७ आश्विन २०८१ सोमबार
image/svg+xml
राजनीति

महाअभियोग प्रस्ताव पुर्वाग्रहपूर्ण: प्रमुख सचेतक ढकाल

काठमाडौं- सत्तारुढ नेपाली कांग्रेस र माओवादी केन्द्रका सांसदहरुले सर्वोच्च अदालतकी प्रधान न्यायाधीश सुशीला कार्कीविरुद्ध महाअभियोग प्रस्तावबारे नेकपा एमालेले प्रतिक्रिया दिएको छ। नेकपा एमालेका प्रमुख सचेतक भानुभक्त ढकालले आग्रहपूर्ण ढंगले महाअभियोग प्रस्ताव दर्ता गराइएको टिप्पणी गरे। ‘महाअभियोग प्रस्ताव कांग्रेस र एमालेले आग्रहपूर्ण ढंगले ल्याएका छन्’, उनले भने, ‘भर्खर थाहा पायौं पुर्वाग्रह राखेर लिइएको कदमले राम्रो गर्दैन।’

प्रहरी महानिरीक्षक प्रकरणसहितका ९ बुँदामा प्रधान न्यायाधीशको न्याय सम्पादनमा प्रश्न उठाउँदै कांग्रेस-माओवादी केन्द्रका सांसदहरुले महाअभियोग प्रस्ताव दर्ता गराएका हुन्।

राप्रपा अध्यक्ष तथा उपप्रधान तथा स्थानीय विकासमन्त्री कमल थापाले महाअभियोग महाअभियोग प्रस्ताव न्यायीक स्वतन्त्रता माथिको अम्भीर आक्रमण भएको बताएका छन्। उनले ट्विट गर्दै भनेका छन् ‘प्रन्या सुशीला कार्की बिरुद्ध कांग्रेस/माओवादीले महाअभियोग दर्तागर्नु आपत्तिजनक र दुर्भाग्यपूर्ण।न्यायीक स्वतन्त्रतामाथि गंभीर आक्रमण।‘

प्रकाशित: १७ वैशाख २०७४ ११:४२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App