coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml

नक्कली शरणार्थी प्रकरणः खाँणको निवेदनमाथि आज सुनुवाइ

नक्कली शरणार्थी प्रकरणमा मुछिएका पूर्वगृहमन्त्री बालकृष्ण खाँणको निवेदनमाथि आज सुनुवाइ हुँदैछ।

खाँण र रायमाझीसहित १६ जनालाई थुनामा पठाउन आदेश

जिल्ला अदालत, काठमाडौंले नक्कली शरणार्थी प्रकरणमा पूर्वमन्त्रीद्वय बालकृष्ण खाँण, टोपबहादुर रायमाझी र सचिव टेकनारायण पाण्डेसहित १६ जनालाई पूर्पक्षका लागि थुनामा राख्न आदेश गरेको छ।

नक्कली शरणार्थी प्रकरण: आज आदेश हुने

नक्कली भुटानी शरणार्थी प्रकरणमा शुक्रबार सरकारी वकिलले जवाफी बहससँगै थुनछेक आदेश हुने भएको छ।

नक्कली शरणार्थी प्रकरण: टेकनाथ र मियाँलाई दुई दिन हिरासतमा राख्न अनुमति

काठमाडौँ जिल्ला अदालतले नक्कली शरणार्थी प्रकरणमा अनुसन्धानका लागि आज पक्राउ परेका भुटानी शरणार्थी नेता टेकनाथ रिजाल र नेपाल हज समितिका अध्यक्ष शम्शेर मियाँलाई हिरासतमा राखेर अनुसन्धान गर्न दुई दिनको म्याद दिएको छ।

शीर्ष तीन दलको बैठक नक्कली शरणार्थी प्रकरण मिलाउन बस्ने गरेको रास्वपाको आशंका

राष्ट्रिय स्वतन्त्र पार्टीले तीन दलका शीर्ष नेताहरु बसेर नक्कली भूटानी शरणार्थी प्रकरण मिलाउने प्रयास भइरहेको हुनसक्ने आशंका व्यक्त गरेको छ।

नक्कली शरणार्थी प्रकरण: दोषी समात्न एक वर्ष अघि खाँणसंगै गुहार

नक्कली शरणार्थी बनाएर अमेरिका पुर्याउने भन्दै ठगी गरेकाहरु बिरुद्ध कारवाहीका लागि ध्यानाकर्षण गराउन पुगेका भण्डारीले तत्कालीन गृहमन्त्री खाँणलाई लाखौँ रकम डुबाएकाहरुको उद्धारका निम्ती आग्रह गरेका थिए।

नक्कली शरणार्थी प्रकरणमा प्रमलाई रविको प्रश्नः एउटै फाइलले ज्वरो निकाल्यो?

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान फितलो भएको भन्दै खबरदारी गरेका छन्। उनले अनुसन्धानको लहरोले ठुला नेता र तिनका सन्तानलाई छोड्यो भने रास्वपा हेरेर नबस्ने चेतावनी पनि दिएका छन्।

कानुनी सक्रियताको समय

नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने एउटा खतरनाक योजना सार्वजनिक भएपछि बितेको साता सिंगै मुलुक उद्वेलित भएको छ।

'सरकार ठूला माछा पकडी,लगा छिटो हत्कडी' (फोटोफिचर)

संगठनले मंगलबार माइतिघरमा भीआइपीलाई पक्राउ गर, मानव तस्कर लुटेराहरुलाई कारबाही गर भन्दै प्रदर्शन गरेको हो।

टोपबहादुर रायमाझीको घरमा खानतलासी गर्न पुग्यो प्रहरी

एमाले नेता टोपबहादुर रायमाझीको घरमा प्रहरी पुगेको छ। मंगलबार काठमाडौं परिसरको टोली रायमाझीको घरमा खानतलासी गर्न पुगेको हो।

नक्कली शरणार्थी प्रकरणः गम्भीर छानबिन गर्न सांसदको माग

प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा बोल्नुहुने सांसदले अहिले चर्चामा रहेको नक्कली भुटानी शरणार्थी प्रकरणलाई गम्भीररुपमा छानबिन गरिनुपर्ने माग राखेका छन्।

पूर्व एआईजी शर्मा भन्छन्- 'शरणार्थी प्रकरणमा समातिएका दुई जनालाई खाण गृहमन्त्री हुँदा छुटाइयो'

पूर्व एआईजी शर्माले यो दाबी आफ्नो टिकटकमार्फत् गरेका हुन्। शर्माले खाण गृहमन्त्री हुँदा नक्कली शरणार्थी प्रकरणमा जोडिएका व्यक्तिलाई प्रहरीले समातेपनि राजनितिक दबाबमा उनीहरुलाई छाडिएको दाबी गरेका छन्।

नक्कली शरणार्थी प्रकरण: यसरी ठगिए दाङका ६० जना

तुलसीपुरका गजेन्द्र बुढाथोकीको सम्पर्क मार्फत अमेरिका उड्ने योजना बुनेका उनीहरुलाई पहिलो पटक २०७७ चैत २३ गते एउटा फारम भर्नका लागि भन्दै काठमाडौँ बोलाइयो।

नक्कली शरणार्थी प्रकरणमा नाम जोडिएपछि पूर्वगृहमन्त्री खाँणको ‘ध्यानाकर्षण’ पत्र

शनिबार एक विज्ञप्ति जारी गर्दै नेपाली कांग्रेसका नेतासमेत रहेका पूर्वगृहमन्त्री खाँणले व्यक्तिगत चरित्रहत्या हुने समाचार सम्प्रेषण नगर्न सञ्चारमाध्यमहरूलाई आग्रह गरेका हुन्।

नक्कली शरणार्थी प्रकरण: टोपबहादुर रायमाझी र ईन्द्रजित राईका छोरा निरज खोज्दै प्रहरी

उनले पुर्जी जारी भएका नेकपा एमालेका सचिव तथा पूर्वऊर्जामन्त्री टोपबहादुर रायमाझी प्रहरीको सम्पर्कमा नरहेको बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्