२५ कार्तिक २०८१ आइतबार
image/svg+xml

वैदेशिक रोजगारीमा ज्यान गुमाउनेका सन्तानलाई निःशुल्क प्राविधिक शिक्षा

आउँदो चैतदेखि कार्यान्वयनमा ल्याउने तयारी गरिएको उक्त कार्यक्रम अन्तर्गत तीन ्वर्षे डिप्लोमा कोर्षका लागि एक सय २० र एकवर्षे पेसागत तालिमका लागि दुई सय कोटा निर्धारण गरिएको छ

सन्तानको खुसी ?

गत हप्ता भेटघाटको क्रममा म एक जना आफन्तकहाँ गएकी थिएँ । त्यहाँ छोराले अन्तर्जातीय युवती मन पराएर विवाह गर्न खोजेको रहेछ । आमाबाबु र छोरामा विवाहलाई लिएर विवाद चलिरहेको थियो । छोराले त्यही युवतीसँग विवाह गर्न पाए गर्ने, नत्र नगर्ने । आमाबावुको भनाइ थियो– एउटै छोरा अन्तर्जातीय विवाह गर्दा यो समाजमा कसरी मुख देखाउने ? हामीले यही समाजमा बाँच्ने हो, कसरी समाजमा मुख देखाउने ? पूजाआजामा बुहारीलाई कसरी अगाडि ल्याउने ? कसरी नआऊ भन्ने ? तिमीले गर्नु हुँदैन भनेर कसरी भन्ने ?

तेस्रो  सन्तानको पिता बन्दै मिस्टर बिन

लिउड हाँस्य अभिनेता रोवान एटिकन्सन उर्फ मिस्टर बिन ६२ वर्षमा तेस्रो सन्तानका पिता बन्ने भएका छन् ।  बिनकी ३३ वर्षीया पत्नी लुइस फोर्डले केही हप्तामा नै सन्तानलाई जन्म दिने भएकी छिन् । बिन भने यस अघि नै दुई सन्तानका पिता हुन् । बिनकी पहिली पत्नी सुनेत्रा तर्फका २३ वर्षीय छोरा र २१ वर्षिया छोरी छन्।

‘गरिबका सन्तानका लागि रहेन राजनीति’

‘आर्थिक क्षमता कति छ, उम्मेदवारसँग कार्यकर्ताको संख्या त्यति नै रहन्छ । चुनाव अकल्पनीय किसिमले महँगो भएको छ, पैसा नभएको साधारण मान्छे यसमा सक्दैन,’ पर्साको पश्चिमी सिमानामा रहेको धोबिनी गाउँपालिका फुलबरिया टोलका राजकुमार पटेलले भने, ‘दिनको कम्तीमा पाँच सय रुपैयाँ नगद, दिउँसो मासुसहित खाना, साँझ मासु–रक्सीसहित नास्ता र प्रत्येक मोटरसाइकलमा तेल हाल्न कम्तीमा तीन सय रुपैयाँ भए कार्यकर्ता पाइनेरहेछ ।’

गैरआवासीय नेपालीका सन्तानलाई चार वर्षे राहदानी दिने निर्णय

सरकारले विदेशी भूमिमा जन्मेका गैरआवासीय नेपाली नागरिकका सन्तानलाई ४ वर्षे अवधिको राहदानी दिने निर्णय गरेको छ। मन्त्रीहरुको संख्या ५४ पुगेपछि सोमबार मन्त्रिपरिषद बैठक बसेको थियो। सो बैठकले बढीमा चार वर्षका लागि यस्तो राहदानी जारी गर्ने निर्णय गरेको हो।

पाको उमेरका पिताका सन्तान बढी जिनियस

बेलायतको किङ्स कलेज लन्डनमा गरिएको शोधले के देखाएको छ भने उमेरमा पाको मानिस पाको उमेरमा जो बाबु बन्छ, तिनका सन्तान अन्यको तुलनामा जिनियस हुने सम्भवना बढी हुन्छ । अध्ययनअनुसार, वृद्ध पिताका सन्तान बढी तेज तीक्ष्ण बुद्धिका हुन्छन् । अध्ययनमा के पनि देखिएको छ भने सन्तान पाउने आमाको उमेरमा यसले खासै फरक पार्दैन । रोचक कुरा के छ भने वृद्ध बुवाका छोरा तेज हुन्छन्, छोरी भने खासै उम्दा नहुने पनि अध्ययनमा देखिएको छ ।

निःसन्तान मोतीका अमर सन्तान

१९२३ भदौ कृष्णऔँसीका दिन जन्मेका मोतीराम भट्ट नेपाली साहित्यमा उज्ज्वल नक्षत्र हुन्। आफ्नो पुर्ख्याैली थलो वनारसमा बस्न पुगेका मोतीरामको शिक्षादीक्षा पनि उतैबाटै सुरु भयो। वनारसमा संस्कृत र उर्दू भाषाको ज्यादै प्रचलन भएकाले मोतीरामले यी दुवै भाषा स“गस“गै अध्ययन गर्न थाले। वि.सं. १९३६ मा मोतीराम आफ्नी आमासाथ नेपाल आए।

आफ्ना सन्तानलाई कसरी उद्यमी बनाउने ?

सानै उमेरमा मलाई थाहा भइसकेको थियो, म अध्ययनभन्दा बढी पैसालाई रूचाउँछु । मलाई विद्यालय र त्यहाँ पढाइने पुस्तकसँग कुनै प्रेम छैन भन्ने पहिल्यै थाहा पाइसकेको थिएँ । मलाई त व्यापार र उद्यमशीलतासँग पो प्रेम रै’छ ! यो बुझेर मलाई घरमै उद्यमी बनाउन बनाउने शिक्षा दिन थालियो ।

आफ्नै सन्तानले वृद्धाश्रममा छोडेपछि ...

आफ्नो श्रीमान्, छोराछोरी, परिवार या आफन्तको साथ नपाएपछि को पो खुसी हुन सक्छ र ! आश्रममा आफन्त नभएका कोही छैनन्। सबैका आफन्त छन्, तैपनि उनीहरू आश्रममा बस्न बाध्य छन्।

तन्नेरी सन्तानलाई कसरी ‘ह्यान्डल’ गर्ने ?

छोराछोरी टिनएज अर्थात् किशोर अवस्थामा प्रवेश गरेपछि उनीहरूलाई कसरी सही तरिकाले ‘ह्यान्डल’ गर्ने भन्ने चिन्ता हरेक आमाबुबामा हुने गर्छ । बच्चाभन्दा माथि र परिपक्व पनि भइनसकेको अवस्था हो, किशोर अवस्था ।

बिवाह गर्न सन्तान हुनै पर्ने अनौठो चलन

नेपाली समाजमा विवाह पूर्व बच्चा जन्माउनुलाई गैरकानुनी मानिन्छ। तर छिमेकी देश भारतको राजस्थान तथा गुजरातको एक सम्प्रदायमा कुमारी आमाहरुले विवाह पूर्व नै बच्चा जन्माउनै पर्ने चलन रहेको छ।

तीन सन्तानले आँखा नदेखेपछि पिरको भारी बोक्दै आमा जमुना

चारजना सन्तानको आमा बन्नुभएकी रामपुर नगरपालिका भलायटारकी जमुना कुमाललाई तीन जना दृष्टिबिहिन अवस्थाले पिरोलिरहेको छ।

६ मा पढ्दा बिहे, १० मा दुई सन्तान

गाँजरी–५ धौल्याडीकी निर्मला धामीले २० वर्षमै परिवार नियोजनको स्थायी बन्ध्याकरण गरिन्। भर्खर मात्र विवाह गर्ने उमेर पुगेकी उनले १६ वर्षको उमेरमा बिहे गरेर दुई सन्तान जन्माइसकेकी छन्। उनले गत महिना गाँजरी स्वास्थ्य चौकीमा स्थायी बन्ध्याकरण मिनिल्याप गराइन्।

घर झगडाले पत्नी अस्पताल, पति हिरासतमा, सन्तानको बिचल्ली

बाउ–आमाको आपसी झगडाका कारण सन्तानले कति दुःख पाउनुपर्छ भन्ने उदाहरण यहाँको एक घट्नाले देखाएको छ। दुई साताअघि पतिको कुटाईबाट बेहोस भएकी जिल्लाको भलायडाँडाँ गाविस–३ की सरिता मोतेको अहिलेसम्म होस् खुलेको छैन। उनका पति प्रहरी नियन्त्रणमा छन्। आमा–बुबाको सहारा नपाएपछि तीनजना सन्तानको बिचल्ली भएको छ।

आफ्ना सन्तानको तस्बीर फेसबुकमा शेयर गर्दै हुनुहुन्छ? सावधान जेल जानुपर्ला !

एक आमा बुवालाई आफ्नी छोरीको बच्चाको फोटो फेसबुकमा पोष्ट गर्दा निकै महंगो सावित भएको छ। अष्ट्रेलियाकी एक १८ वर्षीया किशोरीले आफ्नो बच्चाको फोटो आमा बुवाले फेसबुकमा पोष्ट गरेको भन्दै मुद्दा दर्ता गराएकी छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्