उम्मेदवारहरुको यस्तो देखियो घरदैलो
कास्की -२ मा संघीय संसद सदस्यका लागि हुन लागेको उपनिर्वाचनलाई आफ्नो पक्षमा पार्न दलहरुले प्रचार अभियानलाई तिब्र पारेका छन्। उम्मेदवारहरु घर दैलो अभियानमा जुटेका छन्। यतिसम्मकी संसद उम्मेदवार मंसिरको चटारोमा धान काटिरहेका किसानको खेतमै पुगेर आफुलाई भोट दिन आग्रह गरिरहेका छन्।