२१ आश्विन २०८१ सोमबार
image/svg+xml

ओलीले प्रमुख सचेतकबाट देव गुरुङलाई हटाएर भट्टराईलाई नियुक्त गरे

प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा संसदीय दलको प्रमुख सचेतकबाट देव गुरुङलाई हटाएर विशाल भट्टराईलाई नियुक्त गरेका छन्।

‘अदालतका सबै फैसलामा जनताले साथ नदिने’

विश्वभर जनताको भावनाविपरीत अदालतले गरेको फैसला उल्टिएको बताउँदै स्वतन्त्र न्यायपालिकाको गरिमालाई जोगाउनसमेत उनले अनुरोध गरे। उनले अहिलेको अवस्थामा कांग्रेस निर्वाचनमा नजाने बताए।

कांग्रेस संसदीय दल लुम्बिनी प्रदेशको प्रमुख सचेतकमा खाँन नियुक्त

लुम्बिनी प्रदेशमा प्रदेश सभाको प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले संसदीय दलको प्रमुख सचेतकमा सांसद फकरुद्धिन खाँनलाई नियुक्त गरेको छ।

बागमती प्रदेश सभाको मुख्य सचेतकमा केशवराज पाण्डे नियुक्त

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को बागमती प्रदेश सभाको मुख्य सचेतकमा केशवराज पाण्डे नियुक्त भएका छन्।

नेकपाले संवैधानिक व्यवस्थामाथि प्रहार गर्‍याेः खाँड

प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले सत्तारुढ नेकपाले संवैधानिक व्यवस्थामाथिनै प्रहार गरिरहेको आरोप लगाउँदै मान्य नहुने चेतावनी दिएका छन्।

उपल्लो सदनमा नेकाको प्रमुख सचेतकमा प्रसाई

नेपाली कांग्रेसले राष्ट्रिय सभा सदस्य सरिता प्रसाइलाई राष्ट्रिय सभाको संसदीय दलको प्रमुख सचेतकमा मनोनयन गरेको छ।

काँग्रेस संसदीय दलको प्रमुख सचेतकमा घले

नेपाली काँग्रेस ३ नम्बर प्रदेश संसदीय दलको प्रमुख सचेतकमा राधा घले चयन भएकी छिन्। बुधबार पार्टी कार्यालय हेटौंडामा बसेको संसदीय दलको बैठकले प्रमुख सचेतकमा घलेलाई चयन गरेको हो।

वामपन्थीहरू छिट्टै स्खलित भएर जानेछन : सचेतक खाँण

नेपाली काँग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले नेपालका वामपन्थीहरू सत्ता र शक्तिको उन्मादबाट छिट्टै स्खलित भएर जाने बताएका छन्। नेपाल ट्रेड युनियन काँग्रेस रुपन्देहीको छैठाैँ जिल्ला अधिवेशनको बुधबार बुटवलमा उद्घाटन गर्दै नेपाली काँग्रेसका केन्द्रीय सदस्य समेत रहेका नेता खाँणले सत्ता र शक्तिको उन्माद र दलदलबाट वामपन्थीहरू शक्तिशाली नभइ स्खलित भएर जाने दावी गरेका हुन्।

संविधान संशोधनको पक्षमा भोट हाल्छौं- राप्रपा प्रमुख सचेतक

राप्रपाका प्रमुख सचेतक दिलनाथ गिरीले सरकारबाट बाहिरिएपनि आफ्नो पार्टीले संविधान संशोधन प्रस्तावको पक्षमा भोट हाल्ने स्पष्ट पारेका छन्।

महाअभियोग प्रस्ताव पुर्वाग्रहपूर्ण: प्रमुख सचेतक ढकाल

सत्तारुढ नेपाली कांग्रेस र माओवादी केन्द्रका सांसदहरुले सर्वोच्च अदालतकी प्रधान न्यायाधीश सुशीला कार्कीविरुद्ध महाअभियोग प्रस्तावबारे नेकपा एमालेले प्रतिक्रिया दिएको छ।

महाअभियोगबारे कांग्रेसलाई जानकारी छैनः प्रमुख सचेतक श्रेष्ठ

सत्तारुढ दल नेपाली काग्रेसले अख्तियार दुरुपयोग अनुन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्की विरुद्ध व्यवस्थापिका संसदमा बुधबार दर्ता भएको महाअभियोग प्रस्तावबारे आफूलाई जानकारी नभएको बताएको छ। महाअभियाेगका विषयमा कुनै पनि दलले कांग्रेससँग छलफल गरेका छैनन्। महाअभियोगका विषयमा सभापति शेरबहादुर देउवाबाट कुनै निर्देशन अाएकाे छैन्।

माओवादी केन्द्रको प्रमुख सचेतकमा बस्नेत

नेकपा (माओवादी केन्द्र)को संसदीय दलले प्रमुख सचेतकमा सांसद टेकबहादुर बस्नेतलाई चयन गरेको छ । सिंहदरबारस्थित (माओवादी केन्द्र)को संसदीय दलको बैठकले पार्टीको संसदीय दलको काम कारबाहीलाई प्रभावकारी बनाउने लक्ष्यसहित नेता बस्नेतलाई दलको प्रमुख सचेतकमा चयन गरेको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्