२० आश्विन २०८१ आइतबार
image/svg+xml

अध्ययन गर्न संसदीय टोली खाडीमा

चार वर्षदेखि रोकिएको घरेलु महिला कामदारबारे अध्ययन गर्न प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति खाडी मुलुकको भ्रमणमा निस्केको छ।

पाँच लाखसम्म कर छुट

योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा अपेक्षा अनुसार श्रमिक र रोजगारदाता सहभागी नभएपछि सरकारले कर मिनाहाको सीमापाँच लाख पु-याएको छ।

रजनीकान्तको पारिश्रमिक घट्यो

अभिनेता रजनीकान्तको ‘दरबार’ फिल्म बक्स–अफिस कलेक्सनमा कमजोर भएपछि उनको नयाँ फिल्म निर्माण गर्ने सन पिक्चर्सले पारिश्रमिक घटाएको छ।

उकुसमुकुसमा सहरी श्रमिक

वडा ८ का अध्यक्ष विनोद महर्जनले घरेलु श्रमिकका समस्या भर्खरै थाहा पाइएको र उनीहरूसँग प्रत्यक्ष भेटेर समस्या समाधान प्रयासमा लाग्ने प्रतिबद्धता जनाए।

पारिश्रमिक दासताको उन्मूलन

मानव भएर जन्म लिएपछि आराम गर्ने, अल्छी गर्ने छूट कसैलाई हुँदैन । निरन्तर परिश्रम गर्नुपर्छ । कुनै एउटा कार्य वा परियोजनामा आबद्ध हुनुपर्छ । आखिर किन ? यति धेरै काम र परिश्रम केका लागि ? छोटो उत्तर छ– जीवित रहन ।

कामदारले पारिश्रमिक नपाएपछि सडक निर्माण ठप्प

कामदारको अवरोधका कारण खोटाङको महुरे–राजापानी सिमपानी (२२ किलोमिटर) सडक कालोपत्रे काम तीन सातादेखि अवरुद्ध छ।

पारिश्रमिक नपाएपछि कामदारले रोके सडकको काम

कामदारको अवरोधका कारण खोटाङको महुरे–राजापानी सिमपानी (२२ किलोमिटर) सडक कालोपत्रेको काम तीन हप्तादेखि अवरुद्ध छ।

‘पारिश्रमिक विभेद घट्दै छ’

बलिउड अभिनेत्री काजोलले समान पारिश्रमिकबारे आफ्नो धारणा व्यक्त गरेकी छन्। उनले यस विषयमा आफूलाई रुचि नभएपनि समानताबारे फिल्म हेर्ने दर्शकले मुख्य भूमिका निर्वाह गर्ने तर्क राखेकी छन्। हाल निर्माण भइरहेका फिल्मका प्रकार र दर्शकहरूको रुचिअनुसार बलिउडमा महिला र पुरुष कलाकारले पाउने पारिश्रमिकमाथिको विभेद घट्दै गएको बताइन्।

शैक्षिक संस्थामा कार्यरत कर्मचारीलाई श्रम ऐन अनुसारको पारिश्रमिक माग

खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकास्थित नेपाल राष्ट्रिय शिक्षक संगठन र एकीकृत अखिल नेपाल शिक्षक संगठनले शैक्षिक संस्थामा कार्यरत कर्मचारीलाई न्यूनतम श्रम ऐन अनुसारको पारिश्रमिकको व्यवस्था गर्न माग गरेका छन्।

‘श्रमिकको सीप र क्षमता विकासमा जोड देऊ’

केन्द्रीय तथ्यांक विभागका अनुसार हाल विदेशिने युवामध्ये १.५ प्रतिशत मात्र सम्बन्धित काममा दक्ष भएर वैदेशिक रोजगारीमा जाने गर्छन्। सीप नसिकेर वैदेशिक रोजगारीमा जाँदा एकातिर नेपालले प्राप्त गर्ने रेमिटेन्स वृद्धि हुन सकेको छैन भने अर्कोतर्फ त्यस्ता युवा जोखिममा पर्ने गरेका छन्।

श्रेणी र पारिश्रमिक निर्धारण गर्न सामाजिक परिचालिकाको माग

मुलुकभर कार्यरत सामाजिक परिचालिकाले शैक्षिक योग्यता र अनुभवका आधारमा श्रेणी निर्धारण गर्न र सोही अनुसार पारिश्रमिकको व्यवस्थाका लागि महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरुङ समक्ष माग गरेका छन्।

सामाजिक सुरक्षा कोष: सबैभन्दा बढी प्रदेश नं ३ मा श्रमिक सूचीकृत

योगदानमा आधारित सामाजिक सुरक्षा योजना घोषणा भएको एक वर्षको अवधिमा झण्डै एक लाख १६ हजार श्रमिक योजनामा सहभागी भएका मध्ये प्रदेश नं ३ मा बढी देखिएका छन्।

सर्वनाममा कविता सुनाएकोे पारिश्रमिक

सर्वनाम नाट्य समूहले प्रत्येक महिनाको पहिलो दिन दुईजना कविलाई आमन्त्रण गरी सम्मान गर्ने, कविता सुन्ने र पारिश्रमिक उपलब्ध गराउने परम्परालाई मंसिर महिनामा पनि कायम राख्यो।

आप्रवासन सम्मेलनको २१ बुँदे घोषणापत्र

श्रमिकको हक, अधिकारको पक्षमा २१ बुँदे काठमाडौं घोषणापत्र जारी गर्दै बिहीबार आप्रवासी कामदारको अधिकार संरक्षणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्