञ्चल, आर्मी र जावलाखेल भलिबल प्रशिक्षण टोलीले सहभागिता जनाउनेछन्। जावलाखेल भलिबल प्रशिक्षण केन्द्रमा वैशाख १४ देखि १७ सम्म सञ्चालन हुने प्रतियोगिताका विजेताले २ लाख, उपविजेताले १ लाख र तेस्रो हुनेले ५० हजार रुपियाँ नगद प्राप्त गर्नेछन्। यसअघि दरबारमार्गस्थित द रिगल इंकले उपाधि विजेता टोलीका सदस्यलाई ४ लाख ५६ हजारबराबरको १६ जोर सुटपिस उपलब्ध गराउने सम्झौता गरेको थियो।

शेरबहादुर खड्का स्मृति प्रतिष्ठानका अध्यक्ष रञ्जन खड्काले नेपाली खेलकुदको विकासमा कर्पोरेट सेक्टरको महŒवपूर्ण भूमिका रहने बताए।

प्रतियोगिताका सर्वोकृष्ट खेलाडी र शेरबहादुर खड्का स्पेसल अवार्ड विजेताले जनही १५/१५ हजार प्राप्त गर्नेछन्। विधागततर्फ उत्कृष्ट हुने स्पाइकर, सेटर, ब्लक, डिफेन्स, क्विकर, सर्भर र  कोचले जनही ७ हजार नगद प्राप्त गर्नेछन्। पाँचाैं संस्करणमा प्रतियोगिताको प्रत्येक खेलका वुमन अफ दी म्याचले नगद ५ हजार रुपियाँ प्राप्त गर्नेछन्।

प्रकाशित: २५ चैत्र २०७५ ०६:२१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App