२३ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

गैंडा हस्तान्तरण गर्दै ओलीले भने : नेपाल–चीन सम्बन्ध अझ व्यापक बन्नेछ (भिडियाे सहित)

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल–चीन सम्बन्धलाई अझ व्यापक बनाउनुपर्ने बताएका छन्। 

चीन सरकारलाई नेपालको तर्फबाट एकजोडी गैंडा हस्तान्तरण गर्दै प्रधानमन्त्री ओलीले बिहीबार सो कुरा बताएका हुन्। प्रधानमन्त्री ओलीले दुई देश बीचको परम्परागत सम्बन्धलाई गैंडा उपहारले थप मजवुद बनाएको बताए। भृकुटी र अरनिकोबाट सुरु भएको नेपाल–चीन सम्बन्धलाई भद्र र रुपसीले थप गाढा बनाएको प्रधानमन्त्री ओलीको भनाइ थियो। 

प्रधानमन्त्री ओलीले नेपालकालागि चीनका राजदुत यु होङलाई प्रकृति संरक्षण कोष खुमलटारमा भद्र र रुपसी नामका गैंडाको जोडी हस्तान्तरण गरेका हुन्। हस्तान्तरणपछि प्रधानमन्त्री ओलीले भने “भद्र र रुपसी चीनमा आफ्नै घर जस्तो गरी स्वास्थ्य ढंगले हुर्किने छन्। सन्तान वृद्धि गर्नेछन्।”

वन्यजन्तुको संरक्षणका लागि सरकार संवेदनशील रहेको भन्दै ओलीले भने, “वन्यजन्तु र प्रकृतिको संरक्षणका लागि हामीले पूर्व देखि पश्चिमसम्मका विभिन्न ठाउँमा आरक्षण र संरक्षण क्षेत्र बनाएका छौं” 

नेपाल वन्यजन्तु र चराचुरुंगीका लागि विशेष क्षेत्र भएको बताउँदै ओलीले साइवेरिया देखि श्रीलंकासम्मका चरा नेपालमा प्रजनन लागि आउनु त्यसैको एउटा नमुना हो भने। दुई वर्ष भन्दा कम उमेरका भद्र र रुपसी चितवन राष्ट्रिय निकुञ्जबाट ल्याइएको हो।  

प्रकाशित: २८ असार २०७५ ०८:५९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App