७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
खेल

साफ यू–१५ महिला च्याम्पियनसिप: नेपालको लगातार दोस्रो जित

बंगलादेशमा जारी साफ यू–१५ महिला च्याम्पियनसिप फुटबलमा नेपालले लगातार दोस्रो जित निकालेको छ।

शनिबार ढाकामा भएको खेलमा घरेलु टोली बंगलादेशलाई १–० गोल अन्तरले हराउँदै नेपालले लगातार दोस्रो जित निकालेको हो।

नेपालको जितमा वर्षा ओलीले निर्णायक गोल गरिन्। उनले खेलको ८७ औं मिनेटमा गोल गरेकी थिइन्। यस जितसँगै नेपालले २ खेलमा ६ अंक जोडेको छ। नेपाल अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। बंगलादेश २ खेलमा ३ अंक जोडेर दोस्रो स्थानमा रहेको छ।

नेपालले पहिलो खेलमा बिहीबार भुटानलाई ७–० गोल अन्तरले हराएको थियो भने बंगलादेशले पहिलो खेलमा भुटानलाई ८–० गोल अन्तरले हराएको थियो।

अब नेपालले बुधबार भुटान र शुक्रबार पुनः बंगलादेशसँग खेल्नेछ।

प्रकाशित: १९ कार्तिक २०७९ १२:३४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App