काठमाडौं- नेपाली कांग्रेस संसदीय दलले पुष्पा भुसाल गौतमलाई प्रतिनिधि सभाको सचेतकमा मनोनयन गरेको छ।
कांग्रेस सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवाले संसदीय दलको विधान (संशोधन तथा परिमार्जन सहित, २०७४) को धारा १३ को उपधारा (२) बमोजिम भुसाललाई सचेतकमा मनोनयन गरेका हुन्। यस अघि बालकृष्ण खाँडलाई प्रमुख सचेतक र विजय गच्छदारलाई दलको उपनेतामा देउवाले मनोनित गरेका थिए।
प्रकाशित: ५ वैशाख २०७५ १४:०२ बुधबार