नेपालले बंगलादेशमा जारी यू-१५ महिला साफ च्याम्पियनसिप फुटबलमा विजयी सुरुआत गरेको छ।
ढाकामा बिहीबार भएको खेलमा भुटानलाई ७-० गोलको फराकिलो अन्तरले हराउँदै नेपालले सुखद सुरुआत गरेको हो। नेपालको फराकिलो जितमा वर्षा ओलीले ४ गोल गरिन्। शुक्रिया मियाँले दुई तथा सेनु परियारले एक गोल गरिन्।
जितसँगै नेपाल दोस्रो स्थानमा रहेको छ। भुटानको यो लगातार दोस्रो हार हो। उद्घाटन खेलमा भुटानलाई बंगलादेशले ८-० गोल अन्तरले हराएको थियो। अब नेपालले दोस्रो खेलमा बंगलादेशसँग शनिबार खेल्नेछ।
प्रकाशित: १७ कार्तिक २०७९ १२:२३ बिहीबार