९ आश्विन २०८१ बुधबार
image/svg+xml

सरकारी टोलीको दुरबिन विप्लव कार्यकर्ताको कब्जामा

सगरमाथको उचाइ नाप्न गएको सरकारी टोलीको साथमा रहेको दुरविन जेठ ७ गते विप्लवका कार्यकर्ताले खोटाङ लौरेडाँडाबाट लुटेर कब्जामा लिएको खुलासा।

प्लास्टिक प्रयोगमा बन्देज लगाउँदै क्यानडा

सन् २०२१ भित्रै क्यानडाले प्लास्टिकको प्रयोगमा प्रतिबन्ध लगाउने प्रधानमन्त्री जस्टिन ट्रुडोले घोषणा गरेका छन्। समुद्रमा थुप्रिने फोहोरलाई कम गर्नका लागि क्यानडाले ‘हानिकारक’ एकल–प्रयोग भएका प्लास्टिकलाई प्रतिबन्ध गर्ने ट्रुडोले सोमबार घोषणा गरेका हुन्।

चेल्सीद्वारा कोर्ट अफ आर्बिट्रेसनमा अपिल

दुई ट्रान्सफर विन्डोको प्रतिबन्ध फुकुवाका लागि इङ्लिस प्रिमियर लिग क्लब चेल्सीले कोर्ट अफ आर्बिट्रेसन फर स्पोर्टस्(सिएएस)मा अपिल गरेको छ।

चन्द समर्थक शिक्षकद्वारा पार्टी परित्याग

नेत्रविक्रम चन्द नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट एक शिक्षकले पार्टी परित्याग गरेका छन्।

प्रतिबन्ध हटे वार्ताको सम्भावना

वासिङ्टनले तेहरानमाथि लगाउँदै आएको प्रतिबन्ध हटे अमेरिकासँग वार्ताको सम्भावना रहेको इरानी राष्ट्रपति हसन रौहानीले बुधबार संकेत गरेका छन्।

अक्षम्य अपराध

प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विप्लव समूहका कारण फेरि मुलुकको शान्ति भंग भएको छ। राजधानी उपत्यकामा आइतबार बेलुका भएका विस्फोटनका चिन्ताजनक घटना यो समूहका राजनीतिकभन्दा पनि हिंसात्मक चिन्तनको उपजका रूपमा लिनुपर्छ।

प्रधानमन्त्री कार्यालयबाट भयो हेलचक्र्याइँ

अनुसन्धान विभागले दिने सूचनामा ‘पिनप्वाइन्ट’ नहुने भएकाले प्रधानमन्त्री कार्यालयले गम्भीरताका साथ नलिने अनुसन्धान विभागको अनुभव छ।

सरकारले विप्लवका प्रवक्तासहित तीन नेतालाई विभूषित गर्दै

सरकारले प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेताहरूलाई विभूषित गर्ने भएको छ। गणतन्त्र दिवसको अवसर पारेर जेठ १६ गते विप्लव समूहका स्थायी समिति सदस्य तथा प्रवक्ता खड्कबहादुर विश्वकर्मासहितका तीन नेतालाई संविधानसभा पदकबाट विभूषित गर्न लागेको हो ।

उपत्यकामा बन्दकाे आंशिक प्रभाव

सरकारले प्रतिबन्ध लगाएको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले गरेको नेपाल बन्दको प्रभाव उपत्यकामा कम देखिएको छ। अन्य दिनभन्दा आज निकै कम सवारी साधन चलेका छन्। निजी सवारी साधनहरु सडकमा केही बाक्लो देखिए पनि सार्वजनिक गाडीहरु कम चलेका छन्। सर्वसाधारणमा त्रास फैलाउन विप्लवको नेकपाले सार्वजनिक सम्पत्तिमा बिस्फोट गराएको छ भने केही स्थानमा बम राखेकोछ।

विप्लवको बमले आफ्नै कार्यकर्ताको ज्यान लियो

प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विप्लव समूह आतंककारी गतिविधिमा संलग्न हुँदा आइतबार चारजनाको ज्यान गएको छ। सोमबारका लागि नेपाल बन्द आह्वान गरेको विप्लव समूहले बन्दको पूर्वसन्ध्यामा पड्काउन तयार पारेको सिलिन्डर बम अचानक कोठाअगाडि नै पड्किदा आफ्नै कार्यकर्ताको ज्यान गएको हो।

बंगलादेशका निजी मेडिकल कलेजमा प्रतिबन्ध लागेन

नेपाल मेडिकल काउन्सिलले बंगलादेशका निजी मेडिकल कलेजमा नेपाली विद्यार्थी पठाउन रोक लागाउन सिफारिस गरे पनि शिक्षा मन्त्रालयले सो सम्बन्धमा कुनै निर्णय लिन सकेको छैन।

दुई सातामा १४ थान हतियार बरामद

सरकारले नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा माओवादीलाई प्रतिवन्ध लगाएसँगै सुर्खेत प्रहरीले अबैद्य हतियार संकलन अभियानलाई तिब्रता दिएको छ। जिल्ला प्रशासन कार्यालय सुर्खेतले सार्वजनिक सूचनामार्फत हतियार बुझाउन दिएको एक महिने समय सकिएलगत्तै प्रहरीले गाउँगाउँबाट अबैद्य हतियार संकलन गर्न थालेको हो।

मुक्तिक्षेत्रमा सिसाका बोतल प्रतिबन्ध

प्रसिद्ध धार्मिक क्षेत्र मुक्तिनाथ मन्दिर र आसपासका क्षेत्रलाई स्वच्छ र सफा राख्न सिसाको बोतलमा पाइने पेय पदार्थ बिक्री वितरणमा रोक लगाइएको छ।

सुपर एजेन्टमाथिको प्रतिबन्ध बढ्यो

फुटबलमा सुपर एजेन्ट नामले परिचित मिनो राइओलालाई इटालियन फुटबलको प्रतिबन्धसँगै विश्व फुटबल महासंघ (फिफा) ले विश्वव्यापी रूपमै उनीमाथि प्रतिबन्ध बढाएको छ।म्यानचेस्टर युनाइटेडका पाउल पोग्बा, मार्सेलका मारियो बालाटेली, युभेन्ट्सका युवा गोलकिपर मोइस किन र ज्लाटान इब्राहिमोभिचजस्ता स्टार फुटबलरका एजेन्टसमेत रहेका राइओलाई फिफाको अनुशासन कमिटीले तीन महिनाको प्रतिबन्ध लगाएको हो। यसअघि बुधबार नै इटालियन फुटबल संघले पनि राइओलामाथि प्रतिबन्ध लगाएको थियो।

विमान भित्रै निदाउने पाइलटलाई जहाज उडानमा प्रतिबन्ध

ककपिटमै निदाएको नागराजको फोटो विभिन्न संचारमाध्यममा सार्वजनिक भएपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले पाइलट नागराजलाई जहाज उडानमा प्रतिबन्ध लगाएको हो।एयरबस ३२० का आइपी पाइलट नागराजमाथि जहाज उडानमा प्रतिबन्ध लागेसँगैउनी बिदामा बसेका छन्। उनी भारतीय नागरिक हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्