coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

फेन्सिङ: आर्मी टिम च्याम्पियन

नवौं राष्ट्रिय खेलकुदअन्तर्गत फेन्सिङमा नेपाल आर्मी शुक्रबार टिम च्याम्पियन बनेको छ। समान ५–५ स्वर्ण, रजत र कांस्यसाथ आर्मी टिम च्याम्पियन बनेको हो। ४ स्वर्ण, ३ रजत र १ कांस्यसाथ बागमती दोश्रो तथा २ स्वर्ण, ४ रजत र ७ कांस्यसाथ एपीएफ तेश्रो भए।

सुदूरपश्चिम प्रदेशले १ स्वर्ण र २ कांस्य, गण्डकीले ४ कांस्य तथा प्रदेश १ ले ३ कांस्य प्राप्त गरे। प्रतियोगितामा १२ स्वर्णका लागि प्रतिस्पर्धा भएको थियो। अन्तिम दिन शुक्रबार सिनियर पुरुष टिम इपीमा नेपाल आर्मी पहिलो भयो। आर्मीबाट राजेश चौधरी, मिन कार्की, सुरज सिंह र राम थापाले प्रतिस्पर्धा गरेका थिए।

पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्डहलमा एपीएफका जंग गिरी, सुकिराम तामाङ र सागर थापा दोश्रो  भए। बागमतीका भीष्मराज दाहाल, राहुल दर्शन, गगन राई र ओमकार सिंह तथा गण्डकीका विजय अधिकारी, प्रशान्त गुरुङ, नवराज कार्की र सुनिल थापा तेश्रो भए।

प्रकाशित: २८ आश्विन २०७९ ०९:५२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App