नेकपा एमालेका नेता गोकुल बास्कोटाले सरकारका कामकारबाहीप्रति व्यंग्य गरेका छन्।
सामाजिक सञ्जालमार्फत बास्कोटाले ‘नयाँ’ भनिएको सरकारको कार्यशैलीप्रति कटाक्ष गर्दै व्यंग्य गरेका हुन्। उनले भिजिट भिसा बन्द, एउटै मन्त्रीका तीन दर्जन सल्लाहकार नियुक्ति, महँगी घटेको र लगानी बढेको भन्दै व्यंग्य गरे।
उनले लेखेका छन्, 'नयाँ भन्या नयाँ हो के, अरू छुँ मतलव? ट्याँ टुँ, भिजिट भिसा बन्द, एउटै मन्त्रीका तीन दर्जन सल्लाहकार, महंगी स्वाट्टै घट्यो, लगानी ह्वात्तै बढ्यो, विदेशी गल्लीमा नेपाली रित्तिए। प्रगति पो के ले नाप्ने?'
बास्कोटाले सरकारको विरोध गर्ने क्रममा मानिसले भोग्नुपरेका परिस्थितिप्रति समेत व्यंग्य गरेका छन्। उनले 'सरकारको विरोध गर्न आँगनमै बच्चा जन्माउन चै नहुने के–मान्छेले' भन्दै टिप्पणी समेत गरे।
प्रकाशित: १ आश्विन २०८३ ०९:२३ बिहीबार





