९ मंसिर २०८१ आइतबार
image/svg+xml

नेपालबाट पब्जी मोबाइल विश्वकप खेल्ने समुहलाई बालेनले दिए शुभकामना

मेयर बालेनले आफ्नो आधिकारीक फेसबुक पेजमार्फत उनीहरुलाई शुभकामना दिएका हुन्। उनले लेखेका छन्,‘आजदेखि पब्जी को बिश्वकप (पीएमजीसी), मलेसियामा सुरु हुँदै छ , ३ नेपाली टोलि डीआरएस गेमिङ, स्काइलाइट्ज, टी टु के गेमिङ सहभागी हुँदै छ। जितको लागि शुभकामना जय नेपाल।’

साफ यु-१५ महिला च्याम्पियनसिपः नेपाल र भुटान भिड्दै

नेपाल आफ्नो अपराजित यात्रालाई जारी राख्दै तेस्रो जितको खोजीमा मैदान उत्रिनेछ। नेपालले आफ्नो पहिलो खेलमा भुटानलाई ७–० गोलको फराकिलो अन्तरले पराजित गरेको थियो।

समृद्धि फाइनान्स भेट्रान चेस च्याम्पियनसिप बद्रीलाल नेपालीलाई

पाँचौं चरणसम्म एकल अग्रता बनाएका क्यान्डिडेट मास्टर नवीन तण्डुकारलाई छैटौं चरणमा हराउन सफल भएका बद्रीलालले सातौं चरणका खेलमा जनार्दन श्रेष्ठसँग बराबरीको नतिजा आत्मसात गरेका थिए।

भेट्रान चेसमा बद्रीलाल च्याम्पियन

अर्का राष्ट्रिय च्याम्पियन पुण्यमानले छैटौं चरणमा मोरङका भरत धिमाल र सातौं चरणमा काठमाडौंका राजेन्द्रप्रसाद श्रेष्ठलाई हराए। तेस्रो स्थानमा रहेका उनले २० हजार नगद प्राप्त गरे।

साफ यू–१५ महिला च्याम्पियनसिप: नेपालको लगातार दोस्रो जित

शनिबार ढाकामा भएको खेलमा घरेलु टोली बंगलादेशलाई १–० गोल अन्तरले हराउँदै नेपालले लगातार दोस्रो जित निकालेको हो।

साफ यू-१५ महिला च्याम्पियनसिपः नेपालले बंगलादेशविरुद्ध खेल्दै

बिहीबार भएको पहिलो खेलमा नेपालले भुटानविरुद्ध ७–० को जित निकालेको थियो। नेपालको जितमा वर्षा ओलीले चार गोल गरेकी थिइन्। बंगलादेशले भने भुटानलाई ८–०ले पराजित गरेको थियो। आफ्नो पहिलो खेलमा नेपाल र बंगलादेश दुबैले भुटानलाई हराएको थियो।

यू–१५ महिला साफ च्याम्पियनसिपमा नेपाल आज भुटानसँग खेल्दै

तीन टिम मात्र सम्मिलित च्याम्पियनसिपमा उपाधि जित्ने लक्ष्य राखेर नेपाल भुटानलाई हराएर सुखद सुरुवात गर्ने योजनामा छ। भुटान भने पहिलो खेलमै घरेलु टोली बंगलादेशसँग ८–० को फराकिलो अन्तरले पराजित भएको थियो।

महिला साफ यु–१५ टोलीको बिदाइ

बंगलादेशमा मंगलबारबाट आयोजना हुने महिला साफ यु-१५ च्याम्पियनसिपमा सहभागी हुने नेपाल महिला टोलीलाई शुक्रबार बिदाइ गरिएको छ।

एउटा टिसर्ट पनि पत्याएन प्रदेशले

आफ्नै प्रदेशका लागि नवौं राष्ट्रिय खेलकुदमा स्वर्ण पदक जितेका जलेन्द्रबहादुर शाहीलाई अहिले भने प्रदेश सरकार, प्रदेश खेलकुद परिषद् र जिल्ला खेलकुद संघले गरेको व्यवहारले मन कुँडिएको छ।

फेन्सिङ: आर्मी टिम च्याम्पियन

अन्तिम दिन शुक्रबार सिनियर पुरुष टिम इपीमा नेपाल आर्मी पहिलो भयो। आर्मीबाट राजेश चौधरी, मिन कार्की, सुरज सिंह र राम थापाले प्रतिस्पर्धा गरेका थिए।

नवौँ राष्ट्रिय खेलकुद: खेलाडीको भाग्य र भविष्य तय गर्ने महत्वपूर्ण अवसर

'यस्ता प्रतियोगिताले राष्ट्रिय खेलाडी तयार गर्नका लागि विशिष्ट योगदान गर्दछन्', उनले भने, 'प्रत्येक खेलाडीले प्रतियोगितामा आफूलाई योग्य सावित गर्दै खेल क्षेत्रको भविष्यका लागि अघि बढाउने यो महत्वपूर्ण अवसर हो।'

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्