५ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

गैंडाको खाग र सालकको खपटासहित चार जना पक्राउ

काठमाडौं – नेपाल प्रहरीले राजधानीको सुकेधारास्थित दियो रेष्टुरेन्टमा गँैडाको खाग बिक्री गर्न लागेको अवस्थामा दुई जनालाई पक्राउ गरेको छ। 

महानगरीय प्रहरी काठमाडौँको विशेष टोलीले उक्त रेष्टुरेंन्टमा खानतलासी गर्दा गैँडाको खागजस्तो देखिने वस्तुसहित २२ वर्षीय टेकराज वयलकोटी र २८ वर्षीय सुमन खत्रीलाई पक्राउ गरेको जनाएको छ। 

प्रहरीले निजहरुलाई आवश्यक अनुसन्धानपछि कारबाहीका लागि जिल्ला वन कार्यालय काठमाडौँ पठाउने प्रहरी नायब उपरीक्षक मोहनकुमार थापाले जानकारी दिए। 

त्यस्तै प्रहरीले काठमाडौँकै नयाँ बजारमा दुर्लभ वन्यजन्तु सालकको खपटाको कारोबार गर्दै गरेको अवस्थामा दुई जनालाई पक्राउ गरेको छ। प्रहरीले चेकजाँच गर्दा बा७९प १७०७ नंको मोटरसाइकलमा सवार ३० वर्षीय राजन घिमिरे र २७ वर्षीय मानबहादुर थापालाई १०५ ग्राम सालकको खपटासहित पक्राउ गरेको जनाएको छ। 

निजहरुलाई पनि आवश्यक कारबाहीका लागि जिल्ला वन कार्यालय काठमाडौँ पठाइने प्रहरीले बताएको छ।  (रासस)

प्रकाशित: २६ असार २०७५ १३:२१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App