२० आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

कमलामाईद्वारा राहतमा नगद वितरण

सिन्धुली- सिन्धुलीका कमलामाई नगरपालिका ५ का श्रमिकहरुलाई नगदै राहत वितरण गरिएको छ । विश्वभर फैलिएको कोरोना रोकथामका लागि सरकारले गत चैत ११ गतेदेखि देश लक डाउन गरेसँगै खाद्यान्न अभाव भई भोकभोकै परेका श्रमिकलाई नगद राहत उपलब्ध गराएको हो ।

सिन्धुलीको कमलामाई नगरपालिका ५ का लकडाउनबाट प्रभावितहरुलाई नगदै राहत बाडिएको उक्त वडाले जनाएको छ । गैरसरकारी संस्थाको सहयोगमा त्यस वडामा नगदै राहत बाडिएको हो । विश्वभर फैलिएको कोरोना भाइरस रोथामका लागि सरकारले देशभर लक डाउन गरेपछि त्यसबाट प्रभावित भएर दैनिक खान नपुग्ने श्रमिकका लागि राहत दिने कार्यक्रम अनुरुप वडा कार्यालयले नगद राहत दिएको वडा नं. ५ वडा कार्यालयले जनाएको छ ।

प्लान नेपाल र रेडक्रसको सहयोगमा वडाका १ सय २७ जनालाई नगद राहत उपलब्ध गराइएको कमलामाई नगरपालिका वडा नं. ५ का वडा सचिव उज्ज्वलविक्रम थापाले जनाए । प्रतिपरिवार २७ सय ३० रुपैयाँका दरले नगद वितरण गरिएको वडासचिव थापाले जनाए । एनजिओको सहयोग पाएपछि हामीले नगदै राहत बाडेका हौ, उनले भने, त्यहि दिएको नगदबाट खाद्यान्न किनेर खान भनेका छौ । पहिलो चरणमा राहतका लागि गैरसरकारी संघसंस्थाले सहयोग गरेकाले नगदै वितरण भएको वडासचिव थापाले बताए ।

अब दोस्रो चरणको राहत वितरणको लागि तयारी हुँदै छ, उनले भने, नगरपालिकाको निर्णय अनुसार दुई जना भन्दा कम परिवार भएका मजदुर परिवारलाई १० केजी चामल सहितको प्याकेज छ भने दुई जना भन्दा बढी परिवार भएका परिवारलाई २० केजी चामलसहितको प्याकेज वितरण गरिएको छ, सोही अनुसार हामीले नगद वितरण गरेका हौ ।

गैरसरकारी संस्थाले सहयोग गरेको ठाँउमा हामीले नगद वितरण गरेका हौ, अरु ठाँउमा खाद्यान्नसहितको राहत प्याकेज वितरण गरेका छौ, कमलामाई नगरपालिकाका मेयर खड्गबहादुर खत्रीले भने, सानो दुई जनाको मात्रै परिवारलाई १० केजी चामलसहितको प्याकेज थियो भने त्यसभन्दा माथि परिवार संख्या भएकालाई २० केजी चामल सहितको प्याकेज दिने निर्णय भएको थियो, सोही अनुसार वितरण गरेका हौ, नगरप्रमुख खत्रीले नागरिकसँग भने ।

कमलामाई नगरपालिकाले हालसम्म १४ सय परिवारलाई राहत वितरण गरिसकेको नगरप्रमुख खत्रीले बताए । राहतका लागि दैनिक माग हुन थालेको वडाअध्यक्षहरु बताउँछन् । हाम्रो वडामा पहिलो चरणको राहत वितरण गरिसकेका छौ, तर दैनिक राहतको माग गर्नेहरु बढ्दै छन्, कमलामाई नगरपालिका वडा नं. ६ का वडाअध्यक्ष उज्ज्वलकुमार थापाले भने, छिमेकीले पाएपछि हामीले किन नपाउने भन्ने हुदो रहेछ राहत माग्नेको लर्कोनै लाग्न थालेको छ ।

प्रकाशित: ७ वैशाख २०७७ १०:५८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App