३० जेष्ठ २०८३ शनिबार
image/svg+xml

सशस्त्र प्रहरी प्रवक्ताको जिम्मेवारी कार्कीलाई

सशस्त्र प्रहरी बल नेपालको प्रवक्ता तथा सूचना अधिकारीको जिम्मेवारी सशस्त्र प्रहरी नायब महानिरीक्षक नेत्रबहादुर कार्कीलाई दिइएको छ।

दुई मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु, सशस्त्र प्रहरी जवानसहित दुई गम्भीर घाइते

अस्पतालमा उपचारकै क्रममा बा ८० प ७९७३ नम्बरको मोटरसाइकलमा सवार दोलखाको वैतेश्वर गाउँपालिका-८ क्षेत्रपाका २२ वर्षीय रसिक श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ।

खाडी क्षेत्रमा तीन जना मारिएको घटनापछि भारत र अमेरिकाका विदेशमन्त्रीबिच फोन संवाद

विदेशमन्त्री जयशंकरले सामाजिक सञ्जाल ट्विटर (एक्स) मा लेख्दै व्यावसायिक जहाजहरूलाई लक्षित गरेर गरिएको यस्तो घातक कारबाही कुनै पनि हालतमा जायज नभएको कुरा रुबियोलाई प्रस्ट पारेको जानकारी दिएका छन्।

संसद् भवन वाक्युद्ध र घोचपेच गर्ने अखडा भो!

देशमा राम्रा नियमकानुन बन्लान् शान्ति मिल्ला भन्थ्यौं, संसद् भवन वाकयुद्ध र घोचपेच गर्ने अखडा भो।

नेपाल–भारत सीमास्तम्भ मर्मतको समीक्षा, संयुक्त संयन्त्रलाई सक्रिय बनाउने सहमति

नेपाल–भारत सीमा क्षेत्रमा रहेका सीमास्तम्भको संरक्षण, मर्मत तथा पुनःनिर्माणलाई तीव्रता दिने उद्देश्यले दुवै देशका अधिकारीबीच झापाको विर्तामोडमा संयुक्त समीक्षा बैठक सम्पन्न भएको छ।

सफा गर्ने क्रममा बन्दुक पड्किँदा एकको मृत्यु

प्रारम्भिक अनुसन्धानका क्रममा उक्त बन्दुक बाँदर धपाउनका लागि घरमा राखिएको हुन सक्ने देखिएको र घटनाको विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सर्तहरू पूरा नभएसम्म अन्तिम सम्झौतामा हस्ताक्षर नगर्ने इरानको चेतावनी

इरानले अन्तरिम सम्झौता कार्यान्वयन नभए सम्म संयुक्त राज्य अमेरिकासँग आणविक वार्ता अगाडि नबढ्ने चेतावनी दिएको छ।

भाषा र संस्कृति बलियो नभएसम्म राष्ट्रको समृद्धि हुँदैन : सञ्चारमन्त्री तिमिल्सिना

सञ्चारमन्त्री तिमिल्सिनाले कला, साहित्य, भाषा र संस्कृति कुनै पनि राष्ट्रको शक्ति र पहिचानको आधार भएकाले तिनको संरक्षण र प्रवर्द्धनबिनाको समृद्धि अपूरो हुने बताएका छन्।

३२ फरार प्रतिवादी पक्राउ

पर्सा जिल्ला अदालतबाट विभिन्न मिति र समयमा दोषी ठहर भई फरार रहँदै आएका ३२ जना प्रतिवादीहरूलाई प्रहरीले पक्राउ गरेको छ।

घरबारविहीन परिवारले पाए भूकम्पप्रतिरोधी घर

बिहान/बेलुकाको छाक टार्नसमेत धौधौ पर्ने वडा नं १० अर्खौलेस्थित नागीका टेकबहादुर सार्कीको परिवारलाई नगरपालिकाले भूकम्पप्रतिरोधी दुईकोठे घर निर्माण गरेर हस्तान्तरण गरेको हो।

जनकपुर, जानकीनवमी र शास्त्रीय महत्त्व

सम्पूर्ण मिथिलाञ्चलमा विवाहपञ्चमी, रामनवमी र जानकीनवमी महोत्सव प्रतिवर्ष उल्लास एवं उमङ्गपूर्वक मनाउने लामो परम्परा अद्यावधि प्रचलित छ।

निर्माण सामग्रीको मूल्यवृद्धिले सडक योजनाका कार्य प्रभावित

पेट्रोलियम पदार्थसँगै निर्माण सामग्रीको मूल्यमा भएको निरन्तर वृद्धिका कारण सुदूरपश्चिमका सडक योजना प्रभावित भएका छन्।

घानाका थोमस पार्टेले विश्वकपको पहिलो खेल गुमाउने

घानाका मिडफिल्डर थोमस पार्टेलाई क्यानडाले भिसा आवेदन अस्वीकार गरेपछि २०२६ फिफा विश्वकपमा घानाको उद्घाटन खेल खेल्न नपाउने भएका छन्।

बाली लगाउनुअघि नै समर्थन मूल्य तोक्ने व्यवस्था लागू

कृषि मन्त्रालयले प्रमुख खाद्यान्न बालीको न्यूनतम समर्थन मूल्य तथा न्यूनतम खरिद मूल्य तोक्ने व्यवस्था लागू गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्