५ आश्विन २०८१ शनिबार
image/svg+xml

बस्तीमै गैंडाको वास

नारायणी नदीसँग जोडिएको भरतपुर महानगरपालिका क्षेत्रमा सामुदायिक वन छन्। वृक्षरोपण र संरक्षणले वनक्षेत्र मौलाएको छ। यस क्षेत्रमा मझुवा, ज्ञानेश्वर, सेतीदेवी, सिद्धिगणेश र नारायणी सामुदायिक वन छन्।

गैंडा सिमेन्ट उत्पादनमा नयाँ रेकर्ड, पूर्ण क्षमताभन्दा बढी उत्पादन सुरु

दक्षिण एसियाकै उत्कृष्ट प्रमाणित गैंडा सिमेन्टको उत्पादक उदयपुर सिमेन्ट उद्योग लिमिटेड (उसीउली) ले पूर्ण क्षमतामा उत्पादन गर्नमा नयाँ रेकर्ड कायम गरेको छ। नेपाल सरकारको पूर्ण स्वामित्वको उसीउलीले स्थापनाको २७ औं वर्ष प्रवेशको संघारमा पूर्ण क्षमतामा उत्पादनको रेकर्ड कायम गरेको हो।

बस्तीमा पस्न थाले गैँडा, स्थानीय त्रसित

चितवन राष्ट्रिय निकुञ्जका एक सिङ्गे गैँडा नजिकका गाउसँगै शहरी क्षेत्रमासमेत पस्न थालेपछि संरक्षणमा चुनौती थपिएको छ । नियमितजसो गैँडा बस्ती आउन थालेपछि स्थानीय त्रसित बनेका छन् ।

स्तरोन्नतिपछि गैंडाछाप सिमेन्टको उत्पादन सुरु

महिनादिन लामो स्तरोन्नतिपछि पूर्ण सरकारी स्वामित्वको उदयपुर सिमेन्ट उद्योग लिमिटेड जलजलेस्थित गैंडा छाप सिमेन्टको उत्पादन सुचारु भएको छ। स्थापनापछि पहिलो पटक उद्योगका साना–ठूला सबै यन्त्रको मर्मत र स्तरोन्नतिका लागि महिनादिनयता गैंडाछापको उत्पादन रोकिएको थियो।

प्राकृतिक कारणले सात गैँडा मरे

चितवन राष्ट्रिय निकुञ्जमा साउनयता प्राकृतिक कारणले सातवटा गैँडा मरेका छन्। निकुञ्जका प्रमुख संरक्षण अधिकृत बेदकुमार ढकालका अनुसार बिभिन्न कारणले गैँडा मरेका हुन्।

एक सिङ्गे गैँडाको संरक्षणका लागि फुटबल

एक सिङ्गे गैँडाको संरक्षण गर्न सचेतना जगाउनका लागि पूर्वी नवलपरासीमा कात्तिक १५ देखि २९ गतेसम्म राइनो संरक्षण गोल्डकप फुटबल प्रतियोगिता २०७५ हुने भएको छ। पूर्वी नवलपरासीको मध्यबिन्दु नगरपालिका–२, कोल्हुवामा हुने प्रतियोगितामा नवलपरासी, चितवन, रुपन्देही, कास्की, काडमाडाैं, पाल्पा, मकवानपुरसहित ए डिभिजनका र विभागीय टिमसहित १२ टिमको सहभागिता रहने छ।

गैंडा कूटनीति: कृत्रिम प्रजननप्रति सजग रहन आग्रह

नेपालले चीनलाई उपहारस्वरूप दिएका दुई जोडी केटाकेटी आफू हुर्केको चितवन राष्ट्रिय निकुञ्ज भन्दा नितान्त भिन्न वातावरणमा घुलमिल हुदै गर्दा केहि अधिकारकर्मीहरुले एक सिङ्गे गैंडाको कृत्रिम प्रजनन हुनसक्ने हुँदा सतर्कता अपनाउन सरकारलाई दवाब दिंदै आएका छन्।

गणतान्त्रिक कालमा पनि रोकिएन नेपालको गैंडा कुटनीति (भिडियो रिपोर्ट)

नेपालले चीनलाई उपहार स्वरूप दिएका दुई जोडी गैंडा मध्ये सोल्टी र मितिनी नाम गरेका अन्तिम एक जोडी गैंडा पनि यही भदौ १ गते कार्गो विमानबाट चीनको साङ्घाई लगियो। त्यसभन्दा एक महिना पहिले असार २८ गते चितवन राष्ट्रिय निकुञ्जले भद्र र रुपसी नाम गरेका केटाकेटी चीनको गोञ्जाउस्थित एक पार्कका लागि पठाएको थियो।

‘मितिनी’ र ‘सोल्टी’लाई चीन पठाइयाे

नेपाल–चीनमैत्रीको प्रतीकका रुपमा नेपालले चीन सरकारलाई उपहारस्वरुप प्रदान गरेका ‘मितिनी’ र ‘सोल्टी’ नामका एकसिङ्गे गैंडाका एक जोडी शुक्रबार कार्गाे विमानबाट चीन पठाएको छ।

मृत अवस्थामा गैँडा फेला

चितवन राष्ट्रिय निकुञ्जको पश्चिम क्षेत्रस्थित लामो ताल नजिकैको घोलमा दुर्लभ एकसिङ्गे गैंडा मरेको अवस्थामा फेला परेको छ।

दोस्रो जोडी गैँडा साउन ३१ गते चीन पठाउने तयारी

चितवन राष्ट्रिय निकुञ्जबाट चीन सरकारलाई उपहारस्वरुप पठाउन लागिएको दोस्रो जोडी गैँडा साउन मसान्तमा पठाउने तयारी गरिएको छ।निकुञ्जका प्रमुख संरक्षण अधिकृत बेदकुमार ढकालले चिनियाँ अधिकारीले साउन ३१ गते गैँडा लैजाने तयारी गरेकाे बताए। चिनियाँ पक्षले गैँडा बोक्न ढुवानी जहाजको प्रबन्ध र विमानस्थलमा अनुमति लिने काम गरिरहेको बताएकाे छ।

यो वर्ष छब्बीस गैँडा मरे

चितवन राष्ट्रिय निकुञ्जमा गत आर्थिक वर्षमा विभिन्न कारणले २६ वटा गैँडा मरेका छन् निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालका अनुसार जुधेर, बच्चा जन्माउन नसकेर, बाढीले बगाएर र बुढो भएर ती गैँडा मरेका हुन्।

एक वर्षमा छब्बीस गैँडा मरे

चितवन राष्ट्रिय निकुञ्जमा गत आर्थिक वर्षमा विभिन्न कारणले २६ वटा गैँडा मरेका छन्। निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालका अनुसार जुधेर, बच्चा जन्माउन नसकेर, बाढीले बगाएर र बुढो भएर ती २६ गैँडा मरेका हुन्।

गैंडा हस्तान्तरण गर्दै ओलीले भने : नेपाल–चीन सम्बन्ध अझ व्यापक बन्नेछ (भिडियाे सहित)

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल–चीन सम्बन्धलाई अझ व्यापक बनाउनुपर्ने बताएका छन्।

गैंडाको खाग र सालकको खपटासहित चार जना पक्राउ

नेपाल प्रहरीले राजधानीको सुकेधारास्थित दियो रेष्टुरेन्टमा गँैडाको खाग बिक्री गर्न लागेको अवस्थामा दुई जनालाई पक्राउ गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्