२५ असार २०८१ मंगलबार
image/svg+xml

अनौपचारिक क्षेत्रका श्रमिक र राज्यको असमान व्यवहार

अहिले देशको कुल श्रमयोग्य जनसंख्यामध्ये करिव ७१ लाख जनशक्ति रोजगार छन्। तीमध्ये ९ लाख ८ हजार बेरोजगार छन्।

श्रमिकलाई अविलम्ब राहत व्यवस्था गर्न सरकारसँग नेता देउवाको आग्रह

नेपाली काँग्रेसका सभापति एवं  शेरबहादुर देउवाले कोरोना रोकथामका लागि लागु गरिएको लकडाउनका कारण कष्टकर स्थिति भोगिरहेका श्रमिकलाई अविलम्ब राहतको व्यवस्था गर्न सरकारसँग पुनः आग्रह गरेका  छन्।

कमलामाईद्वारा राहतमा नगद वितरण

सिन्धुलीका कमलामाई नगरपालिका ५ का श्रमिकहरुलाई नगदै राहत वितरण गरिएको छ । विश्वभर फैलिएको कोरोना रोकथामका लागि सरकारले गत चैत ११ गतेदेखि देश लक डाउन गरेसँगै खाद्यान्न अभाव भई भोकभोकै परेका श्रमिकलाई नगद राहत उपलब्ध गराएको हो ।

राहतमा संघभन्दा स्थानीय सरकार ‘खुकुलो’

जिल्लामै बढी उद्योग–कारखाना रहेको सूर्याेदय नगरपालिकाले असंगठित क्षेत्रका श्रमिक र असहायलाई राहत वितरण गर्दैछ। नगरले असंगठित श्रमिकको क्षेत्र र असहाय व्यक्ति/परिवारको मापदण्ड भने संघीय सरकारको भन्दा ‘खुकुलो’ बनाएर राहत वितरण गर्न लागेको हो।

संकटमा श्रमिक

कोरोना भाइरसले यतिबेला चिन्तित नतुल्याएको मानिस विरलै भेटिएला विश्वभर। थोरै मानिस यसको प्रत्यक्ष असरबाट प्रताडित छन् भने धेरैचाहिँ सम्भावित असरका कारण।

निर्माण क्षेत्रका १० लाखभन्दा धेरै मजदूरको विचल्ली

दोलखाका मंगल नेपालीले कोटेश्वरमा घर निर्माणको काम गर्दै आफ्नो परिवारको गर्जो टार्दै आएका थिए। दैनिक ज्याला मजदूरी गरेर १२ सय रुपैयाँ कमाउँथे। सो रकमले पाँच जनाको परिवार जेनतेन रुपमा पाल्दै आइरहेका थिए। तर, विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस संक्रमणको सन्त्राससँगै उनले गर्दै आएको घर निर्माणको काम समेत प्रभावित बन्यो।

विपन्न श्रमिकलाई खाद्यान्न जुटाइँदै

दैनिक ज्याला–मजदुरी गरेर पेट पाल्ने श्रमिकलाई लामो समयको लकडाउनले खाद्यान्न अभाव हुने सम्भावना भएपछि जिल्लाबासी उनीहरूलाई खाद्यान्न जुटाउन थालेका छन्। स्थानीय तह र दाताले निजी क्षेत्रबाट चामल संकलन गरी श्रमिकलाई प्रदान गर्न थालेका हुन्।

श्रमिकहरूका लागि विशेष प्याकेजको घोषणा गर्न आग्रह

विभिन्न क्षेत्रमा सक्रिय अगुवाहरुले श्रमिकहरुका लागि विशेष प्याकेज घोषणा गर्न सरकारलाई आग्रह गरेका छन्। यो अभूतपूर्व मानवीय संकटबाट पार पाउन राजनीतिक आरोप, प्रत्यारोपबाट माथि उठेर गर्नु पर्ने कामहरू प्रशस्तै भएको उनीहरुले बताएका छन्।

गिट्टी कुट्दै गरेका श्रमिकलाई दोसल्ला ओढाएर सम्मान

कमलामाई नगरपालिका ६ की मसिना बयलकोटी यहाँको ग्वाङ खोलामा गिट्टी फुटाउदै थिइन्। उनलाई अन्र्तराष्ट्रिय श्रमिक महिला दिवसको पत्तो थिएन। उनलाई त्यस्ता दिवस आउन् जाउन् ख्याल र मतलब हुँदैन थियो।

गोरखा नगरपालिकाद्वारा श्रमिक महिलाहरु सम्मानित

गोरखा नगरपालिका गोरखाले एक सय ११०औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा श्रम गरेर गुजारा गर्दै आएका महिलाहरुलाई सम्मान गरेको छ। हरेक वडाबाट एक÷एक जना प्रतिनिधिमूलक रुपमा अहिले पनि आफैँ श्रम गरेर गुजारा गर्ने श्रमिक महिलाहरुलाई सम्मान गरिएको नगर उपप्रमुख बिनाकुमारी श्रेष्ठले बताइन्। ‘श्रम प्रतिको सम्मान गर्दै अरु महिला दिदी बहिनीहरुलाई पनि काममा प्रेरित गराउन सम्मान गरेका हौँ’ उनले भनिन्।

'दाइजो आतंकले छोरीहरु गर्भबाट बाहिर निस्किन सकेका छैनन्'

विश्व चौतर्फी रुपमा फड्को मारिरहेको बेला मधेसी महिलाहरु अझैपनि चुनौतीको चाङ पन्छाउनमै शक्ति खर्चिनुपरिहेको छ।

इतिहासमा महिला

विभिन्न क्षेत्रमा योगदान पु-याएका ज्ञात/अज्ञात नेपाली महिलाको इतिहास उत्खननले उनीहरूप्रति आदर/सम्मान त हुन्छ नै, साथै अहिलेको पुस्ताले प्रेरणा पनि पाउँछ।

निर्देशक ज्ञवालीसहित ३७ महिला सम्मानित

एक सय १०औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारेर महिला हिंसा न्यूनीकरणको आवाज उठाउने विभिन्न संघसंस्थामा आवद्ध महिलालाई सम्मान गरिएको छ।

कोरोनाको त्रास : अन्र्तराष्ट्रिय महिला श्रमिक दिवस स्थगित

कोरोना भाइरसको त्रासका कारण खोटाङमा अन्र्तराष्ट्रिय महिला श्रमिक दिवस स्थगन गरिएको छ। जताततै कोरोना भाइरस फैलिरहेको सन्दर्भमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको निर्देशन अनुशार जिल्लाका १० स्थानीय तहमा मनाउने तयारी गरिएको ११० औं अन्र्तराष्ट्रिय महिला श्रमिक दिवस स्थगन गरिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्