१ आश्विन २०८३ बिहीबार
image/svg+xml
अर्थ

भदौ महिनाको करदाता प्रोत्साहन उपहार कार्यक्रम आज घोषणा हुँदै

अर्थ मन्त्रालयले आर्थिक वर्ष २०८३/८४ देखि सुरु गरेको करदाता प्रोत्साहन उपहार कार्यक्रम अन्तर्गत भदौ महिनाभित्रको सम्पूर्ण नतिजा आज घोषणा हुँदैछ।

आन्तरिक राजश्व विभाग लाजिम्पाटको सभाहलबाट बिहान ११:३० बजे घोषणा गरिने कार्यक्रममा रहेको अर्थ मन्त्रालयले जनाएको छ।

भोटेकोशी बाढीका कारण भदौ १६ गतेकाे उपहार घोषणा कार्यक्रम स्थगित भएको थियो।

आज भदौ महिनाका ३१ जना एक लाख र २ जना बम्पर गरी ३३ जना विजेता घोषणा गरिने आन्तरिक राजश्व विभागले जनाएको छ।

प्रकाशित: १ आश्विन २०८३ १०:१५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App